arrow

माग सम्बोधन नभई मोर्चा कुनै पनि निर्वाचनमा सहभागी हुँदैनः ठाकुर

logo
प्रकाशित २०७३ चैत २५ शुक्रबार
Mahanta-Thakur-400x250.jpg.jpeg

पर्सा । तराई मधेस लोकतान्त्रिक पार्टी तमलोपाका अध्यक्ष महन्थ ठाकुरले देशमा विद्यमान राजनीतिक समस्याको समाधान सरकारले शक्तिबाट खोजेको आरोप लगाएका छन् । 

तमलोपाले पर्साको पोखरियामा आयोजना गरेको कार्यक्रममा उनले मधेसी, दलित तथा जनजातिको समस्याको समाधान मोर्चाले वार्ता र संवादबाट खोजेपनि सरकारले संसद्मा सङ्ख्या र सडकमा हतियारको शक्तिबाट राजनीतिक समस्याको समाधान खोजेको दाबी गरे । 

अध्यक्ष ठाकुरले संविधान संशोधन, जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्रको पुनःसंरचनालगायत माग सम्बोधन नभएसम्म मोर्चा कुनैपनि निर्वाचनमा सहभागी नहुने प्रष्ट्याए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ