arrow

एमालेको गढका महत्वपूर्ण नेताहरुले नै छाडे एमाले, ९ गते काँग्रेसमा प्रवेश गर्ने 

logo
सुनिल शिवाकाेटी,
प्रकाशित २०७४ वैशाख ६ बुधबार
uml_makawanpur.jpg

हेटौंडा । एमालेको गढको रुपमा रहेको हेटौंडा–४ कर्राका ३ जनाले एमाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । युवा संघ र नेपाल खेलकुद महासंघको विभिन्न जिम्मेवारीमा रहेका उनीहरुले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै एमालेको साधारण सदस्य समेत नरहने गरी बुधबारदेखि नै पार्टी छोडेको घोषणा गरेका हुन् । 

 

युवा संघ हेटौंडा उपमहानगर सहसचिव एवम् खेलकुद महासंघका जिल्ला सचिवालय सदस्य तथा ३ नम्बर क्षेत्रीय उपाध्यक्ष युवराज लामा, एमालेका पश्चिम ईलाका कमिटी सदस्य एवम् युवा संघ ३ नम्बर क्षेत्रीय उपाध्यक्ष नितेष दोङ र युवा संघ हेटौंडा–१० नम्बर सचिव दीपक पाख्रिनले पत्रकार सम्मेलन मार्फत एमाले छोडेको जानकारी दिएका हुन् । 

 

‘माध्यामिक तहमा पढ्दा अनेरास्ववियुबाट राजनीति सुरु गर्दै यो अवस्थासम्म आइयो, अहिले आएर एमालेका केही गतिविधी मन नपरेकोले हामीले बाध्य भएर एमाले छोडेका हौं’, युवराज लामाले भने, ‘एमालेलाई आरोप प्रत्यारोप र कटाक्ष गर्नु भन्दा पनि अब हामी यही ९ गतेबाट औपचारिक रुपमा नेपाली काँग्रेससंग आबद्ध हुँदैछौं ।’ नेपालीहरुको भाग्य र भविष्य नेपाली काँग्रेसमा रहेको उल्लेख गर्दै उनले काँग्रेसमा वैचारिक प्रशिक्षण आवश्यक रहेको उल्लेख गरे । 

 

९ गते हुने तरुण दलको जिल्ला भेलामा अन्य युवाहरुलाई समेत काँग्रेसमा प्रवेश गराउने उनले उद्घोष गरे । ‘एमालेको काम कारबाहीबाट असन्तुष्ट भएका अन्य नेताहरु पनि काँग्रेस प्रवेश गर्नेवालामा रहेका छन् । एनजीओ र आइएनजीओमा कडाई गर्ने हो भने यो देशमा एमाले नै नरहने अवस्था आउनेछ’, लामाले थपे, ‘काँग्रेसको नेतृत्वमा मुलुकमा भएका उपलब्धीहरुको बिषयमा काँग्रेस नेताहरुले प्रचार गर्नु आवश्यक छ ।’ 

 

नेपाल लोडसेडिङमुक्त हुँदै गर्दा मकवानपुरमा त्यसको श्रेय लिनको लागि केही महिनाअघि युवा संघले हस्ताक्षर अभियान चलाएको उनको आरोप छ । पत्रकार सम्मेलनमा काँग्रेसका नेताहरु रमेशध्वज कार्की, तारा कार्की, तरुण दल क्षेत्रीय सभापति सञ्जय श्रेष्ठ, हेटौंडा उपमहानगर सभापति सुनिल गिरी, नेताहरु सुनिल अधिकारी, प्रदीप कँडेललगायतको उपस्थिती रहेको थियो



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ