arrow

मुगुमा काँग्रेसको जनलहर देखेर नेता छक्क, २ सय काँग्रेसमा प्रवेश

logo
प्रकाशित २०७३ चैत २६ शनिबार
mugu_congress_convention.jpg

मुगु । मुगुको खत्याड गाउँपालिकामा नेपाली काँग्रेसको पक्षमा उर्लिएको जनलहर देखेर काठमाडौबाट गएका केन्द्रीय नेता अचम्ममा परेका छन् । निर्धारित कार्यक्रमा शुक्रबारको लागि भनिएको भएपनि उडानमा समस्या आएर केन्द्रबाट जान लागेका केन्द्रीय सदस्य धनराज गुरुङ पुग्न नसकेपछि कार्यक्रम शनिबारको लागि सारिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका धनराज गुरुङले बोल्दै नेपालीहरुको पार्टी नै नेपाली काँग्रेस रहेको भन्दै काँग्रेसको प्रजातान्त्रिक समाजवादको नाराभित्र कसैले पनि अन्याय भोग्न नपर्ने धारणा व्यक्त गरेका थिए । प्रमुख अतिथि गुरुङले कसैको कुरा सुनेर अन्य पार्टीमा प्रवेश गरेको भए बुद्दी पुर्याएर अहिले नै नेपाली काँग्रेसमा आउन प्रजातान्त्रिक विचारधाराका कार्यकर्ताहरुलार्इ आग्रह गरेका थिए ।

गुरुङले भाषण गरेको सोही कार्यक्रममा विभिन्न पार्टीबाट २ सय जना भन्दा बढी मानिस नेपाली काँग्रेसमा प्रवेश गरेको नेपाल प्रेस युनियनका मुगु जिल्ला अध्यक्ष गोकर्ण शाहीले जानकारी दिए ।

उता, प्रमुख अतिथि गुरुङले मुगुको यो जनलहर देखेर आफू द‌ंग परेको प्रतिक्रिया दिए । 'तोकिएको मिति भन्दा पछि कार्यक्रम गर्दा त यति धेरै मान्छेको सहभागिता देखियो भने शुक्रबार नै कार्यक्रम भएको भए त झनै कति धेरै हुन्थे होला ?' उनले भने 'मेरो त मोवार्इलमा फोटो खिच्न खाेज्दा पनि क्यामेरा ले नै भ्याएन ।' उनले काँग्रेसमा मनमुटाव नहुने  हो भने काँग्रेसले दुर्इतिहार्इ ल्याउने भन्दै यस्तो समस्याको समाधान तर्फ काँग्रेस सचेत हुनुपर्नेमा जोड दिए ।


कार्यक्रममा माओवादी केन्द्रका काशी जैशी,  अर्जुन रोकाय सहित एक सय भन्दा बढी र एमालेका तर्फबाट अमर बहादुर शाही सहित सयको स‌ंख्यामा कार्यकर्ताहरु प्रवेश गरेको नेपाली काँग्रेस मुगुले जनाएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ