arrow

स्थानीय निकाय निर्वाचनः कैलालीबाट ६८९ प्रतिनिधि निर्वाचित हुने

logo
प्रकाशित २०७४ वैशाख ६ बुधबार
election_local.jpeg

कैलाली । स्थानीय तहको निर्वाचनमा कैलालीबाट ६ सय ८९ जना प्रतिनिधि निर्वाचित हुनेछन् । 

वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनबाट एक उपमहानगरपालिका, ६ नगरपालिका र ६ गाउँपालिकासहित १३ वटा स्थानीय तह रहेको कैलालीमा मेयर र उपमेयर पदमा १४ तथा गाउँपालिका प्रमुख र उपप्रमुखमा १२ जना प्रतिनिधि छानिने क्षेत्रीय निर्वाचन कार्यालय कैलालीले जानकारी दिएको छ । वडाध्यक्षमा १ सय २६ जना प्रतिनिधि छानिने छन् भने १३ वटा स्थानीय तहका १ सय २६ वडाबाट ५ सय ४ सदस्यका लागि बिभिन्न राजनितीक दलहरुबीच प्रतिस्पर्धा हुनेछ । 

स्थानीय तहको निर्वाचनबाट २ सय ५२ महिला प्रतिनिधि चुनिने छन् र २ सय ५२ खुल्लाबाट प्रतिनिधि छानिने छन् । 

क्षेत्रीय निर्वाचन कार्यालय प्रमुख मोहन प्रसाद अर्यालका अनुसार १ उपमहानगरपालिका र ६ नगरपालिकाबाट ३ जनाका दरले २१ र ६ गाउँपालिकाबाट २ जनाका दरले १२ गरी ३३ दलित तथा अल्पसङ्ख्यक सदस्य छानिने छन् । 

गोदावरी नगरपालिकामा ४० हजार १ सय ४५, लम्की चुहा नगरपालिकामा ३९ हजार २ सय ३५, घोडाघोडी नगरपालिकामा ३९ हजार ६ सय ८१, टीकापुर नगरपालिकामा ३९ हजार १ सय ९२ गौरीगंगा नगरपालिकामा २८ हजार ४ सय ७९ र भजनी नगरपालिकामा २६ हजार ९ सय ५२ मतदाता रहेका छन् । 

वर्दगोरिया गाउँपालिकाबाट १५ हजार ७ सय, मोहन्याल गाउँपालिकाबाट ९ हजार २ सय १७, कैलारी गाउँपालिकाबाट २९ हजार ९ सय ८७, चुरे गाउँपालिकाबाट ९ हजार ७ सय ४६, जानकी गाउँपालिकाबाट २७ हजार ४ सय ५८ र जोशिपुर गाउँपालिकाबाट १९ हजार ३ सय ५५ जनाले स्थानीय तहको निर्वाचनमा मत खसाल्न पाउने छन् । 

प्रतिनिधि छनोटका लागि कैलालीका ४ लाख ३ हजार २ सय ८० जनाले मतदान गर्नेछन् । धनगढी उपमहानगरपालिकामा मात्रै ७३ हजार ८ सय ११ मतदाता रहेका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ