arrow

निर्वाचनका लागि मोरङका सबै सरकारी निकाय अब सक्रिय हुने

logo
प्रकाशित २०७४ वैशाख ६ बुधबार
election_local.jpeg

विराटनगर । जिल्लास्थित कार्यालय प्रमुखहरुको बैठकले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा स्थानीय तहको निर्बाचन सफल बनाउने निर्णय गरेको छ । 

 

जिल्ला प्रशासन कार्यालय मोरङमा मुख्य निर्बाचन अधिकृत, निर्बाचन अधिकृतलगायत जिल्लाका प्रत्येक कार्यालयका कार्यालय प्रमुखहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

 

जिल्लास्थित १७ वटै स्थानीय तहमा निर्बाचन अधिकृतहरुले तत्काल मतदान अधिकृतको कार्यालय स्थापना गरि निर्बाचनको कामकाज शुरु गर्ने निर्णय पुस्तिकामा उल्लेख छ ।

 

यस्तै, निर्बाचन सम्पन्न नहुञ्जेलसम्म कुनैपनि कर्मचारीलाई लामो विदामा नबस्न र विदाको दिन अनुमति बिना सरकारी सवारी साधन प्रयोग नगर्न, सबै कार्यालयहरुले आ आफ्नो कार्यालयमा रहेको सवारी साधनलगायत मेशिनरी औजारहरु तयारी अबस्थामा राख्ने निर्णय गरेको छ । 

 

नेपाल आयल निगम क्षेत्रीय कार्यालय, नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमलाई आ आफ्नो सेवा चुस्त दुरुस्त र सुदृढ अबस्थामा सञ्चालन गर्नुपर्ने लगायतको निर्णय भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालाले बताए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ