arrow

माओवादी केन्द्रका सल्लाहकारलाई काँग्रेसमा ल्याए शेखर कोइरालाले

logo
प्रकाशित २०७३ चैत २७ आइतबार
maobadi-congressma-prawesh.jpg

काठमाडौं । नेपाली काँग्रेसका नेता डा‍. शेखर कोइरालाले नेकपा माओवादी केन्द्रका सल्लाहकारलाई नै काँग्रेसमा भित्र्याएका छन् ।

नेपाली काँग्रेस काठमाडौं जिल्ला तारकेश्वर नगरपालिका वडा नं–१० मनमैजुको वडा सम्मलेनका क्रममा डा कोइरालाले माओवादी केन्द्रका सल्लाहकार हरि उप्रेतीलाई काँग्रेसमा प्रवेश गराएका हुन् । 

लामो समयदेखि माओवादीको राजनीतिमा रहे पनि माओवादीको प्रवृत्तिदेखि वाक्क लागेर पार्टी छाडेको बताएका छन् ।

उनी नुवाकोट जिल्लाका गाउँ, इलाका हुँदै जिल्ला इन्चार्ज भएरसमेत काम गरेका थिए । उनी पछिल्लो समय माओवादी केन्द्र काठमाडौं जिल्लाका सल्लाहकार थिए । 

उप्रेतीलाई काँग्रेसमा भित्र्याउने क्रममा डा. कोइरालासंगै सांसदहरू भिमसेनदास प्रधान, कौशर साह लगायत सहभागी थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ