arrow

धान रोपाइँ मधेसमा अन्तिम चरणमा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ८ शुक्रबार
parasi-dhan-ropai.jpg

जनकपुरधाम । मधेस प्रदेशमा हालसम्म ७८ दशमलव ५९ प्रतिशत रोपाइँ भएको छ । यो तीन लाख हेक्टरभन्दा बढी क्षेत्रमा भएको रोपाइँ हो ।

मधेस प्रदेश कृषि विकास निर्देशनालयका अनुसार साउन ७ गतेसम्म प्रदेशको तीन लाख ५८० हेक्टरमा धान रोपाइँ भएको हो । सबैभन्दा बढी सिरहामा ९४ प्रतिशत र सबैभन्दा कम महोत्तरीमा ५५ रोपाइँ भएको छ । यस वर्ष पर्याप्त वर्षा भएकाले उत्साहका साथ किसान रोपाइँमा जुटेका छन् । 

किसानले यस वर्ष उन्नत जातका धानका बिउ प्रयोग गर्नुका साथै रासायनिक र प्राङ्गारिक मलको व्यवस्थापनमा पनि ध्यान दिएका निर्देशनालयका बागवानी विकास अधिकृत किरण विश्वकर्माले राससलाई बताए । 

यसैबीच केही स्थानमा सिँचाइ पूर्वाधार र मलको अभाव भएको गुनासो किसानले गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ