arrow

चुनाव विथोल्न ठाउँठाउँबाट सभा गर्ने विप्लवका कार्यकर्तालाई प्रहरीले लखेट्यो 

logo
प्रकाशित २०७४ वैशाख ५ मंगलबार
biplab_progrem_butwal.jpg

काठमाडौं । मुलुकका विभिन्न स्थान चुनाव विथोल्नको लागि आम सभा गर्ने नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुलाई प्रहरीले लखेटेको छ । पश्चिम नेपालको बुटवल तथा जनकपुरमा मंगलबार गरेको विरोध सभामा प्रहरीले हस्तक्षेप गरी कार्यक्रम विथोलेको हो । 

 

चुनावको विरोध गर्ने र चुनाव भएको ठाउँमा समानान्तर सरकार गठन गर्ने चेतावनी दिँदै हिँडेको विप्लव नेतृत्वको सो पार्टीले मंगलबार देशका विभिन्न ठाउँका कार्यक्रम आयोजना गरेको थियो । 

 

बुटवलमा पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरुले र्‍यालीको आयोजना गरी कोणसभामा परिणत हुन लाग्दा प्रहरीले चुनाव विरोधी कार्यक्रम गर्न नमिल्ने भन्दै साउन्ड सिस्टम बन्द गर्न निर्देशन दिएको थियो । प्रहरीले साउण्ड सिस्टम बन्द गराएपछि उनीहरु कार्यक्रम स्थल छाडेर हिँडेका हुन् । 

 

त्यस्तैगरी, जनकपुरमा पनि प्रहरीले विप्लवको कार्यक्रम विथोलेको छ । धनुषाको नगर क्षेत्रमा मंगलबार गरिएको प्रदर्शन तथा आमसभामा  पार्टीका स्थायी कमिटि सदस्य एवं विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोला कंचन, ईश्वरी दाहाल 'असारे' तथा चन्देश्वर पौडेल लगायतका नेता सहभागी थिए ।

 

त्यहाँ सुरक्षाकर्मीहरुले माइकिंग गरेर आमसभा रोक्न आग्रह गर्दा माओवादी कार्यकर्ता र प्रहरीबीच केही बेर झडप समेत भएको थियो ।सुरक्षाकर्मीहरुले पछि मञ्च आफ्नो कब्जामा लिई कार्यक्रम बिथोलेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ