arrow

स्थानीय निकाय निर्वाचनः स्याङ्जामा पुरुषभन्दा महिला मतदाता १२ हजारले बढी, तेस्रो लिङ्गी एक जना

logo
प्रकाशित २०७४ वैशाख ६ बुधबार
syangja.jpg.jpeg

वालिङ । आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय निकायको निर्वाचनमा स्याङ्जा जिल्लाका एक लाख ९१ हजार दुई सय ५३ जना मतदाताले मत खसाल्ने छन् । 

जिल्लामा पुरुषभन्दा महिला मतदाताको सङ्ख्या १२ हजार एक सय ६४ ले बढी छ । 

नयाँ पुनर्संरचनाअनुसारको पाँच नगरपालिका र ६ गाउँपालिकामा महिला एक लाख एक हजार सात सय आठ र पुरुष ८९ हजार पाँच सय ४४ मतदाता छन् भने एक जना तेस्रोलिङ्गी छन् । 

संसदमा प्रतिनिधित्व गर्ने आठ दल तथा संसद् बाहिरका ११ गरी कुल १९ दल यस पटकको निर्वाचनमा सहभागी हुने बताइएको छ । 

दोस्रो संविधानसभाको निर्वाचनमा एक सय ८९ वटा मतदानस्थल रहेको स्याङ्जा जिल्लामा स्थानीय निकायको निर्वाचनमा १० वटा मतदानस्थल थप गरी एक सय ९९ वटा पु¥याइएको छ । 

स्थानीय निकायको निर्वाचनमा सहभागी हुने अधिकांश दलमा आकाङ्क्षीको सङ्ख्या धेरै रहेकाले उम्मेदवारको टुङ्गो समयमै लगाउन दललाई कठिनाइ भएको छ भने कतिपय ठाउँमा महिला उम्मेदवार भेटाउन मुस्किल भइरहेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ