arrow

काँग्रेसको आमसभा मदन भण्डारी रंगशाला कि आदिवासी रंगशालामा ?

logo
प्रकाशित २०७४ वैशाख ४ सोमबार
madanbhandari_stedium_jhapa.jpg

काठमाडौ । नेपाली काँग्रेसले मंगलबार आफ्नो चुनावी अभियान अन्तर्गत् झापामा चुनावी आमसभा गर्दैछ । झापाको लखनपुरमा बनेकोे आदिवासी जनजाति रङ्गशालालाई विरोधका बाबजूत केही समय अघि मदन भण्डारी रंगशालाको रुपमा नामाकरण गरिएको सो रंगशालामा काँग्रेसले मंगलबार बृहत् आमसभाको तयारी गरेको हो । 

झापाको कमल गाउँपालिकामा पर्ने आदिवासी रंगशालामा गर्ने चुनाव लक्षित प्रादेशिक आमसभामा ६० हजारको जनसहभागिता जुटाउने जनाउ दिइएको छ । सोमबार प्रेस युनियन झापाले दमकमा गरेको पत्रकार सम्मेलनमा कांग्रेसले आमसभाको तयारीबारे जानकारी दिएको छ । 

सो आम सभालाई पार्टी सभापति शेरबहादुर देउवा, निर्वाचन परिचालन कमिटीका संयोजक तथा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शंशाक कोइराला, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला लगायतले सम्बोधन गर्ने जनाइएको छ । 

के हो मदन भण्डारी र जनजाती रंगशालाको कहानी ?

साविकको लखनपुर १ गेउरिया झापामा रहेको मदन भण्डारी रंगशाला पहिले त्यहाँका आदिबासी जनजातीहरुको चिहान घर हो । उक्त चिहानमा जनजातिका उच्च तथा मान्य नेताहरु समेतको दाहसंस्कार भएकोले सो ठाउँमा जनजातिहरुकै नामबाट एउटा रंगशाला निर्माण गर्नको लागि भनेर स्थानीयले जग्गा तथा श्रमदान समेत गरेका थिए ।

तर, एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेको समयमा सो रंगशालालाई मदन भण्डारी रंगशालाको रुपमा नामाकरण गरिएको थियो । यद्यपि सो समयमा पनि आफ्नो अस्तित्व सिध्याउन खोजेको भन्दै विभिन्न संघ संगठनहरुले विरोध पनि जनाएका थिए । 

कुनैपनि हालतमा आदिबासी रंगशालाको नाम परिवर्तन हुननसक्ने  भन्दै त्यतिबेला पनि संघीय बिद्यार्थी युनियनले चेतावनी दिएको थियो । अहिले सो रंगशालाको नाम राष्ट्रिय दस्तावेजमा मदनभण्डारी रंगशालाबाट दर्ता भएको छ भने रंगशाला भने जनजाती रंगशाला तथा स्मृति प्रतिष्ठानकै नाममा चलिरहेको छ ।

सरकारी दस्तावेजमा जे लेखेको भएपनि सो ठाउँबाट उक्त बोर्ड हटाउने आँट कसैले पनि नगरेको स्थानीयले जानकारी दिए । सोही स्थानमा काँग्रेसले भने मंगलबार भब्य रुपमा कार्यक्रम गर्न लागेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ