arrow

नयाँ शक्तिसहित तीन दर्जन पार्टी निर्वाचन आयोग घेर्न पुगे, भट्टराई र गजुरेलसहित चार दर्जन पक्राउ

logo
प्रकाशित २०७३ चैत २० आइतबार
Election-Commission-hamrakura-3.jpg.jpeg
काठमाडौं । निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथ घेराउ गर्न पुगेका नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईसहितका नेताहरू पक्राउ परेका छन् । त्यस्तै मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारी पार्टीको देशभक्त जनगणतान्त्रिक मोर्चाका संयोजक सीपी गजुरेल पनि पक्राउ परेका छन् ।
 
आइतबार बिहान आयोगको कार्यालय अगाडि धर्ना बस्न जाने क्रममा संयोजक भट्टराईसहित झण्डै चार दर्जन नेता तथा कार्यकर्ता पक्राउ परेका हुन् । 
 
तीन दर्जन बढी साना दलहरूको नेतृत्व गरेर कान्तिपथ पुग्नै लाग्दा प्रहरीले हस्तक्षेप गरेर उनीहरुलाई पक्राउ गरेको हो ।
 
निर्वाचनमा एउटै चुनाव चिन्हमार्फत मुलुकभरि उम्मेदवारी दिन पाउनु पर्ने मागसहित भट्टराईसहितका नेताहरू कान्तिपुथ गएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ