arrow

पाँचथरमा राप्रपाले जोगाउला पद्मसुन्दर लावतीको बिरासत

logo
सुवास निरौला,
प्रकाशित २०७३ चैत २० आइतबार
news-panchthar-new-ss.jpeg

काठमाडौं । राप्रपा नेपालका संस्थापक नेता पद्मसुन्दर लावतीको गाँउमा यसपटक पनि राप्रपाले आफ्नो अस्तित्व जोगाउन सक्ला ? भन्ने कौतुहलबीच २० वर्ष पछि हुन लागेको स्थानीय तहको निर्वाचन सरगर्मी बढेको छ । दिवंगत नेता लावतीको बिरासत कायम रहला भन्नेतर्फ चासो बडेको छ। १ नगरपालिका सहित ८ स्थानीय तह रहेको पाँचथरमा स्थनीय तहको निर्वाचनको तयारीका लागि दलहरु चुनावी प्रचार प्रसारका लागि गाँउ दौडाहमा निस्केका छन् ।  

सदरमुकाम समेत रहेको फिदीम नगरपालिकामा मुख्य ३ पार्टीहरुले आफ्ना उम्मेद्वाहरुको नाम छलफलको सतहमा ल्याएका छन्। जहाँ नेपाली काँग्रेसले ओनाहाङ नेम्वाङ,  मित्र काफ्ले र रामराज आङदम्बे नाम फिदिम नगरपालिकाको मेयरको सम्भावित उम्मेदवारका रुपमा राखेको छ ।

एमालेबाट राजकुमार भण्डारी, थुमनाथ चापागाई, र चक्र थाम्सोहाङ  नगरपालिकाको मेयरका लागि सम्भावित उम्मेदवार हुन् भने माओवादी केन्द्रबाट महेन्द्र जवेगु (फुङनीमा), हर्क नेम्वाङ (मिक्सु) र राधा न्यौपानेको नाम चर्चामा छ । योसँगै फिदिम नगरपालिकामा स्थानीय तहको चुनावी माहोल तातिएको छ ।

उता राप्रपा नेपालका संस्थापक नेता लावतीको गाँउ कुम्मायक गाँउपालिकामा राप्रपाले आफ्नो साख कायम गर्न कसलाई उम्मेदवार बनाउला भन्ने विषयमा चर्चा सुरु भएको छ ।  लावतीको बिडो थाम्न राप्रपाले टंक बहादुर घिमिरे, जगतजंग लावती, आस बहादुर सम्वाहाम्फे  र जीत बहादुर अगुवा मध्ये एकलाई गाउँपालिका प्रमुखको उम्मेदवार बनाउन सक्ने अनुमान छ ।

राप्रपालाई टक्कर दिनसक्ने अनुहारलाई काँग्रेस एमाले दुवैले चुनावी मैदानमा पठाउने तयारी गरीरहेका छन्। काँग्रेस बाट बम लावती, गोपाल पौडेल, टंक पौडेल, चन्द्र निरौला, दुर्गा बम्जन र एमाले बाट दालकृष्ण शेर्मा, नरबहादुर खड्का , दुर्गा चाम्लिङ र भीम सम्वाहाम्फे मध्ये एक जनालाई गाउँपालिका चुनावी मैदानमा ल्याउने तयारी ग भइरहेको छ ।

माओवादी केन्द्रबाट अम्बरसिंह थापा, झरेन्द्र खड्का र प्रकाश काफ्लेको नाम चर्चामा छ। कुम्मायक गाँउपालिकामा एमाले, काँग्रेस र राप्रपाबीच त्रिपक्षीय भिडन्त हुने अनुमान गरिएको छ ।
 
नेपाली काँग्रेसले फाल्गुन्द गाउँपालिका प्रमुखमा अम्बर नेम्वाङ, सशिराज आङदम्बे, विरेन्द्रकुमार खड्का, सुरेन्द्र आङदम्बे, र ठाकुर सिंह नेम्वाङको नाम बाहिर ल्याएको छ । विरबहादुर कुरुङवाङ र दिलप्रसाद आङदम्बे मध्ये एक नेकपा एमालेको तर्फबाट गाउँपालिका प्रमुखमा चुनाव लड्ने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ