arrow

स्थानीय तहको निर्वाचन हुनु भनेकै माओवादीको जीत : प्रधानमन्त्री

आचारसंहिताकाे ख्याल गर्दैनन्

logo
प्रकाशित २०७३ चैत २२ मंगलबार
PM-dahal-g-new.jpeg

काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिले स्थानीय तहको निर्वाचन सफल पार्नु राष्ट्रको प्रमुख कार्यभार भएको बताउँदै स्थानीय निर्वाचन हुनु नै माओवादी केन्द्रको जित हुने बताएका छन् । मंगलबार दिउँसो पेरिसडाँडाँमा आदिवासी जनजाति राष्ट्रिय महासंघ, नेपाल ३ नम्बर प्रदेश भेला तथा प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री दाहालले यसो भनेका हुन् ।

माओवादीले जनयुद्धकालदेखि उठाउँदै आएका संघीयता, गणतन्त्र, लोकतन्त्र, समावेशी समानुपातिक सहभागिता, धर्म निरपेक्षतासहितका एजेण्डाहरु नयाँ संविधानमार्फत् संस्थागत गरिएको बताउँदै प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयनका लागि निर्वाचन सफल पार्नुपर्ने आवश्यकतामा जोड दिए ।

आचारसंहिचा मिच्दै हेलिकोप्टर चढेरको चर्चा भइरहेकै बेला प्रधानमन्त्री दाहालले  संघीयताको जग बसाल्न निर्वाचन जरुरी भएको बताउँदै परिवर्तनका उपलब्धि जोगाउन चाहने सबै शक्ति स्थानीय निर्वाचनमा सहभागि बन्नुपर्नेमा जोड दिए । परिवर्तनका एजेण्डा खोस्न चाहनेहरुले मात्र निर्वाचन नचाहने भन्दै प्रधानमन्त्रीले सबै परिवर्तनकारीलाई एकतावद्ध भएर निर्वाचनमा होमिन आग्रह गरे ।

प्रधानमन्त्री दाहालले अहिले जे जति उपलब्धी हासिल भएका छन्, ती सबै माओवादीकै एजेण्डा भएको र माओवादी नेतृत्वको संघर्षबाट प्राप्त भएको बताउँदै यी सकारात्मक उपलब्धी रक्षा र संस्थागत गर्ने दायित्व पनि माओवादीकै भएको प्रष्ट पारे । उनले माओवादीहरुको एकतामा जोड दिँदै अहिले माओवादी पार्टी देशभक्त र जनपक्षीय शक्ति हो भन्ने कुरा राम्रैसँग पुष्टि भएको बताए ।

आफू नेतृत्वको सरकारले लोडसेडिङ हटाउने, ठूला आयोजनाहरु छिटो सम्पन्न गर्न पहल गर्ने, हुलाकी मार्ग र फाष्ट ट्याक निर्माण सुरु गर्ने, विदेशसँग सन्तुलित सम्बन्ध विकास गर्ने, २४ वर्षपछि सबैभन्दा बढी आर्थिक बृद्धिदर हासिल गर्ने लगायतका कैयौँ उपलब्धी हासिल गरेको बताउँदै प्रधानमन्त्री दाहालले माओवादी नै यो देश र जनताको भरोसायोग्य शक्ति हो भन्ने पुष्टि भइसकेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ