माओवादीका अग्नी सापकोटाले निर्वाचन आचारसंहिता मिचे
प्रकाशित २०७४ वैशाख ५ मंगलबार
438
Shares
मेलम्ची। निर्वाचन आचारसंहिता विपरीत सिन्धुपाल्चोक जिल्लामा राजनीतिक दल सडक उद्घाटनलगायतका कार्यमा व्यस्त हुन थालेका छन् । निर्वाचन आयोगले निर्वाचनको मिति घोषणा भएपछि मतदातालाई प्रत्यक्ष प्रभावित पार्ने काम नगर्न आग्रह गरे पनि आचारसंहिता लत्याउँदै राजनीतिक दल चुनावको माहोल बनाउन लागेका छन् ।
मिति घोषणापछि सडक निर्माण, भौतिक संरचनाको उद्घाटन गर्न नपाउने भए पनि जिल्लामा माओवादी केन्द्रका नेता नयाँ सडक खन्ने तथा त्यसको उद्घाटनमा व्यस्त हुन थालेका छन् । नेकपा (माओवादी केन्द्र)का नेता एवम् पूर्वमन्त्री अग्नी सापकोटाले सातदोबाटेको नेपाली टोल हुँदै अदमारसम्म पुग्ने सडक उद्घाटन गरे।
सडक निर्माण सम्पन्न हुनासाथ माओवादी केन्द्रका नेताको सहभागितामा पूर्वमन्त्री सापकोटाले सोमबार सो सडकको उद्घाटन गरेका थिए । निर्वाचन आचारसंहिता विपरीत जिल्लाभर नै नेकपा (एमाले), नेकपा माओवादी, नेपाली काँग्रेसका नेताले काम गर्ने गरेको अन्य पार्टीले आरोप लगाएका छन् । रासस