arrow

सुरक्षा संयन्त्रले थाल्यो निर्वाचनको तयारीबारे अन्तरर्क्रिया

logo
सुनिल शिवाकाेटी,
प्रकाशित २०७४ वैशाख ४ सोमबार
nepal-police.jpeg

हेटौंडा । मकवानपुरको सुरक्षा संयन्त्रले जिल्ला प्रशासन कार्यालय सहितको नेतृत्व टोलीले बागमती, बकैया र मकवानपुरगढी गाउँपालिकामा पुगेर निर्वाचनको तयारीबारे सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको छ ।

 

टोलीले बिहान, दिउसो र अपरान्न गरी ३ चरणमा मतदान केन्द्र, मतदाता र उम्मेदवारको सुरक्षा, मतदाता शिक्षा, निर्वाचन आचारसंहिता, मतदानस्थलको अवस्था र निर्वाचन अधिकृतको कार्यालय स्थापना  बारे बकैया, बागमति  मकवानपुरगढीमा सम्बधीत राजनैतिक दलका प्रतिनिधिसँग अन्तरक्रिया गरेको हो । 

 

कार्यक्रममा जिल्ला सुरक्षा समिति मकवानपुरका संयोजक मकवानपुरका प्र जि अ नारायणप्रसाद शर्मा दुवाडी  स्थानीय विकास अधिकारी नारायण मैनाली  मकवानपुरका प्रहरी उपरीक्षक बसन्तकुमार लामाले निर्वाचनको सुरक्षाका  बरेमा र स्थानीय तहको निर्वाचन सम्पन्न गर्न दलको सहयोगको बारेमा बताएका थिए । 

 

कार्यक्रममा राष्ट्रिय अनुसन्धानका एसपी विष्णुमणी आचार्य, सशस्त्र प्रहरी बल जिल्ला सुरक्षा बेसका प्रहरी नायव उपरिक्षक त्रिभुवन विष्ट ,नयाँ सबुज गण सुपारेटारका सेनानी सुरेश केसी, बागमति गाउँपालिकाका कार्यकारी अधिकृत भीम परियार, बकैया गाउँपालिकाका कार्यकारी अधिकृत सुरेन्द्र प्रधान, मकवानपुर गढी गाउँपालिकाका कार्यकारी अधिकृत मिनराज कोइराला  कृयाशिल राजनैतिक दलका प्रतिनिधि वडा सचिव स्थानिय बासिन्दा लगायतको सहभागिता रहेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ