काँग्रेसमा प्रस्तावित स्टार क्याम्पेनरहरु को-को हुन् ?
प्रकाशित २०७४ वैशाख ८ शुक्रबार
412
Shares
काठमाडौं । नेपाली काँग्रेसले स्थानीय निर्वाचनको लागि केही स्टार क्याम्पेनरहरुको नाम प्रस्ताव गरेको छ । नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन परिचालन समिति अन्तर्गतको प्रचारप्रसार उपसिमितिले यी नामहरु प्रस्ताव गरेको हो । प्रस्तावित नेता तथा पेशागत एवं व्यवसायिक व्यक्तिहरुलार्इ पार्टीको धारणा जनतामा राख्न र पार्टीको पक्षमा प्रचारप्रसार गर्ने जिम्मेवारी तोकिएको छ ।
प्रचार प्रसार उपसमितिका संयोजक रमेश लेखक र सहसंयोजक गगन थापा नेतृत्वको उपसमितिमा प्रस्ताव भएका नामहरुलाई केन्द्रीय निर्वाचन परिचालन समितिलार्इ समेत जानकारी गराएर बैशाख १० गते पछि सक्रिय गराईने भएको छ । उपसमितिले पहिलो चरणमा यी नामहरु प्रस्तावित गरेको हाे । तर, पछि दोस्राे चरणमा थप अन्य पेशामा अावद्ध व्यक्तिहरुको समेत नाम प्रस्ताव गरिने तयारी भएको छ ।
यस अघिका निर्वाचनहरुमा भन्दा बढी सक्रिय भएर लागेको काँग्रेसले यस पटक प्रचारप्रसारमा अन्तराष्ट्रिय अभ्यासलार्इ समेत अात्मसाथ गर्न लागेको हो । नेपालभन्दा बाहिर राजनीतिक दलहरुले निर्वाचनको समयबाहेक पनि स्टार क्याम्पेनरहरुको व्यवस्था गरेको अभ्यासबाट ति दलहरुलाई फाइदा पुगेको कुरालाई आत्मसाथ गर्दै नेपाली काँग्रेसले पनि यस पटक पार्टी भित्र र पार्टी बाहिरसमेत लोकप्रिय रहेको व्यक्तिहरुलाई नेपाली काँग्रेसको पक्षमा बोल्न लगाउने तयारी गरिरहेको हो ।
अब नेपाली काँग्रेसको विषयमा तल उल्लेखित व्यक्तिहरुलाई मिडिया सेन्टर मार्फत जनमानसमा जान संयोजक समेत गर्ने छ । पार्टी पदाधिकारीहरु र पूर्व पदाधिकारीहरुलाई भने प्रचार प्रसार उपसमितिको यो प्रस्तावले नछुने उपसमितिकै तयारी छ । पार्टी पदाधिकारीहरु र पूर्व पदाधिकारीहरुले भने पार्टी हितमा र पार्टीको प्रचारका लागि मिडियामा आफ्ना भनाइ राख्न सक्नेछन् ।
पार्टीभित्रका नेताहरु तथा पार्टी बाहिरका पेशागत एवं व्यवसायिक व्यक्तिहरुको नामावली तल प्रस्तुत गरिएको छ ।
- नविन्द्रराज जोशी
- पुष्पा भुषाल
- विश्वप्रकाश शर्मा
- प्रदीप पौडेल
- मीन विश्वकर्मा
- बद्री पाण्डे
- धनराज गुरुङ
- चन्द्र भण्डारी
- जीवन परियार
- गुरु घिमिरे
- कल्याण गुरुङ
पेशागत तथा व्यवसायिक संस्थाहरुबाट भने केहि नामहरु प्रस्ताव गरिएको छ । थप नामहरु केहि दिनमा थप प्रस्ताव गरिने बताइएको छ ।
- हरेराम श्रेष्ठ
- मुक्ति श्रेष्ठ
- केदार नरसिंह केसी
- खिलानाथ दाहाल
- शेर बहादुर केसी
- राधेश्याम अधिकारी
- यदुनाथ खनाल
- श्रीहरि अर्याल
- डा. यज्ञ अधिकारी
- खम्बबहादुर खाती
- प्रेम बहादुर खड्का