arrow

काँग्रेसले बनायो २५ सदस्यीय प्रचार संयन्त्र र ९ वटा कार्यदल

logo
प्रकाशित २०७३ चैत २८ सोमबार
nepali-congress-publicity-sub-comittee.jpg

काठमाडौं। नेपाली काँग्रेसले स्थानिय तहको चुनावको लागि प्रचार समिति र विभिन्न कार्यदल गठन गरेको छ । पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठित केन्द्रीय निर्वाचन परिचालन समितिले गठन गरेको प्रचार प्रसार उपसमितिले आफूलाई पूर्णता दिदै कार्यदलहरु बनाएको हो । 

सोमबार उपसमितिले आफूलाई पूर्णता दिदै ९ वटा कार्यदल बनाएको हो । उपसमितिका संयोजक केन्द्रीय सदस्य रमेश लेखक र सहसंयोजक केन्द्रीय सदस्य गगन थापाको सहसंयोजकत्वमा गठित उपसमितिले २५ सदस्यीय उपसमिति गठन गर्दै ९ वटा कार्यदल बनाएको हो । 

२०७४ वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको प्रचार प्रसारलाई व्यवस्थित र प्रभावकारी बनाउन उपसमिति तथा कार्यदल बनाइएको सहसंयोजक थापाले बताए । सोमबार बसेको वैठकले केन्द्रका अतिरिक्त जिल्लामा  र स्थानिय तहमा चुनाव प्रचार प्रसारका लागि समितिहरु बनाउन पार्टीका जिल्ला समितिहरुलाई परिपत्र समेत गरेको छ । 

पार्टीले पठाएको परिपत्रमा चैत्र ३१ भित्र जिल्ला प्रचार प्रसार समिति गठन गरि वैशाख २ भित्र स्थानिय तहमा समेत प्रचार प्रसार समिति बनाउन भनिएको छ । प्रचार प्रसार समितिमा नेपाल प्रेस युनियनका जिल्ला अध्यक्षहरुलाई अनिवार्य रुपमा सहसंयोजक राख्न भनिएको छ । समिति बनाएको जानकारी केन्द्रमा गराउन पनि भनिएको छ। स्थानिय समितिहरुलाई पार्टीको स्थानिय घोषणापत्र बनाउन पनि भनिएको छ । 

सोमबार प्रचार प्रसार उपसमितिले गठन गरेको कार्यदल यस प्रकार रहेको छः–
(क)  मिडिया सेन्टर समन्वय कार्यदलः डा शुरेस आचार्य
(ख) टेलिभिजन समन्वय कार्यदलः धर्मेन्द्र झा
(ग) एफएम/रेडियो समन्वय कार्यदलः गोपाल झा
(घ) प्रिन्ट मिडिया समन्वय कार्यदलः श्री आचार्य
(ङ) अनलाइन मिडिया समन्वय कार्यदलः अजयबाबु शिवाकोटी
(च) सोसल मिडिया समन्वय कार्यदलः डा सुधांसु दाहाल
(छ) सम्पर्क/सूचना/ अनुगमन समन्वय कार्यदलः नेपाल प्रेस युनियन
(ज) समसामयिक राजनीतिक विषयवस्तु निर्माण समन्वय कार्यदलः तारानाथ दाहाल
(झ) सृजनशील प्रचार सामाग्री उत्पादन समन्वय कार्यदलः तीर्थ थापा

वैठकले यसअघी गठन गरिएको प्रचार प्रसार समन्वय उपसमितिलाई अन्तिम रुप दिएको छ ।  
क्र.सं.    नाम    पद
श्री रमेश लेखक, केन्द्रीय सदस्य    संयोजक
श्री गगनकुमार थापा, केन्द्रीय सदस्य सहसंयोजक
श्री होमनाथ दाहाल    सदस्य
श्री पुरुषोत्तम बस्नेत    सदस्य
श्री शोभाकर पराजुली सदस्य
श्री हरिहर विरही        सदस्य
श्री किशोर नेपाल       सदस्य
श्री तारानाथ दाहाल    सदस्य
श्री सुरेश आचार्य        सदस्य
श्री धर्मेन्द्र झा             सदस्य
डा. तुलसीप्रसाद भट्टराई सदस्य
श्री पुरुषोत्तम दाहाल    सदस्य
श्री तेजप्रकाश पण्डित   सदस्य
श्री श्रीआचार्य               सदस्य 
श्री हरिविनोद अधिकारी सदस्य
श्री देवप्रकाश त्रिपाठी    सदस्य
श्री कविर राणा             सदस्य
श्री तीर्थ थापा               सदस्य
श्री श्रवण मुकारुङ        सदस्य
श्री हरि अधिकारी         सदस्य
श्री रमेश तुफान           सदस्य
श्री कुलचन्द्र वाग्ले         सदस्य
श्री मुरारीकुमार शर्मा     सदस्य
श्री समिरजंग शाह         सदस्य
श्री बद्री सिग्देल             सदस्य



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ