arrow

यस्तो छ माओवादी केन्द्रको चुनावी मूल नारा

logo
प्रकाशित २०७४ वैशाख १ शुक्रबार
maobadi-kendra-new.jpg

काठमाडौं । सत्ताधारी माओवादी केन्द्रले मधेसी मोर्चालाई वार्ता र सहमतिका माध्यमबाट समस्या समाधानका लागि अनुरोध गरेको छ । बालुवाटारमा बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकले मोर्चालाई वार्ता र सहमतिका माध्यमबाट समस्या समाधान गरी स्थानीय तहको निर्वाचनमा सहभागि बन्न आग्रह गरेको हो । बैठकले मधेशी मोर्चासँग निरन्तर वार्ता गरी चुनावमा सहभागि हुने वातावरण तयार पार्न सरकारलाई अनुरोध गरेको छ ।

कार्यालय बैठकले पार्टीको मूल नारा ‘माओवादी केन्द्रको उपहार, गाउँ–नगरमा सिंहदरबार’तय गरेको छ । यस्तै वैशाख ९ गते १ बजे देशका ७४४ वटा स्थानीय तह नगरपालिका, गाउँपालिकामा चुनावी जनसभा गर्ने निर्णय गरेको छ ।

 वैशाख ३१ गतेको निर्वाचन लक्षित घरदैलो कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता पम्फा भुषालले बताइन् । यस्तै, यसैगरी वैशाख ९ गतेसम्म उम्मेदवार टुंगो लगाइसक्ने निर्णय समेत गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ