arrow

अत्तरियामा उत्रियो काँग्रेस

हजारौंमाझ नेताहरूको सम्बोधन

logo
प्रकाशित २०७३ चैत २७ आइतबार
congress_attariya_convention.jpg

काठमाडौं । नेपाली काँग्रेसले ७ नं प्रदेशबाट आफ्नो प्रदेश स्तरीय आमसभा सुरु गरेको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा रहेको केन्द्रीय निर्वाचन परिचालन समितिको निर्णय अनुरुप सात वटै प्रदेशमा आमसभा गरिने जनाएको काँग्रेसले आईतबार कैलालीको अत्तरियामा विशाल आमसभाको आयोजना गरेको हो ।

पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला लगायतका शीर्ष नेताहरुको उपस्थितीमा आयोजना भएको सो आमसभामा हजारौं नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

पार्टीका हजारौं नेता तथा कार्यकर्ताहरुको माझमा संबोधन गर्दै शीर्ष नेताहरुले नेपाली काँग्रेस स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी बन्ने उद्घोष गरे । प्रजातान्त्रिक आन्दोलनमा नेपाली काँग्रेसको भूमिका र नेपालका जुनसुकै परिवर्तनहरुमा पनि काँग्रेसले देखाएको जनपक्षीय निर्णयका कारण नेपाली काँग्रेस हर नेपालीको मनमुटुमा बसेको भन्दै कसैको फुस्रो गफको भरमा कोही पनि कसैको पछि नलाग्ने स्पष्ट पारे ।

सम्बोधनका क्रममा पार्टी सभापति शेर बहादुर देउवाले स्थानीय तहको बजेट अनुदानदेखि वृद्ध भत्तासम्म सबै बजेट चुनाव जितेपछि दोव्वर गर्ने लोकप्रिय घोषणा गरे । 

सभामा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला लगायतका नेताहरुले कम्युनिष्टहरु समस्या सिर्जना मात्रै गर्ने स्वभावको रहेको भन्दै समस्या समाधान तर्फ उनीहरुको चासो नै नरहेको आरोप लगाए । अहिलेको विषम परिस्थितिमा उनीहरु नै कन्फ्युज रहेको भन्दै एजेण्डाविहीन रुपमा कुनै शक्तिलाई राष्ट्रविरोधी भनेर आफू राष्ट्रवादको खोल ओड्नु एमालेको बेईमानी रहेको बताए ।

Image may contain: 3 people, people sitting and people eating

कार्यक्रममा देउवा, पौडेल र सिटौंलाका अलावा पार्टी महामन्त्री शशांक कोइराला, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

Image may contain: one or more people, crowd, tree and outdoor



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ