माइभ्याली गोल्डकपको उपाधि झापा–११ को पोल्टामा, आर्मी स्तब्ध
सन्तोष तामाङ म्यान अफ द म्याच
प्रकाशित २०७३ चैत २६ शनिबार
795
Shares
इलाम । इलाममा भएको माइभ्याली गोल्पकप तेस्रो संस्करणको उपाधि झापा–११ ले जितेको छ । शनिबार भएको फाइनलमा विभागीय त्रिभुवन आर्मी क्लबलाई हराउँदै झापाले उपाधि जितेको हो ।
निर्धारित समय र त्यसपछि थपिएकाे अतिरिक्त समयमा गोलरहित बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा झापा–११ ले ४–२ को जित निकालेको हो ।
प्रतियोगिताको विजेता झापा–११ले ४ लाख रुपैयाँ पुरस्कार जितेको छ भने उपविजेता आर्मीले २ लाख ५० हजार रुपैँया पाएको छ ।
आर्मीका सन्तोष तामाङ म्यान अफ द म्याच घोषित भए । यस्तै, झापाकै गोलरक्षक किशोर गिरी उत्कृष्ठ गोलकिपर ठहरिए । नेपाल पुलिस क्लबका अभिषेक रिजाल सर्वाधिक गोलकर्ता घोषित भए ।