arrow

कृष्ण सिटौला अस्पतालबाट डिस्चार्ज, दमकको काँग्रेस सभालाई सम्वोधन गर्ने

सभा झापाको दमकस्थित आदिवासी रंगशालामा

logo
प्रकाशित २०७४ वैशाख ५ मंगलबार
sitaula-hospital.jpg

दमक। नेपाली काँग्रेसका पूर्व महामन्त्री तथा केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला अस्पतालबाट डिस्चार्ज भएका छन्। सोमबार साँझ बिरामी भइ झापाको अस्पतालमा भर्ना भएका सिटौला स्वास्थ्योपचारपछि मंगलबार बिहान सवा ८ बजेतिर डिस्चार्ज भएको उनका सहयोगी किरण सिटौलाले जानकारी दिएका छन् । 

किरणका अनुसार धेरै दिनदेखि बाहिर बाहिर हिंडिरहेका सिटौलाको खान्की बिग्रिएपछि न्यून रक्तचाप भएको थियो । 

रातभर अस्पतालमै रहेका सिटौलाले केही राहत महसुस गरेपछि घर फर्किएका हुन् । किरणले झापाका विभिन्न क्षेत्रमा दिनहुँ गइरहेकाले आराम नहुँदा समस्या आएको बताए ।

चिकित्सकले केही दिन आराम लिन सल्लाह दिए पनि सिटौला मंगलबार दिउँसो दमकमा हुने नेपाली काँग्रेसको चुनावी सभालाई संवोधन गर्न पुग्ने किरणले जनाए ।

काँग्रेसको प्रदेश सभा झापाको दमकस्थित आदिवासी रंगशालामा हुँदैछ । उक्त सभाका लागि शीर्ष नेताहरु झापा पुगिसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ