arrow

संघीय गठबन्धनले चुनाव विथोल्ने कार्यक्रम घोषणा गर्दै

logo
प्रकाशित २०७४ वैशाख २ शनिबार
madhasi-morcha-meet-new.jpeg

काठमाडौं । मधेसी मोर्चासहितको संघीय गठबन्धनले स्थानीय चुनावी कार्यक्रमलाई असर पार्ने गरी आन्दोलनमा जाने निर्णय गरेको छ ।

सरकारले संसदमा दर्ता गरेको ११ बुँदे नयाँ संविधान संशोधन विधेयकको स्वामित्व नलिने अडान लिइरहेको गठबन्धनले आइतबार पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै छ ।  

शनिबार तीनकुनेमा बसेको गठबन्धन बैठकले वैशाख ५ देखि ३१ सम्मका लागि प्रदर्शन, घेराउ र हड्ताल स्वरुपका कार्यक्रम गर्ने निर्णय गरेको छ । आन्दोलनका सम्पूर्ण कार्यक्रम आइतबार दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरेको बैठकपछि राष्ट्रिय मेधस समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिए ।

आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नु अघि गठबन्धनभित्रका केही शीर्ष नेता बसेर तालिकालाई अन्तिम रुप दिने झाले बताए । शनिबारको बैठकमा संघीय समाजवादी फोरम उपेन्द्र यादवसहित मधेसी मोर्चा र गठबन्धनका अधिकांश शीर्ष नेताहरु सहभागि भए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ