डिपीएल क्रिकेट: बलरहरु चम्केको खेलमा रुपन्देही बिजयी
प्रकाशित २०७४ वैशाख ३ आइतबार
527
Shares
धनगढी । धनगढीमा भइरहेको धनगढी प्रिमियर लिग टी–२० डीपीएल क्रिकेटमा एकमात्र अपराजित टिम रुपन्देही च्यालेन्जर्सले बिराटनगर किंग्सलाई ६१ रनले पराजित गरेको छ।
शहाब आलमको उत्कृष्ट बलिङका सामु बिराटनगर धरासायी भएको थियो। आलमले ४ ओभरमा १९ रन खर्चिंदै ४ विकेट लिएका थिए। त्यसैगरि दिपेश श्रेष्ठले पनि राम्रो बलिङ गर्दै ४ ओभरमा १३ रन खर्चेर ३ विकेट लिएका थिए।
बिराटनगरकालागि कप्तान शरद भेषावकर ले सार्वाधिक ३४ रन बनाएका थिए। शरद बाहेक कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेका थिएनन्।
रुपन्देहीले खेलमा पहिलो ब्याटिङ गर्दै १३२ रन बनाएको थियो। निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै उक्त रन बनाएको हो।
रुपन्देहीका अन्तिम थापाले ४५ रन बनाएका छन्। उनले १ छक्का र ५ चौका प्रहार गर्ने क्रममा ४२ बलको समाना गरेका थिए। त्यसैगरि कृष्ण कार्कीले २२ रनको योगदान गरेका थिए।
बिराटनगरका सुशिल कंडेल र दिपेन्द्र सिंह ऐरीले २-२ विकेट लिएका थिए।