arrow

गोरखा काँग्रेस जिल्लामा आफ्नै घोषणा पत्र बनाउँदै

जिल्लास्थित निर्वाचन परिचालन समिति पनि गठन

logo
प्रकाशित २०७३ चैत २२ मंगलबार
Congres-FNL.jpg.jpeg
गोरखा। आउँदो वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेस गोरखाले जिल्लामा आफ्नो छुट्टै घोषणा पत्र तयार पार्ने भएको छ ।  काँग्रेस केन्द्रीय कार्यसमितिले घोषणा पत्र तयार पार्नको लागि महेश आचार्यको नेतृत्वमा समिति नै गठन भएको छ । तर, गोरखा काँग्रेसले भने केन्द्रको घोषणापत्र नकुरी आफै घोषणा पत्र तयार पार्ने तयारी गरेको हो । 
 
त्यस्तै, कार्यबाहक जिल्ला सभापति नन्दप्रसाद न्यौपानेको अध्यक्षतामा सोमबार पार्टी कार्यालयमा बसेको बैठकले न्यौपानेको संयोजकत्वमा जिल्लास्थित निर्वाचन परिचालन समिति पनि गठन गरेको हो ।
 
यस्तै, नेताहरु वेदप्रसाद काप्री, प्रेम खत्री, इमानसिं बस्नेत र जनार्दन अर्याल रहेको आर्थिक उपसमिति गठन भएको छ । काँग्रेसका नीति तथा कार्यक्रमबारेको घोषणापत्र तयार गर्न विश्वदेव श्रेष्ठको संयोजकत्वमा जिल्लास्तरीय घोषणा पत्र तयारी समिति गठन भएको छ । समितिमा आवश्यकता अनुसार सदस्यहरु पछि थप गर्ने काँग्रेसले जनाएको छ । 
 
निर्वाचनका लागि प्रचार समिति पनि गठन गरिएको छ । जिल्ला सदस्य नारायण लामिछाने नेतृत्वमा गठन भएको समितिमा बलराम खड्का र ललिता अधिकारी सदस्य छन् । बैठकले भूकम्पपीडितलाई निजी आवास पुनःनिर्माणमा अनुदान दिन ढिलाइ भइरहेको भन्दै छिटो अनुदान रकम दिन आग्रह गरेको छ । 
 
यस्तै, निजी अनुदान पाउनबाट वञ्चित रहेका, छुटेका वास्तविक भूकम्पपीडितलाई अनुदान दिने प्रक्रिया छिटो सुरु गर्न सरोकारवाला निकायलाई काँग्रेसले आग्रह गरेको कार्यबाहक सभापति न्यौपानेले जानकारी दिए। बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने जग्गाधनीलाई उचित मुआब्जा दिन र पुनर्वासको टुङ्गो लगाउन काँग्रेसले आग्रह गरेको छ । 
 
आउँदो वैशाख ७ गते गोरखा, पालुङटार नगरपालिका र नौ गाउँपालिकासहित वडाहरुमा उम्मेदवार चयन गरिसक्ने काँग्रेसले जनाएको छ । वडा कार्यसमितिले छानेका उम्मेदवार क्षेत्र पठाउने र क्षेत्रीय कार्यसमितिले उपलब्ध गराएका उम्मेदवारको सूची जिल्ला कार्यसमिति र केन्द्रीय कार्यसमितिमा पठाउने तयारी कांग्रेसको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ