arrow

स्थानीय चुनावको रौनकः रुकुममा एक लाख मतदाता

logo
प्रकाशित २०७३ चैत ३० बुधबार
Rukum-hamrakura.jpg.jpeg

रुकुम । आसन्न स्थानीय तहको निर्वाचनमा यस जिल्लामा एक लाख एक हजार ९३२ मतदाताले मतदान गर्न पाउने भएका छन् । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार तीनवटा नगरपालिका र छवटा गाउँपालिकामा गरी ५१ हजार १५३ महिला र ५० हजार ७७८ पुरुष मतदाताले मतदान गर्न पाउँछन् । 

यहाँ पुरुष मतदाताभन्दा महिला मतदाताको सङ्ख्या बढी रहेको छ । 

जिल्ला निर्वाचन कार्यालयबाट एक लाख पाँच हजार ४३० मतदाताको सिफारिस गरेर पठाए पनि आयोगबाट तीन हजार ४९९ जनाको घटाएर अन्तिम नामावली पठाएको जिल्ला निर्वाचन अधिकृत कमलमणि देवकोटाले जानकारी दिए । 

विसं २०७० को संविधानसभाको निर्वाचनमा भन्दा १५ हजार ४६० मतदाता यसपटक बढेका छन् । त्यतिबेला ८६ हजार ४६३ मतदाता थिए । 

यहाँको ग्रामीण क्षेत्रमा धेरैले मतदाता सूचीमा आफ्नो नाम भर्न छुटाएका बताइएको छ । 

कतिपयको पायक पर्ने ठाउँमा मतदान केन्द्र नभएको र कतिपय रोजगारीका सिलसिलामा विदेशमा रहेकाले भोट हाल्नेको सङ्ख्यामा कमी हुनसक्ने अनुमान गरिएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ