arrow

विवेकशीलको चुनाव चिह्न सम्बन्धी मुद्दा सर्‍यो

logo
प्रकाशित २०७३ चैत २५ शुक्रबार
bibekshil-nepali-news-aaa.jpeg

काठमाडौ । विवेकशील नेपाली दलले दायर गरेको चुनाव चिह्न सम्वन्धि मुद्दाको पेशी संबैधानिक इजलास बस्न नसक्दा सरेको छ । संवैधानिक इजलासमा मात्रै बहस हुने सो मुद्दा शुक्रबारकोलागि तोकिएको भएपनि इजलास बस्न नसकेको कारण अनिश्चित कालका लागि सरेको हो ।

संवैधानिक इजलास हरेक शुक्रबारमात्रै बस्ने भनिएपनि इजलासले पूर्णता नपाएकोले इजलास बस्न नसकेको सर्वोच्चले जनाएको छ । सर्वाेच्च अदालतका अनुसार पाँच जनाएको इजलास हुनेमा अहिलेसम्म ४ जनामात्रै सदस्य रहेकोले लामो समयदेखि सो इजलास बस्न सकेको छैन । हरेक शुक्रबार मात्रै बस्ने इजलास आगामी शुक्रबार नयाँ वर्ष परेकोले नबस्दा विवेकशीलको मुद्दा भने ओझेलमा पर्ने हो कि भन्ने चिन्ता उनीहरुको छ ।

आफू लोकतान्त्रिक पद्धतिमा आस्था राख्ने व्यक्ति भएकोले सर्वाेच्चले ढिला फैसला गर्दा निर्वाचनमा असर पर्ने हो कि भन्ने तर्फ पनि आफूहरु चिन्तित रहेको विवकशीलका एक नेताले जानकारी दिए । उनीहरुले सर्वोच्च अदालतले यो मुद्दाको गम्भीरता हेरेर छिटोभन्दा छिटो लोकतन्त्रको पक्षमा फैसला सुनाउनेछ भन्नेमा आफूहरु विश्वस्त रहेको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ