arrow

कस्तो हुँदैछ देउवाको गृहजिल्लामा चुनावी माहोल ?

logo
प्रकाशित २०७३ चैत १८ शुक्रबार
deuba-new.jpeg
डडेल्धुर । स्थानीय निकायको निर्वाचनको समय नजिकिँदै गर्दा जिल्लामा राजनीतिक दलले चुनावी माहोल बढाएका छन् ।  जिल्लामा निर्वाचनमा माहोल बढाउनकोलागि राजनीतिकदलहरुलार्इ महिला र युवाहरुले समेत  सहयोग गरेका छन् । स्थानीय तहमा आफ्नो अधिकार सुनिश्चित भएपछि महिला निर्वाचनका लागि अग्रसर भएका हुन् । 
 
जिल्लामा पाँच गाउँपालिका र दुई नगरपालिका तथा गाउँ र नगरका वडामा महिला तथा युवा निर्वाचन प्रचारप्रसारमा जुट्नुका साथै आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै आएका छन् । पहिलो पटक स्थानीय तहको निर्वाचनमा मत हाल्ने मौका आएको बताउने डडेल्धुरा बहुमुखी क्याम्पसमा अध्ययनरत १९ वर्षीया सुमी भण्डारी युवालाई उसको क्षमताको आधारमा नेतृत्व दिइनुपर्ने धारणा राख्छिन् । 
 
स्थानीय तहको निर्वाचनका लागि डडेल्धुरामा चहलपहल बढ्दै गर्दा हरेक पार्टीका गतिविधिमा महिला तथा पहिलो पटक मतदानमा सहभागी हुन गइरहेका युवाको उत्सुकता र सहभागिता बढिरहेको महिला सङ्घ डडेल्धुराका पूर्वअध्यक्ष नारु ओझा बताउँछन्। 
 
महिलालाई दिएको आरक्षण र पहिलो पटक मतदानमा सरिक हुने अवसर पाएर युवा वर्ग हौसिएको छ । गाउँपालिका र नगरपालिका प्रमुख तथा उपप्रमुखमध्ये एक पद अनिवार्य महिलालाई दिनुपर्ने भएपछि हरेक राजनीतिक दलबाट महिला उम्मेदवारको खोजी हुन थालेको छ । डडेल्धुरामा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)लगायत १३ राजनीतिक दलले चुनावी प्रतिस्पर्धा गर्ने निर्वाचन कार्यालयले जनाएको छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ