नयाँ विधानले कांग्रेसलाई रूपान्तरण र पुस्तान्तरणको दिशामा अघि बढाएको छ : पुष्पा भुषाल [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ७ बिहिबार
323
Shares
काठमाडौँ। नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुषालले पार्टीको नयाँ विधानले कांग्रेसलाई रूपान्तरण र पुस्तान्तरणको दिशामा अघि बढाएको बताएकी छन्।
४४औँ बीपी स्मृति दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।
उनले पार्टी अब नयाँ कार्यशैलीका साथ अघि बढ्न लागेको र विधानको सफल कार्यान्वयन पार्टीका लागि ‘अग्निपरीक्षा’ भएको बताइन्।
उनले पार्टी सभापति गगनकुमार थापाको परिकल्पनाअनुसार पार्टीभित्र ‘इलेक्सन ब्युरो’ गठन गरिएको जानकारी दिइन्। ब्युरोको उपसंयोजकमा पूर्वसहमहामन्त्री तथा केन्द्रीय सदस्य जीवन परियार छन्।
ब्युरोमा सम्बन्धित विषयका विज्ञ केन्द्रीय सदस्यका साथै प्रविधिसँग आबद्ध युवा नेताहरूलाई सदस्यका रूपमा समावेश गरिएको उनले बताइन्।
उपसभापति भुषालले विशेष अधिवेशनबाट पारित नयाँ विधानले कांग्रेसलाई परिवर्तनकारी जीवनशैली र नयाँ कार्यपद्धतिअनुसार अघि बढ्ने आधार तयार गरेको बताइन्।
उनले नयाँ विधान र नवगठित इलेक्सन ब्युरोले पार्टीलाई आधुनिक र प्रविधिमैत्री ढंगले अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन्।