निर्वाचन आयोगले २८ दललाई दियो चुनाव चिन्ह, को कति नम्बरमा, क–कसले पाए !
प्रकाशित २०७३ चैत २४ बिहिबार
3.6k
Shares
काठमाडौं। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा सहभागीता जनाउने २८ राजनीतिक दलको चुनाव चिन्ह सार्वजनिक गरेको छ । आयोगले संसदमा प्रतिनिधित्व गर्ने २८ दलकोमात्र चुनाव चिन्ह सार्वजनिक गरेको हो। संसद बाहिर रहेका दलले भने स्वतन्त्रको हैसियतमा चुनाव चिह्न लिनुपर्नेछ।
सार्वजनिक गरिएको निर्वाचन चिन्हका नेपाली कांग्रेस एक नम्बरमा छ । काँग्रेसले पहिलेको जस्तै रुख, नेकपा एमालेको सूर्य, नेकपा माओवादी केन्द्रको गोलाकारभित्र हँसिया हथौडा, राष्ट्रिय प्रजातन्त्र पार्टीले गाई पाएको छ ।