arrow

केपी ओलीको गाउँमा काँग्रेसको ऐतिहासिक वृहत सभा

ओलीलाई कमेडी किङको उपमा

logo
प्रकाशित २०७४ वैशाख ५ मंगलबार
nepali-congress-jhapa-mass-meeting2.jpg

झापा । संविधान अनुसार देश संघीय संरचनामा गएपछि नेपाली काँग्रेसले प्रदेश नम्वर १ को वृहत आमसभा झापाको दमकमा गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी ओलीको गृहनगर तथा निर्वाचन क्षेत्रमा काँग्रेसले पूर्वकै ठूलो आमसभा गरेको हो । 

स्थानिय आदिवासी रंगशालाको लागि छुट्याइएको जमीनमा काँग्रेसले गरेको कार्यक्रम रणनीतिक हिसावले पनि महत्वपूर्ण थियो । आदिवासीहरुको चिहान रहेको सो स्थानलाई रंगशाला बनाउन आदिवासीहरुले सहमति जनाएका थिए । करिव हजार जनाको शब गाडिएको चिहानस्थललाई मासेर आदिवासीहरुले आदिवासीको नाममा रंगशाला बनाउन सहमति जनाएका थिए  । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएपछि सो आदिवासीका नाममा बनाउन तय गरिएको रंगशालालाई एमालेका पूर्व महासचिव मदन भण्डारीको नाममा नामाकरण गरि बजेट विनियोजन गरेको थियो । आफ्नो आदिवासी नामलाई मेटेर पार्टीका नेताको नाममा वजेट विनियोजन गरिएपछि यस क्षेत्रका आदिवासीहरु अहिले पनि त्यस विरुद्ध रहेका छन् । 

काँग्रेसले मंगलवार दमकमा गरेक वृहत आमसभामा पनि यसको झल्को देखियो । एमालेले भन्ने गरेको मदन भण्डारी रंगशालालाई काँग्रेसले यहि कार्यक्रम गरेर मान्यता दिएन र भन्यो यो आदिवासी रंगशाला हो । र आदिवासीहरुको सम्मानका लागि पनि यसको नामाकरण आदिवासीकै नाममा हुनुपर्छ । काँग्रेस सांसद तथा केन्द्रीय सदस्य भिष्मराज आङदेम्वेले आदिवासीहरुको करिव हजार चिहान मासेर बनाएको रंगशालालाई मदन भण्डारीको नाममा राख्ने कुराको विरोधमा आदिवासीहरु रहेको र आदिवासीहरुको नामलाई मेट्न खोजिए देशैभरका आदिवासीहरु एमालेको विरुद्धमा उत्रिने बताए । आदिवासीहरुको सो मागको समर्थनमा रहेको काँग्रेसले त्यसलाई पुष्टी गर्न पनि प्रदेश १को झापामा हुने कार्यक्रम दमकको आदिवासी रंगशालामा गरेको काँग्रेस झापाका सभापति उद्धव थापाले बताए । 

सभामा बोल्ने प्रदेश १ का १६ जिल्लाका काँग्रेस सभापतिहरुले देशलाई कमेडी किङ भन्दा पनि देश हाक्न सक्ने विकासको गतीमा दौडाउन सक्ने नेता चाहिएको बताए । उनीहरुको निशानामा यहि क्षेत्रबाट निर्वाचित भएर गएका एमालेका अध्यक्ष केपी शर्मा ओली नै थिए । उनीहरुले भारतीय टीभीमा आउने कपिल शर्मा शो जस्तै देशलाई केपी शर्मा शो बनाउने कार्यलाई रोक्नुपर्ने बताए । रमाइलोका लागि त केपी शर्मा शो ठीकै होला तर देश र राजनीतिलाई नै कमेडी बनाउने केपी शर्मा शोको आवश्यकता नभएको बताए । देशको एकतालाई भाड्ने केपी शर्माको खोक्रो राष्ट्रवादको भण्डाफोर गर्दै राष्ट्रिय एकताको लागि काँग्रेसले नेतृत्व लिनुपर्ने आवश्यकता सभाका वक्ताहरुले उठाएका थिए । 

चुनाव हुन्न भन्ने भ्रम सिर्जना नगरौः सिटौला
सोमबार स्वास्थ्यमा केहि समस्या भएपछि झापामै उपचार गराएर सभामा आएका काँग्रेस नेता कृष्ण प्रसाद सिटौलाले चुनावको बारेमा अब कसैले भ्रम सिर्जना गर्न नहुने बताए । गृहमन्त्री विमलेन्द्र निधीको नाम नलिइ सिटौलाले चुनावको बारेमा सञ्चारमाध्यममा आएका धारणाले भ्रम सिर्जना गरेकोले त्यस बारेमा प्रष्ट पार्नुपर्ने बताए । उनले भने, 'चुनाव कुनै पनि हालतमा सर्नु हुन्न्न । यो चुनाव कसैको विलासिताको लागि होइन यो त जनाताको विकास र संविधानको संस्थागत विकासको लागि हो । अब देशलाई सम्बृदीको बाटोमा लैजाने चुनावलाई कुनै पनि वहानामा पछाडी धकेल्नु हुन्न ।' 

उपप्रधानमन्त्री तथा गृहमन्त्री निधीको सामाजिक सञ्जाल आएको ट्वीटले सञ्चारमाध्यममा स्थान पाउँदा चुनावको बारेमा भ्रम सिर्जना गरेको कतिपय काँग्रेसका नेताहरुले पनि बताए । निर्वाचन आयोगले पनि निधीको भनाइको विरोध गरेको थियो । 

वृहत सभालाई काँग्रेस सभापति शेर बहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेल महामन्त्री शशांक कोइराला लगायतका नेताहरुले पनि सम्वोधन गर्ने कार्यक्रम छ । सभामा एमाले र अन्य दलबाट काँग्रेसमा प्रवेश गरेकाहरु करिव २ सय कार्यकर्ताहरुलाई सभापति देउवाले टीका लगाइ पार्टी प्रवेश गराएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ