arrow

स्थानीय निकाय निर्वाचनः मुस्ताङमा ३७ वटा मतदान केन्द्र

logo
प्रकाशित २०७३ चैत ११ शुक्रबार
Mustang.png
मुस्ताङ । वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचनलाई हिमालपारीको जिल्ला मुस्ताङमा ३७ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । 
 
जिल्ला मतदान केन्द्र सिफारिस समितिले पाँच गाउँपालिकामा उक्त सङ्ख्यामा मतदान केन्द्र निर्धारण गर्न निर्वाचन आयोगलाई सिफारिस गरिएको हो । 
 
जिल्ला निर्वाचन अधिकारी सीताराम शर्मा लामिछानेले मतदातालाई असहज नहुने तरिकाले मतदान केन्द्र निर्धारण गरिएको जानकारी दिए । “धेरैमा आधा घन्टाको बाटोमा हामीले मतदान केन्द्र निर्धारण गरेका छौँ । सबैले मतदान गर्ने वातावरण पनि बन्दैछ”, उनले भने । 
 
मुस्ताङमा पाँचवटा गाउँपालिकामध्ये लोमान्थाङ गाउँपालिकामा सबैभन्दा बढी मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन कार्यालयले जनाएको छ । 
 
विभिन्न चरणमा सङ्कलन गरिएको फोटोसहितको मतदाता नामावलीबाट जिल्लामा आठ हजार पाँचसय ३७ मतदाता रहेको अधिकारी लामिछानेले जानकारी दिए । 
 
“केही दिनमै मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारीमा हामी जुटेको छौँ, बदर मतलाई कम गराउने अभियानमा कार्यालय लागेको छ”, उनले भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ