arrow

काँग्रेसको घोषणापत्र तयार पार्ने समितिले पायो पूर्णता, को–को छन् ?

logo
प्रकाशित २०७३ चैत १९ शनिबार
congress-cc-meeting.jpeg

काठमाडौं । संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिलाई पूर्णता दिएको छ । काँग्रेस केन्द्रीय समितिले केन्द्रीय सदस्य महेश आचार्यको संयोजकत्वमा गठन गरेको समितिलाई ३५ सदस्यीय बनाएर पूर्णता दिइएको बताइएको छ ।

घोषणापत्रलाई अन्तिम रुप दिन समितिले केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यसँग परामर्श गर्ने छ । यस्तै, पार्टीबाट मन्त्रिपरिषद्मा रहेका मन्त्री घोषणापत्र तयारी समितिका आमन्त्रित सदस्यका रुपमा रहने बताइएको छ ।

समितिले काँग्रेस सांसद र संसदीय दलसँग परामर्श गर्ने कार्यविधि अवलम्बन गर्ने संयोजक आचार्यले बताएका छन् । यद्यपि, उनले कहिलेसम्म घोषणापत्र तयार हुन्छ भन्नेबारे केही भनेनन् । भ्रातृ एवं शुभेच्छुक संस्थाका अध्यक्षलाई छलफलमा आमन्त्रण गर्ने, पार्टीका विभिन्न तहबाट सुझाव आह्वान गरिने आचार्यले बताएका छन् । समितिले पार्टी निकट वुद्धिजीवीसँग विषयगत परामर्श गर्नेछ ।

को–को छन् समितिमा ?
आचार्य संयोजक रहेको समितिमा रामशरण महत, फरमूल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, नारायण प्रकाश साउद, शेखर कोइराला, उमाकान्त चौधरी, भीष्मराज आङ्दम्बे, आनन्दप्रसाद ढुङ्गाना, चन्द्र भण्डारी, कमला पन्त, धनराज गुरुङ, प्रदीप पौडेल, विश्वप्रकाश शर्मालगायत छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ