arrow

राप्रपाले तय गर्‍यो चुनावी मूल नारा, निर्वाचन आयोग अगाडि शक्ति प्रदर्शन गर्ने

logo
प्रकाशित २०७४ वैशाख १ शुक्रबार
RPP_news_p.jpg

काठमाडौं । सत्ताधारी दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले निर्वाचन आयोगले पार्टीको विधानबाट ‘हिन्दुराष्ट्र र राजसंस्था’ हटाएको विरोधमा संघर्षका कार्यक्रम घोषणा गरेको छ । राप्रपाको शुक्रबार बसेको पदाधिकारी बैठकले पाँच बुँदे निर्णय गरेको हो । राप्रपाले आफ्नो विधानबाट हिन्दुराष्ट्र र राजसंस्था हटाएको विरोधमा  दिएको ज्ञापनपत्रबारे कुनै पनि स्पष्ट जवाफ नआएकाले निर्वाचन आयोगलाई स्मरण पत्र दिने निर्णय गरेको छ ।

यस्तै, आयोगको कदमविरुद्ध कानुनी उपचारका लागि कानुन व्यवसायीसित परामर्श गरी उपयुक्त निर्णय लिने समेत राप्रपाको चेतावनी छ । राप्रपाले आन्दोलनका अन्य कार्यक्रम पनि घोषणा गरेको छ । वैशाख ५ गते ७ सय ४४ स्थानीय तहमा जुलुससहित निर्वाचन आयोगको निर्णयको प्रतिलिपि जलाउने र  वैशाख ८ गते देशका ७२ जिल्लाका निर्वाचन कार्यालय घेराउ तथा काठमाडौं उपत्यकामा निर्वाचन आयोगमा शक्ति प्रदर्शन र धर्ना गर्ने निर्णय गरेको छ ।

राप्रपाले स्थानीय तहको निर्वाचनका लागि पार्टीको मूल नारा पनि तय गरेको छ । ‘राप्रपाको प्रतिवद्धता–सकारात्मक परिवर्तन, राष्ट्रियता, हिन्दुराष्ट्र, विकास र सुशासन’ मूल नारा तय भएको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ