arrow

काँग्रेस नेता सिटौलाले बाजुरा पुगेर भने– यो जनता र लोकतन्त्रको समय हो

एमालेबाट वडा अध्यक्ष जितेकाहरु नै काँग्रेसमा प्रवेश

logo
प्रकाशित २०७३ चैत २० आइतबार
sitaula-news-a-bajura.jpeg

काठमाडौं । काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा नरोकिने बताएका छन् । बाजुराको कोल्टी पुगेका नेता सिटौलाले विशाल आमसभालाई सम्बोधन गर्दै निर्वाचनको विकल्प छैन भने ।

उनले भने, ‘यो समय जनताको समय हो । लोकतन्त्र को समय हो । निर्वाचनको विकल्प छैन ।’ निर्वाचन जनताको अधिकार हो, सिटौलाले अगाडि भने, ‘कुनै विशेष नेताको स्वार्थका लागि हैन । चुनाव गर्दा जनता र देशले जित्छ । नेताले चुनाव हारे केही फरक पर्दैन । नेता हारे जनताले जित्छन् ।’ यस्तै, नेता सिटौलाले निर्वाचन कुनै हालत नरोकिने ठोकुवा गरे ।

पछिल्लो समय असन्तुष्ट दलहरुलाई मिलाउन बनेको कार्यदलका सदस्य समेत रहेका सिटौलाले भनेका छन्, ‘नेपाली काँग्रेसले चुनाव गराउँछ । नेपाली काँग्रेसको सम्पूर्ण ध्यान चुनाव गराउन केन्द्रीत छ ।’ निर्वाचन भएपछि मुलुक समृद्धितर्फ जाने बताउँदै नेता सिटौलाले लामो समय रहेको राजनीतिक अस्थिरता पनि अन्त्य हुने बताए ।

नेता सिटौलाले विकास नहुनुको कारण राजनीतिक अस्थिरता नै भएको समेत बताए । सिटौला उपस्थित सभाबाट एमाले, माओवादी केन्द्र र अन्य पार्टीका ४ सय बढी कार्यकर्ता काँग्रेसमा प्रवेश गरेको नेता सिटौलासँगै रहेका नेविसंघ महामन्त्री कुन्दन काफ्लेले जानकारी दिए ।

यसअघि भएको स्थानीय निकाय निर्वाचनमा एमालेबाट वडा अध्यक्ष जितेकै व्यक्तिहरु काँग्रेसमा प्रवेश गरेको र माओवादी केन्द्रबाट केन्द्रीय सदस्य नै काँग्रेसमा आएको काफ्लेले बताएका छन् । सभामा ६ हजार बढी सहभागि भए ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ