arrow

निर्वाचन आयोगको तीव्रता, वैशाख १० गतेदेखि मतदाता शिक्षा

logo
प्रकाशित २०७३ चैत ६ आइतबार
Election-Commission-hamrakura-3.jpg.jpeg
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आगामी वैशाख १० गतेदेखि निर्वाचन मतदाता शिक्षा सञ्चालन गर्ने भएको छ । स्थानीय तहमा कसरी मतदान गर्न सिकाउन र बदर मत कम गर्नका लागि मतदाता शिक्षा सुरु गर्न थालिएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी गराए ।
 
उनका अनुसार एउटा वडामा तीनजना स्वयम्सेवकले मतदातालाई मतदाता शिक्षा दिनेछन् । 
 
मतदाता शिक्षाका लागि आयोगले ३२ जना उपसचिव र अधिकृतलाई मतदाता प्रशिक्षक प्रशिक्षण दिइसकेको छ ।
 
प्रवक्ता शर्माका अनुसार मतदाता प्रशिक्षण लिएका कर्मचारीले जिल्लामा गई प्रशिक्षण दिएपछि स्वयम्सेवकले वडामा गई मतदातालाई मतदाता शिक्षा दिनेछन् । 
 
उनले पहिलेको भन्दा धेरै राजनीतिक दलले निर्वाचनमा भाग लिने भएकाले मतदातालाई मतदाता शिक्षा दिन आवश्यक भएको पनि बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ