arrow

मुलुकमा स्थानीय तहको निर्वाचन टार्ने कोसिस भइरहेको रामचन्द्र पौडेलको खुलासा 

logo
प्रकाशित २०७३ चैत ३० बुधबार
paudel-ramchandra-news.jpeg

रामपुर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचन नभए लोकतन्त्र समाप्त हुने बताएका छन् । 

नेपाल प्रेस युनियन, पाल्पा शाखाको आयोजनामा बुधबार तानसेनमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता पौडेलले भने – “मुलुकमा स्थानीय तहको निर्वाचन टार्ने कोसिस भइरहेको छ तर त्यो गलत हो ।” 

मधेसी मोर्चाको मागप्रति लक्ष्यित गर्दै नेता पौडेलले भने – “सुधारिएको प्रस्ताव संसदमा दर्ता भएको छ । संविधान संशोधनको प्रक्रिया अगाडि बढेको छ ।” 

पटक पटकको आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षाका लागि निर्वाचन अपरिहार्य रहेको नेता पौडेलको भनाइ छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ