arrow

मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा: यस्तो रहनेछ आजको मौसम

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ८ शुक्रबार
meteorological-forcasting-d.jpg

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा आफ्नो सरदर स्थानमा रहेको छ।

अहिले देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली रहेको छ भने तराईका क्षेत्रमा आंशिक बदली छ। साथै, कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अहिले हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो पनि हिमाली तथा पहाडी भागमा सामान्यतया बदली र तराईमा आंशिक बदली रहनेछ। हिमाली तथा पहाडी भेगका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यसैगरी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही स्थान तथा कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। महाशाखाका अनुसार लुम्बिनी प्रदेशका पहाडी भाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको छ।

आज राति पनि देशभर सामान्यतया बदली रहने पूर्वानुमान गरिएको छ। रातिको समयमा पनि हिमाली तथा पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना कायम रहनेछ। साथै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थान तथा मधेस प्रदेशका तराईका एक–दुई स्थानमा समेत मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ