arrow

२ नम्बर प्रदेशमा अझै तोकिएनन् मतदान केन्द्र, मोर्चा निर्वाचनमा नआए परिस्थिति अर्कै बन्ने

logo
प्रकाशित २०७३ चैत २६ शनिबार
federal-2-nepal-state-2072.png

काठमाडौं । सरकारले वैशाख ३१ का लागि तय गरेको स्थानीय तह निर्वाचन आउन झण्डै १ महिना बाँकी रहदा २ नम्बर प्रदेशको ६ जिल्लामा अझै मतदान केन्द्र तय हुन सकेको छैन । मतदान केन्द्र तय गर्न राजनीतिक सहमति आवश्यक रहेको भन्दै निवार्चन आयोगले काम गर्न असहज भएको जनाएको छ ।

स्थानीय राजनीतिक दलले असहयोग गरिरहेका छन् । २ नम्बर प्रदेशमा ८ मध्ये अहिलेसम्म बारा र पर्सामा मात्र मतदान केन्द्र तय भएको छ । रौतहट, महोत्तरी सर्लाही, धनुषा, सिरहा र सप्तरीमा अझै मतदान स्थल तय हुन सकेको छैन । निर्वाचन आयोगले चैत १० गतेभित्र मतदान केन्द्र तोकिसक्न भनेकामा त्यसो हुन सकेन । यस्तै, आयोगले १० लिन थपेको समय गुज्रिएको समेत एक साता वित्न लागिसकेको छ ।

मतदान केन्द्र नतोक्दा ती क्षेत्रमा निर्वाचनका कार्यक्रम संचालन गर्न नसकिने आयोगको तर्क छ । आयोगले विहिबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई फोन गरी शुक्रबारसम्म २ नम्बर प्रदेशमा मतदान केन्द्र तोक्नका लागि आग्रह गरेको थियो ।आन्दोलनरत मधेसकेन्द्रीत दलले आफुहरुले उठाएका माग पूरा नभएसम्म स्थानीय तहको निर्वाचन हुनै नसक्ने र जबरजस्ती गरिए विथोल्ने बताउँदै आएका छन् ।
 

प्राविधिक कुरा हामी मिलाउन सक्छौँ, राजनीतिक सहमति हुनु उत्तम
२ नम्बर प्रदेशका बाँकी जिल्लामा मतदान केन्द्र तय गर्नका लागि आयोगले राजनीतिक सहमति कुरेर बसेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए । शर्माले भने, ‘हामीले मितिनै तोकेर भनेका छैनौं । जति सक्दो चाँडो सहमति गर्नुस् भनेका छौँ । २०७० का मतदान केन्द्र त छन् । तर, आयोगले काम गर्दै जाँदा राजनीतिक सहमति भएदिए सौहार्दपूर्ण अघि बढ्न सकिन्थ्यो ।’

आयोगले काम गर्दै ति जिल्लामा पुग्ने बेलामा केही निर्णय गर्ला, प्रवक्ता शर्माले अगाडि थपे, ‘प्राविधिक कुरा हामी मिलाउन सक्छौँ । राजनीतिक सहमति भए कुनै वाधा व्यवधान हुँदैन थियो ।’ निर्वाचन आयोगले गर्न सक्दैन भन्ने होइन दलीय सहमति भए उत्तम हुन्छ ।

मधेसी मोर्चा निर्वाचनमा भाग नलिने हो भने तराईमा सुरक्षा चुनौती रहेको सुरक्षा अधिकारीहरुले बताएका छन् । तराईका सिरहा, सप्तरी, सुनसरी, मोरङ र झापाका केही क्षेत्रहरु सुरक्षाका हिसावले निकै संवेदनशील रहेको सुरक्षाकर्मीहरुले निष्कर्ष छ ।
 

चुनावको ३ दिन अघिसम्म परिचयपत्र वितरण गर्ने
आयोगले स्थानीय तहको चुनाव भन्दा ३ दिन अघि मतदातालाई परिचयपत्र वितरण गर्ने भएको छ । वैशाख २८ र २९ गते परिचयपत्र वितरण गर्ने कार्यकातालिका अनुसार द्रुतगतिमा मतदाता परिचयपत्र छाप्ने काम भइरहेको प्रवक्ता शर्माको भनाई छ । आयोगले मतदान केन्द्रमा गएर मतदातालाई परिचत्र वितरण गर्ने तयारी गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ