arrow

नेपाली काँग्रेसको चुनावी अभियान सुरु, ७ नम्बर प्रदेशमा विशाल सभा हुँदै

केपी ओलीलाई रामचन्द्र देख्ने कस्ता काँग्रेस 

logo
प्रकाशित २०७३ चैत २७ आइतबार

अत्तरिया । नेपाली काँग्रेसले आइतबारदेखि चुनावी सभा सुरु गरेको छ । प्रदेश नम्बर ७ बाट काँग्रेसले अभियान सुरु गरेको हो ।

बिहान ११ बजेदेखि कैलालीको अत्तरियामा विशाल सभा गर्दै काँग्रेसले सात वटै प्रदेशमा सभा गर्ने थालनी गर्ने काँग्रेसले जनाएको छ ।

उक्त सभामा संवोधन गर्न नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. सशांक कोइराला अत्तरिया पुगिसकेका छन् । 


काँग्रेसले यसपटकको नारा नै तय गरेको छ –
‘काँग्रेसले बनायो नेपालको लोकतान्त्रिक संविधान! 
स्थानीय निर्वाचनमा नेपाली काँग्रेसलाई मतदान!!’

केपी ओलीलाई रामचन्द्र देख्ने कस्ता काँग्रेस 
स्थानीयलाई सहभागीताका लागि प्रचारप्रसार व्यापक बनाइए पनि दुर्भाग्य रामचन्द्र पौडेलको स्थानमा नेकपा एमाले अध्यक्ष केपी ओलीको तस्वीर राखिएको छ ।

यो हतारको उपज हो वा जानीजानी प्रेसमा तस्वीर परिवर्तन गरिएको हो भन्ने पत्ता लगाउन नसकिएको कैलाली काँग्रेसले जनाएको छ ।

जेसुकै भए पनि गल्ती भएपछि तुरुन्त सच्याउनुको सट्टा त्यही पम्प्लेट टाँस्नु नालायकी नै हो । केही काँग्रेसीहरु भने ओलीलाई रामचन्द्र देख्ने कस्ता काँग्रेस भन्दै आलोचनासमेत गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ