arrow

राप्रपालाई आयोगले भन्यो ‘निर्णय पुनर्विचार गर्ने समय छैन, चुनाव पछि हेरौंला’

logo
प्रकाशित २०७४ वैशाख ७ बिहिबार
RPP-N111.jpg

काठमाडौं । निर्वाचन आयोेगले राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानमा पार्टीले भनेजस्तो पुनर्विचार गर्ने समय नभएको स्पष्ट पारेको छ । बुधबार बसेको आयोगको बैठकले सो विषयमा अहिले आयोगलाई पुनर्विचार गर्नै समय नरहेकोले निर्वाचन पछि मात्रै यसको विषयमा थप छलफल गरिने स्पष्ट पारेको हो । 

 

आयोगले बुधबार जारी गरेको विज्ञप्तीका अनुसार गत चैत ७ गते राप्रपाले दिएको ज्ञापनपत्र यस आयोगमा प्राप्त भई ज्ञापनपत्रमा आयोगबाट गत चैत २ गते पार्टीको विधान परिवर्तन गर्ने गरी भएको निर्णय पुनर्विचार गर्न माग गरिएको विषयमा आयोगमा छलफल भइरहेको जानकारी मिति चैत २२ गते नै राप्रपालाई दिईसकिएको छ । 

 

तर, राप्रपाले पुनः मिति बैशाख  ३ गते पत्र पठाएर पूर्व माग भई आएको विषयमा थप स्पष्ट गराउन आग्रहप्रति आयोगको ध्यानाकर्षण भएको आयोगले जनाएको छ । स्थानीय तह निर्वाचनको मिति नजिकै आइसकेको र निर्वाचन व्यवस्थापनमा आयोग निकै व्यस्त भएको हुँदा सो मितिमा आयोगबाट भएको निर्णयलाई पुनर्विचार गरिदिन भनी उक्त दलबाट पटक–पटक माग भएको विषयलाई हाल थाँती राख्ने र स्थानीय तह निर्वाचन सम्पन्न भएपछि मात्र आयोगले निर्णय गर्ने भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ