डिपीएल क्रिकेट: कन्चनपुरको रोमाञ्चक जित, दोस्रो चरण प्रवेशको संभावना जीवित
प्रकाशित २०७४ वैशाख ३ आइतबार
409
Shares
धनगढी। कन्चनपुर आईकोनिकले सिवाईसी अत्तरियालाई ६ विकेले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गर्ने आफ्नो बाटो खुल्ला राखेको छ। धनगढी प्रिमियर लिग (डिपीएल) टि-२० क्रिकेट प्रतियोगिता रोमाञ्चक मोडमा पुगेको छ।
८६ रनको लक्ष्य कन्चनपुरले १३ ओभर भित्र पुरा गर्नु पर्ने स्थितिमा १० ओभरमा ९० रन बनाउँदै रोमाञ्चक जित हासिल गरेको थियो।
कनचनपुरको पाँच खेलबाट ४ अंक रहेको छ भने अत्तरियाको पनि बराबर ४ अंक रहेको छ। यो पराजयसँगै नेट रन रेटको आधारमा अत्तरिया प्रतियोगिताबाट बाहिरिएको छ।
धनगढी चौराहाको ४ खेलमा २ अंक रहेको छ भने १ खेल केल्न बाँकी रहेको छ।
टस हारेर पहिले बायटिङ गरेको अत्तरियाले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ८५ रन बनाएको थियो। उसकालागि प्रदि ऐरीले १९ रन बनाएका थिए भने जञानेन्द्र कुवँरले १५ रन बनाई नट आउट रहेका थिए।
कन्चनपुरका सुनिल धमलाले ५ ओभरमा १५ रन खर्चिंदै ३ विकेट लिएका थिए भने अविनास कर्णले ४ ओभरमा १८ रन खर्चिंदै ३ विकेट हात पारेका थिए।
जवाफमा बयाटिङ गर्न ओर्लेको कन्चनपुरले ९.५ ओबरमा ४ विेकटको क्षतीमा ९० रन बनाउँदै जित हात पारेको थियो।
उसकालागि सागर पुनले २२ रन बनाएका थिए भने हासिम अन्सारीले पनि २२ रन कै योगदान दिएका थिए। सुनिल धमलाले २० बलमा २८ रन बनाएका थिए। उनले आफनो पारीमा २ छक्का र १ चौका प्रहार गरेका थिए।
खेलका प्लेयर अफ दि म्याच सुनिल धमला घोषित भएका थिए।