arrow

काठमाडौंको उपमेयरमा काँग्रेसबाट प्रकाशमानकी श्रीमती  सृजनाको चर्चा 

logo
प्रकाशित २०७३ चैत २५ शुक्रबार
prakashman-srijana.jpg

सुदर्शन अर्याल । काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिएसँगै धेरैको चासोको रुपमा रहेको काठमाडौं महानगरपालिकाका मेयर तथा उपमेयरमा को को उठ्छन् भन्नेबारे धेरैलाई चासोको विषय बनिरहेको छ । 

विभिन्न पार्टीबाट चर्चित अनुहारको खोजी भईरहँदा नेपाली काँग्रेसबाट पनि काठमाडौं महानगरपालिकाको मेयर तथा उपमेयरमा हाईप्रोफाईल व्यक्तिहरुको चर्चा चल्न थालेको छ । 

पार्टीका युवानेता गगन थापा महानगरको मेयरमा उम्मेदवारी दिने चर्चा चले पनि सो पदमा आफू उम्मेदवारी नदिने थापाले घोषणा गरिसकेपछि उनी जस्तै चर्चित अनुहारलाई मेयरमा उठाउनको लागि काँग्रेस भित्र चर्चा सुरु भएको छ । 

थापाको विकल्पमा अहिले मेयरको लागि काँग्रेसभित्र नवीन्द्रराज जोशी, तीर्थराम डंगोल, प्रगतीमान रञ्जित,  राजुराज जोशी, नरोत्तम बैद्य लगायतको नाम चर्चामा छ । 

तर, उपमेयरको उम्मेदवारी दिनको लागि काँग्रेसभित्र हाई प्रोफाईलका महिलाहरुको चर्चा नभईरहेको बेलामा पार्टी पूर्वमहामन्त्री प्रकाशमान सिंहकी श्रीमती सृजना सिंहको नाम चर्चामा आउन थालेको छ । 

यस विषयमा सिंह निवास चाक्सीबारीमा क्षेत्रीय सभापति तथा इकाई सभापतिहरु समेतसँग लामो छलफल पनि भएको थियो । 

सो बैठकमा फरक खेमामा रहेको थापालाई मेयरमा उठाएर सिंहलाई उपमेयरमा उठाउने चर्चा चलेपनि थापाले मेयर नउठ्ने घोषणा गरेपछि अन्य चर्चामा आएका नामलाई विकल्पको रुपमा अघि सार्न थालिएको छ । 

काठमाडौंको राजनीतिमा महत्वपूर्ण भूमिका राख्ने सिंह परिवारले उपमेयर आफूले लिएर मेयर अरु खेमाका व्यक्तिहरुलाई नै दिन तयारी गरिरहँदा काठमाडौंको मेयरमा चर्चामा चलेका यी नामहरु मध्ये कसले बाजी मार्ला भन्नेमा बहस सुरु भएको छ । 

गोरखा माईती भएकी सिंहले नै प्रकाशमान सिंहको राजनीतिक व्यवस्थापन मिलाउँदै आएकी छिन् । 

शंकरदेव क्याम्पसमा पढेकी सिंह चाक्सीवारीकी बुहारी भएदेखि राजनीतिक सहयोगीको रूपमा थिइन् । 

उपमेयरमा उनी काँग्रेसबाट प्रत्यासी भइन् भने यो उनको सक्रिय राजनीतिको थालनी नै मानिने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ