arrow

नेमकिपाको चुनावी घोषणापत्र आयो, सिद्धान्त मिल्ने पार्टीसँग तालमेल गर्ने

logo
प्रकाशित २०७४ वैशाख ७ बिहिबार
nemakpa_party.jpg

काठमाडौं । नेपाल मजदुर किसान पार्टीले स्थानीय चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । ‘स्थानीय तह निर्वाचन घोषणापत्र’ सार्वजनिक गर्दै नेमकिपाले चुनाव जितेर आफ्ना जनप्रतिनिधिमार्फत गाउँपालिका र नगरपालिकाका समस्या समाधान गर्ने प्रतिवद्धता जनाएको छ ।

नेमकिपाले मजदुर, किसान, प्रगतिशील वुद्धिजीवी, पुँजीपति वर्ग समेतको सहयोग तथा समर्थनमा पार्टीले समस्या समाधान गर्ने जनाएको छ । नेमकिपाले भू—बनोट अनुसार घर बनाउन जनतालाई भार नपर्ने गरी स्थानीय तह र सरकारी निकायबाट माटो परीक्षणको व्यवस्था मिलाइने, वौद्धिक क्षेत्रको सहयोगमा आवास, पर्यटन, औद्योगिक, कृषि, शैक्षिक, हरित क्षेत्र लगायतका भूउपयोग सम्बन्धी नक्सा तयार गरी कार्यान्वनमा ल्याउने योजना ल्याएको छ ।

पार्टीले नागरिक भावनाको विकास गरी गाउँपालिकाकालाई सफा र स्वच्छ बनाउने, पानीका स्रोत सफा राख्ने, बाढी पहिरो नियन्त्रणका लागि वृक्षारोपण गर्नेलगायतका विकास निर्माणका कार्यलाई जोड दिएको छ । त्यसैगरी नगरपालिकामा सडकको सरसफाइ, हरियाली, खानेपानी आपूर्ति, नमुना विद्यालय तथा कलेज स्थापना र कालोबजार, कृत्रिम अभाव गर्नेजस्ता कार्यलाई कानुनी दायरामा ल्याई उपभोक्ताको अधिकार स्थापित गर्ने नेमकिपाको चुनावी घोषणापत्रमा उल्लेख छ ।

पार्टी अध्यक्ष नारायणमान बिजुक्छेले घोषणापत्र, वर्गआधार, पार्टीको सिद्धान्त मिल्ने पार्टीसँग सहकार्य गरेर आफ्नो पार्टी अगाडि बढ्ने स्पष्ट पार्दै २८ जिल्लामा आफ्नो पार्टीले उम्मेदवारी दिने घोषणा समेत गरे । मधेस केन्द्रीत दललाई निर्वाचमा ल्याउने विषयमा बिजुक्छेले निर्वाचनलाई सफल बनाउन चरणवद्ध निर्वाचन गर्न सकिने धारणा राखे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ