arrow

राजेन्द्र महतोले भने –जबरजस्ती चुनाव गराए मधेसमा रगतको खोलो बग्छ

ठूला तीन दललाई मधेसमा उम्मेद्वारी दर्ता गरेर देखाउन चुनौती

logo
प्रकाशित २०७३ चैत २२ मंगलबार
rajendra-mahato-new-aa.jpeg

परासी । मधेसी मोर्चाको एउटा घटक सद्भावनाका अध्यक्ष राजेन्द्र महतोले जबरजस्ती स्थानीय तहको निर्वाचन गराए मधेसमा रगतको खोलो बग्ने चेतावनी दिएका छन् ।   नवलपरासीको परासीमा आयोजित कार्यक्रममा महतोले भने,‘बेइमानीको पनि हद हुन्छ । पटक–पटक सम्झौता गर्ने अनि अधिकार माग्दा प्रधानमन्त्रीले संसदमा संख्या पुग्दैन भन्दै बहाना खोज्ने?’ संविधान जारी गर्दा जस्तै गरी संशोधनमा पनि संख्या पुर्‍याउने जिम्मा तीन दलकै हो, महतोले भने ।

आफूहरु चुनाव विरोधी नभएको भन्दै महतोले संविधान संशोधनको प्रक्रिया अघि बढाए निर्वाचनमा जाने बताए । नाकाबन्दीलाई ब्रह्मअस्त्रको रुपमा प्रयोग गरेपनि सफल नभएको उनले स्वीकारे । महन्थ ठाकुर र उपेन्द्र यादवले साथ नदिँदा मधेस आन्दोलन सफल हुन नसकेकाले अहिले जनदबाबका कार्यक्रम गरिएको उनले बताए ।

आफूले विरगञ्ज नाका बन्द गराएजस्तै अन्य दुई प्रमुख नाकामा ठाकुर र यादव बसेर आन्दोलन हाँकेको भए मधेसका माग त्यतिबेला नै पूरा हुन्थ्यो,’ महतोले जिकिर गर्दै भने । उनले तीन दलले जसरी पनि चुनाव गराउने भन्दै मिति घोषणा गरेकाले मधेसमा  उम्मेदवारी दर्ता गरेर देखाउन चुनौती दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ