arrow

तोकिएको मितिमा काँग्रेस-एमालेले पनि बुझाएनन् हस्ताक्षर, अब के हुन्छ ?

logo
प्रकाशित २०७३ चैत २७ आइतबार
election_local4.jpeg

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका सन्दर्भमा यही चैत ३० गतेभित्र आधिकारिक हस्ताक्षर बुझाउन बाँकी रहेका सबै राजनीतिक दललाई आग्रह गरेको छ ।

आयोगमा आजसम्म ४४ राजनीतिक दलले आधिकारिक हस्ताक्षर बुझाइसकेको आयोगका सहसचिव नवराज ढकालले जानकारी दिए । स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको मनोनयन गर्दा सम्बन्धित दलको आधिकारिक हस्ताक्षर बुझाउनुपर्ने कानुनी व्यवस्था रहेको छ ।

स्थानीय तहको निर्वाचनका लागि दर्ता भएका ८० राजनीतिक दलमध्ये नेकपा -माओवादी केन्द्र०, सङ्घीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा, थरुहट तराई पार्टी नेपाललगायत धेरैजसो दलले हस्ताक्षर बुझाएकाले बाँकी रहेका दललाई हस्ताक्षर बुझाउन आयोगले ताकेता गरेको हो । नेपाली काँग्रेस र नेकपा एमालेले भने हस्ताक्षर बुझाएका छैनन् ।

आयोगले हस्ताक्षर बुझाउन पहिलोपटक यही चैत २६ गतेको समयसीमा दिएकामा त्यो अवधिमा ३७ वटा दलले मात्र हस्ताक्षर बुझाएका थिए । हस्ताक्षर बुझाउन बाँकी दललाई चार दिनको म्याद थप गरेको हो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ