arrow

खुमबहादुर र शंकरको जन्मभूमिमा काँग्रेस र एमालेका को-को उम्मेदवार ?

logo
प्रकाशित २०७३ चैत २७ आइतबार
Tulsipur_submetropolitian_city.png

काठमाडौं । १८ वर्ष पछि सरकारले वैशाख ३१ मा स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै जिल्लामा भर्खरै घोषणा भएको तुल्सीपुर उपमहानगरपालिकामा पनि मेयरका लागि आफ्नो दाबेदारी प्रस्तुत गर्नेहरुको संख्या चुलिन थालेको छ ।

दुई उपमहानगरपालिका, १ नगरपालिका र ७ वटा गाउँपालिका रहेको दाङ काँग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्का र एमालेका स्थायी समिति सदस्य शंकर पोखरेलको गृहजिल्ला पनि हो । दुई प्रभावशाली नेताहरुको क्षेत्र रहेकोले पनि दुबै तर्फबाट उनीहरु निकट व्यक्तिहरु नै बढी मात्रामा मेयरको दाबेदारी गर्न तम्सिएका छन् ।

दाङमा नेपाली काँग्रेसबाट मेयरका आकांक्षीहरु सबै खुमबहादुर खड्का निकट रहेका छन् । त्यस्तै एमालेमा पनि शंकर पोखरेलको निकट मानिएका नेताकै चर्चा मेयरको लागि चुलिएको छ । यद्यपि नेकपा माओबादी केन्द्रका तर्फबाट भने उम्मेदवारको खासै चर्चा चलेको पाईँदैन ।

तुल्सीपुर उपमहानगरपालिकाको मेयरको लागि अहिले ३ जनाको नाम चर्चामा छ । काँग्रेसबाट पूर्व सांसद् गेहेन्द्र गिरीको नाम अहिले बढी चर्चामा छ । त्यस्तैगरी, पार्टी पूर्व सभापति घनश्याम रेग्मीको नाम पनि चर्चामा छ ।

त्यस्तैगरी, वर्तमान सभापति कीर्तिबहादुर खड्काले अहिलेसम्म आफू मेयरमा उठ्ने भनेर मुख खोलिसकेका त छैनन् । तर, उनी पनि मेयरको रुपमा दाबेदार देखिन्छन् । उनले आफ्नो प्रचारप्रसारलाई भने तीब्रता दिएका छन् । उनी बाहेक पनि दिपक गिरी निकट मानिने शंकर गिरीको नाम पनि चर्चामा छ । त्यस्तै, एमालेबाट पूर्वउपमेयर समेत रहेका घनश्याम पाण्डेको पनि नाम चर्चामा छ ।

लगभग उनी निर्विकल्प रहेको एमाले निकट नेताहरुले बताउने गरेका छन् । दाङको क्षेत्र नं ४ मा पर्ने विजौरी शंकर पोखरेल जन्मिएको गाविस हो । मानपुर र डुरुवामा एमालेको पकड क्षेत्र मानिन्छ ।

त्यसैले तुल्सीपुर उपमहानगरपालिकामा काँग्रेसले राम्रो उम्मेदवार उठाउन सकेन भने काँग्रेसको यो उपमहानगरपालिकामा समेत पकड गुम्न सक्ने भन्दै उम्मेदवार चयन गर्ने बेलामा ध्यान पुर्याउन स्थानीय नेताहरुले सुझाव दिएका छन् । यो क्षेत्रमा माओवादीको खासै पकड नरहेकोले पनि माओवादीको उम्मेदवारको त्यस्तो साह्रो चर्चा चलेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ