पर्वत । आकांक्षी धेरै भएकाले पर्वतका राजनीतिक दललाई उम्मेद्वार चयन गर्न निकै सकस भएको छ । काँग्रेस एमाले, माओबादी केन्द्रलाई मेयर, उपमेयर र वडाअध्यक्षका आकांक्षीहरु चयन गर्न अहिले हम्मे परेको देखिएको छ । २ नगरपालिका र ५ गाउँपालिका रहेको पर्वतमा ३ सय ३५ जना प्रतिनिधी छानिने भएका छन् ।
तर, एकै नगरपालिकावाट एउटा पार्टिवाट १२ देखि १५ जना मेयरका दावेदार देखिएका छन् । उम्मेदवार चयन गर्न निकै समस्या भएको काँग्रेस जिल्ला सभापति खिमप्रसाद भुसालले बताए ।
फलेवास नगरपालिकामा मेयरमा ११ र उपमेयरमा ७ जनाको उम्मेदवारी परेको छ । यसलाई क्षेत्रीय समितिमा पेश गरिएको छ । कुश्मा नगरमा भने लगभग टुंगो लागेको छ । अनय गाउँपालिका र गाउँपालिकाका वडाहरुवाट यस्तै प्रकारले उम्मेदवारी परेको छ । काँग्रेसमा जस्तै एमालेमा पनि त्यस्तै सकस देखिन्छ । फलेवास नगरमा एमालेको तर्फवाट १० जना मेयर र ७ उपमेयरका आकाक्षीहरु देखिएका छन् । पार्टिमा वढि योगदान दिएका र लोकप्रियताको आधारमा चयन गर्ने सोचमा रहेको एमाले जिल्ला अध्यक्ष पदम गिरीले वताए ।
दलले उम्मेदवारको विषयमा आन्तरिक गृहकार्य भइरहेको दाबी गर्दै वडा तहमा ९० प्रतिशत सम्म उम्मेदवारको टुङ्गो लागेको बताएका छन् । मुख्य तिन दलका विचमा वढि प्रतिष्पर्धा हुने पर्वतमा १६ दलले निर्वाचन कार्यालयमा दल दर्ता गरेका छन् । माओबादी केन्द्रमा पनि उम्मेदवार चयन गर्न समस्या देखिएको छ । जिल्ला सचिव ढाकाराम गौतमले राप्रपा, माले, जनमुक्ती पार्टी, जनमोर्चा लगायतका दलहरुले पनि निर्वाचनमा आफ्ना उम्मेदवार तयार पार्दै छन् ।
७ वटा स्थानीय तह रहेको पर्बतमा मेयर र उपमेयर पदमा १४ जना प्रतिनिधि छानिने छन जसअन्र्तगत २ नगरपालिका बाट २ मेयर र २ उपमेयर छानिने छन् र ५ गाउँपालिकाबाट १० जना छानिने छन् । भने वडा अध्यक्षमा ६१ जना प्रतिनिधि छानिने जिल्ला निर्वाचन कार्यालय पर्बतले जानकारी दिएको छ । त्यसमध्ये सबैभन्दा धेरै कुश्मा नगरपालिकाको १४ बटा वडाबाट १४ जना वडा अध्यक्ष बन्नेछन् भने सबै भन्दा कम बिहादी गाउँपालिका र महाशिला गाउँपालिकाबाट ६–६ जना वडा अध्यक्ष रहनेछन् ।
७ वटा स्थानीय तहका ६१ वडाहरुबाट १ सय २२ सदस्यका लागि स्थानीय तहमा काँग्रेस र एमाले विचमै सबैभन्दा वढि प्रतिष्पर्धा हुने देखिएको छ । निर्वाचनबाट ६१ महिला प्रतिनिधि हुने छन भने ६१ जनानै खुल्लाबाट प्रतिनिधि छानिने छन् २ नगरपालिका बाट ३ जनाको दरले ६ जना र ५ गाँउपालिकाबाट २ जनाका दरले १० जनागरि जम्मा १६ जना दलित तथा अल्पसंख्यक सदस्यहरु छानिने छन् । कुल ३ सय ३५ जना प्रतिनिधि छनौटका लागि पर्बतमा ९९ हजार ६ सय ७० जनाले मतदान गर्ने छन ।
दुई नगरपालिकाबाट ४४ हजार ४ सय ६९ जनाले मतदान गर्ने भएका छन भने ५ गाउँपालिकाबाट ५५ हजार १ सय ३६ जनाले मतदान गर्न पाउनेछन् । स्थानीय तह पुर्नसंरचना अनुसार जिल्लामा ६८ केन्द्र रहेको मा आसन्न निर्वाचनको लागि केन्द्र बढाइएर ७४ केन्द्र कायम गरीएको छ । आउँदो बैशाख ३१ गते तोकीएको स्थानीय तह निर्वाचनको सम्पन्न गराउन ७४ केन्द्र कायम भइसकेको र निर्वाचन सम्पन्न गराउन जिल्ला भर तीन सुरक्षा निकाय सँगै ८ सय जना निजामती र शिक्षक कर्मचारीहरु परिचालन हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।