arrow

ज्योतिषीय दृष्टिमा साउन महिना

साउनमा शेयर बजारमा हरियाली, खाद्यान्नमा महँगी र राजनीतिमा नयाँ समीकरणको सम्भावना

यस्तो हुनेछ १२ ओटै राशिवाहकको राशिफल

logo
ज्यो. हरि पन्त,
प्रकाशित २०८३ साउन १ शुक्रबार
monthly-horoscope.jpg

२०८३ श्रावण महिनाको मासिकफल

श्रावण महिनामा ग्रहहरूको स्थिति समग्र रूपमा अनुकूल रहने देखिएको छ। शुक्रबार परेको सौर संक्रान्ति र बुधबारको औंसीको शुभ संयोगले धार्मिक, सामाजिक तथा आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने संकेत मिलेको छ। पर्याप्त वर्षा र बजार व्यवस्थापनमा सहजता आउने भएकाले जनमानसमा केही राहत र उत्साह देखिन सक्छ।

व्यापारिक दृष्टिले गुड, बाजरा, सुठो, नरिवल, सुन तथा चाँदीको मूल्यमा केही गिरावट आउने सम्भावना छ भने रूई, सूती कपडा, खाद्यान्न, खाद्यतेल र इन्धनको मूल्य बढ्न सक्ने योग देखिएको छ। सेयर बजारमा लगानीकर्ताको आत्मविश्वास बढ्दै सकारात्मक वातावरण बन्ने संकेत ग्रहस्थितिले देखाएको छ।

कृषि क्षेत्रमा वर्षेबाली सामान्यतया राम्रो हुने सम्भावना छ। यद्यपि केही स्थानमा वर्षाको असमान वितरण हुन सक्ने संकेत रहे पनि पहिलो सातासहित १७, २४, २५, २६ र ३० गते उल्लेखनीय वर्षा हुने योग रहेको देखिन्छ।

राजनीतिक क्षेत्रमा पनि ग्रहस्थितिले केही महत्वपूर्ण संकेत गरेको छ। सत्तापक्षभित्र मतभेद, जिम्मेवारी हेरफेर वा नयाँ राजनीतिक समझदारीको प्रयास बढ्न सक्छ। प्रमुख दलहरूबीच संवाद र शक्ति सन्तुलनको नयाँ समीकरण बन्ने सम्भावना देखिन्छ। विपक्षी दलहरू सरकारमाथि दबाब बढाउने रणनीतिमा सक्रिय हुन सक्छन् भने केही पुराना विवाद समाधानतर्फ उन्मुख हुने संकेत पनि छ।

सरकारका नीति, प्रशासनिक निर्णय वा मन्त्रिपरिषद् पुनर्गठनजस्ता विषयले चर्चा पाउन सक्ने योग देखिन्छ। यद्यपि यी सबै ज्योतिषीय ग्रहस्थितिका आधारमा गरिएको सामान्य आकलन मात्र हुन्; वास्तविक राजनीतिक घटनाक्रम समसामयिक परिस्थितिले निर्धारण गर्नेछन्।

राशिफल

मेषः मेष राशिका जातकका लागि २०८३ सालको साउन महिना मिश्रित परिणाम दिने देखिन्छ। यस महिनामा सूर्य चौथो भाव अर्थात् कर्कट राशिमा रहने भएकाले परिवार, मानसिक अवस्था तथा घरेलु जिम्मेवारीसँग सम्बन्धित विषयमा विशेष सावधानी अपनाउनुपर्ने संकेत छ। परिवार र पेशागत जिम्मेवारीबीच सन्तुलन कायम गर्न चुनौती आउन सक्छ। मानसिक तनाव बढ्दा बेचैनी, अनिद्रा तथा निर्णय क्षमतामा कमी आउने सम्भावना छ। विशेषगरी आमा वा परिवारका ज्येष्ठ सदस्यको स्वास्थ्यप्रति ध्यान दिनुपर्ने समय रहेको छ।

आत्मविश्वासमा केही कमी महसुस हुन सक्छ। सानातिना कुरामा जिद्दी गर्ने वा आफ्नो अडान नछोड्ने स्वभावले सम्बन्धमा दूरी ल्याउन सक्छ। प्रेम सम्बन्ध तथा वैवाहिक जीवनमा अनावश्यक विवादबाट बच्न संयमता आवश्यक हुनेछ। शनिको प्रभावका कारण आत्मबल कमजोर भएको अनुभूति हुन सक्छ भने अनावश्यक काममा समय र ऊर्जा खर्च हुने सम्भावना पनि देखिन्छ।

घरपरिवारमा सामान्य असमझदारी, घरेलु विवाद वा आफन्तसँग मतभेद हुन सक्छ। विश्वास गरेका व्यक्तिबाट अपेक्षित साथ नपाउँदा मन दुःखी हुन सक्छ। साथीभाइ वा सहकर्मीबाट धोका खाने सम्भावना भएकाले कसैमाथि अत्यधिक भरोसा गर्नु उचित हुनेछैन। निर्णयमा ढिलाइ हुँदा आफ्नो अवसर अरूले उपयोग गर्न सक्ने अवस्था बन्न सक्छ। विद्यार्थीहरूलाई घरेलु वातावरणका कारण पढाइमा केही बाधा आउन सक्छ भने किशोर अवस्थाका व्यक्तिहरूमा लक्ष्यप्रति अन्योल बढ्न सक्छ।
यद्यपि सम्पत्ति, घरजग्गा वा सवारी साधन खरिद गर्न चाहनेका लागि यो महिना अनुकूल देखिन्छ। प्रारम्भमा संघर्ष गर्नुपरे पनि निरन्तर प्रयासले राम्रो उपलब्धि हात पर्नेछ। अरूको भर पर्नुभन्दा आफ्नै सक्रियताले काम अघि बढाउँदा सफलता मिल्नेछ। महिनाको उत्तरार्ध विशेष रूपमा लाभदायक रहने संकेत छ। विद्यार्थीले राम्रो उपलब्धि हासिल गर्नेछन् भने वैदेशिक अध्ययन, रोजगारी वा यात्राका अवसर पनि प्राप्त हुन सक्छन्। विशेषगरी साउन १७ गतेतिर लाभदायक यात्राको योग देखिन्छ।

बुध ग्रहको शुभ प्रभावले नयाँ व्यक्तिसँग परिचय हुने, उपयोगी सम्बन्ध विस्तार हुने तथा नयाँ अवसर प्राप्त हुने सम्भावना छ। शुक्रको प्रभावले भाग्यमा सहयोग पुग्नेछ। मनले सोचेका योजना पूरा हुनेछन्। सन्तानको शिक्षा, व्यक्तित्व विकास वा भविष्यका लागि खर्च बढ्न सक्छ, तर त्यो खर्च लाभदायक नै रहनेछ। पेशागत क्षेत्रमा विद्यार्थी, व्यापारी, उद्यमी, कर्मचारी तथा गृहिणी सबैले आफ्नो मेहनतअनुसार फल प्राप्त गर्ने समय छ। विद्यार्थीले प्रतिस्पर्धात्मक परीक्षा तथा सरकारी वा निजी सेवामा सफलता पाउने सम्भावना बलियो देखिन्छ। व्यापारीको दैनिक आम्दानीमा सुधार आउनेछ। कर्मचारीले प्रशंसा, जिम्मेवारी वृद्धि वा बढुवाको अवसर प्राप्त गर्न सक्छन्। गृहिणीका लागि भ्रमण, नयाँ वस्त्र तथा आभूषण खरिदको योग बनेको छ।

वैदेशिक कार्य, व्यवसाय वा घरबाहिर बसेर गरिने निर्णयहरू लाभदायक रहनेछन्। राजनीति, प्रशासन तथा नोकरीमा प्रतिस्पर्धा बढे पनि मेहनतका साथ सफलता प्राप्त गर्न सकिनेछ। धार्मिक तथा आध्यात्मिक कार्यप्रति आकर्षण बढ्नेछ। आर्थिक अवस्था क्रमशः सुदृढ बन्दै जानेछ। नयाँ कामको सुरुवात गर्ने अवसर पनि प्राप्त हुनेछ। प्रेम सम्बन्धमा नयाँ सम्भावना देखिन्छ, तर आफ्नो योजना र व्यक्तिगत विषयलाई गोप्य राखेर अघि बढ्नु नै बुद्धिमानी हुनेछ।

स्वास्थ्यतर्फ मानसिक तनाव, निद्राको समस्या, छाती, पेट तथा आमाको स्वास्थ्यप्रति विशेष ध्यान दिनु उचित हुनेछ। नियमित व्यायाम, ध्यान र सकारात्मक सोचले धेरै समस्या कम गर्न सहयोग गर्नेछ।

आर्थिक अवस्था सामान्यभन्दा राम्रो रहनेछ। मेहनतअनुसार आम्दानी बढ्नेछ भने घरपरिवार तथा सन्तानका लागि केही अतिरिक्त खर्च हुन सक्छ। सम्पत्ति खरिद वा दीर्घकालीन लगानीका लागि समय सकारात्मक देखिन्छ। प्रेम तथा दाम्पत्य जीवनमा धैर्यता आवश्यक छ। सानो विवादलाई ठूलो बन्न नदिन संवादमा जोड दिनुहोस्। विवाहित व्यक्तिका जीवनसाथीले सम्मान, प्रशंसा वा पेशागत सफलता प्राप्त गर्ने सम्भावना पनि देखिन्छ।

शुभ पक्ष

-सम्पत्ति खरिद तथा लगानीका लागि अनुकूल समय।
-वैदेशिक अवसर तथा लाभदायक यात्राको सम्भावना।
-नयाँ सम्बन्ध र नयाँ अवसर प्राप्त हुने।
-व्यवसाय, जागिर तथा अध्ययनमा मेहनतअनुसार सफलता।
-आर्थिक अवस्थामा सुधार तथा भाग्यको साथ।

सावधानी अपनाउनुपर्ने पक्ष

-परिवारमा अनावश्यक विवादबाट टाढा रहनुहोस्।
-आमाको स्वास्थ्यप्रति विशेष ध्यान दिनुहोस्।
-साथीभाइ वा विश्वास गरेका व्यक्तिमाथि आँखामै चिम्लेर भरोसा नगर्नुहोस्।
-जिद्दीपन र अहंकार त्यागेर निर्णय लिनुहोस्।
-मानसिक तनाव र अनिद्राबाट बच्न जीवनशैली व्यवस्थित राख्नुहोस्।

शुभ अंकः १ र २
शुभ रङ्गः हल्का पहेंलो र रातो

उपायः कुनै शुभ कार्य वा यात्रामा निस्कनुअघि महाकाली माताको स्मरण गर्नु शुभ हुनेछ। भगवान् सिद्धि गणेश तथा हनुमानजीको नियमित उपासना गर्नु लाभदायक रहनेछ। आठमुखे रुद्राक्ष मन्त्रसिद्ध गरी धारण गर्नु वा मुगा रत्न धारण गर्नु पनि शुभ मानिन्छ।

अशुभ चन्द्रमा रहने मितिः साउन ६, ७, ८, १५, १६, १७, २४ र २५ गते विशेष सावधानी अपनाउनुहोस्।

समग्र मूल्याङ्कनः साउन महिना मेष राशिका लागि संघर्ष र अवसर दुवै लिएर आउनेछ। धैर्य, संयम, परिश्रम र सही निर्णयका साथ अघि बढ्न सक्नुभयो भने चुनौतीलाई अवसरमा बदल्न सफल हुनुहुनेछ। समग्रमा यो महिना करिब ६० प्रतिशत शुभफलदायी रहने देखिन्छ।

वृषः वृष राशिका जातकका लागि २०८३ सालको साउन महिना समग्रमा शुभ, प्रगतिशील र उपलब्धिमूलक रहने देखिन्छ। यस अवधिभर सूर्य तेस्रो भावमा रहने भएकाले साहस, आत्मविश्वास, पराक्रम र कार्यक्षमतामा उल्लेखनीय वृद्धि हुनेछ। रोकिएका कामहरू अघि बढ्नेछन् भने नयाँ अवसरहरू प्राप्त हुने सम्भावना पनि बलियो छ। आफ्नो प्रयास र लगनशीलताले भविष्यका लागि मजबुत आधार तयार गर्न सकिने समय हो।

व्यवसाय, जागिर वा पेशागत क्षेत्रमा सकारात्मक परिवर्तन आउने संकेत छ। एकभन्दा बढी अवसर प्राप्त हुन सक्छन्, जसले आर्थिक तथा व्यावसायिक उन्नतिमा सहयोग पु¥याउनेछ। आफ्नो मेहनतअनुसार उचित प्रतिफल प्राप्त हुनेछ। प्रतिष्ठित तथा प्रभावशाली व्यक्तिहरूको साथ र सहयोग मिल्नाले नयाँ योजना सफलतापूर्वक कार्यान्वयन गर्न सकिनेछ।

शुक्र ग्रहको शुभ प्रभावले लामो समयदेखि मनमा रहेका इच्छा, लक्ष्य र आकांक्षाहरू पूरा हुने सम्भावना छ। आकस्मिक धनलाभको योग पनि देखिन्छ। आर्थिक अवस्था क्रमशः सुदृढ बन्दै जानेछ। उद्योग, व्यापार तथा लगानीका क्षेत्रमा राम्रो प्रगति हुनेछ। व्यापारीहरूका लागि सही स्थानमा लगानी गर्ने तथा भविष्य सुरक्षित बनाउने अवसर प्राप्त हुनेछ।

विद्यार्थीका लागि यो महिना उत्साहजनक रहनेछ। अध्ययनमा राम्रो उपलब्धि हासिल हुनेछ। प्रतिस्पर्धात्मक परीक्षा, उच्च शिक्षा वा वैदेशिक अध्ययनका लागि प्रयासरत विद्यार्थीले सकारात्मक समाचार प्राप्त गर्न सक्छन्। यद्यपि महिनाको उत्तरार्धमा राहु र केतुको प्रभावका कारण केही विद्यार्थीमा लक्ष्यप्रति अन्योल, अत्यधिक महत्वाकांक्षा वा प्रेम सम्बन्धतर्फ आकर्षण बढ्न सक्ने भएकाले पढाइमा विशेष ध्यान दिन आवश्यक हुनेछ।

गृहिणीका लागि आम्दानीका नयाँ स्रोत खुल्ने, घरपरिवारमा सुख–सुविधा बढ्ने तथा नयाँ जग्गा–जमिन वा सम्पत्ति जोड्ने सम्भावना देखिन्छ। जीवनसाथीको कार्यक्षेत्रमा प्रगति वा सम्मान प्राप्त हुन सक्छ। कर्मचारीले आफूले चाहेको जिम्मेवारी प्राप्त गर्नुका साथै बढुवा वा नयाँ अवसरको लाभ लिन सक्नेछन्।

महिनाको उत्तरार्ध विशेष रूपमा घरायसी सुख, अचल सम्पत्ति, सवारी साधन तथा पारिवारिक सुविधामा वृद्धि हुने समय रहनेछ। नयाँ घर, जग्गा वा सवारी खरिद गर्ने योजना सफल हुन सक्छ। वैदेशिक कार्य, व्यापार वा बाहिरी सम्बन्धबाट पनि लाभ मिल्ने सम्भावना देखिन्छ।  यद्यपि सबै पक्ष अनुकूल मात्र रहने छैनन्। अत्यधिक कामको चापका कारण शारीरिक थकान वा स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ। यात्राका क्रममा केही असहज परिस्थिति आउन सक्छन्, त्यसैले सावधानी अपनाउनु उचित हुनेछ। शनिको प्रभावले खर्च बढ्ने तथा अनावश्यक आर्थिक भार थपिने सम्भावना छ। गोप्य कारोबार, जोखिमपूर्ण लगानी वा हतारमा गरिएका निर्णयले आर्थिक नोक्सानी गराउन सक्छन्।

साथीभाइ वा निकटका व्यक्तिसँग सामान्य असमझदारी उत्पन्न हुन सक्छ। आफ्नो जिद्दी स्वभाव वा हठका कारण सम्बन्धमा दूरी आउन सक्ने भएकाले संवादमा संयम अपनाउनु आवश्यक छ। बोल्दा सोचविचार गरेर बोल्नुहोस्, किनकि तपाईंका कमजोरीको फाइदा उठाउने व्यक्तिहरू सक्रिय हुन सक्छन्। महिनाको उत्तरार्धमा मानसिक तनाव केही बढ्न सक्छ र नजिकका व्यक्तिबाट अपेक्षित सहयोग नपाउँदा निराशा महसुस हुन सक्छ।

विशेषगरी साउन २२ गते सामाजिक, राजनीतिक वा सार्वजनिक कार्यमा केही अवरोध आउन सक्ने संकेत देखिन्छ। व्यवसायमा सामान्य नोक्सानी वा महत्वपूर्ण अवसर गुम्ने सम्भावना भएकाले हरेक निर्णय सोचविचार गरेर लिनु उचित हुनेछ। घरेलु विवाद वा पारिवारिक तनावले काममा असर गर्न सक्ने भएकाले आवश्यक परे केही समय घरबाहिर बसेर महत्वपूर्ण काम सम्पन्न गर्नु लाभदायक हुन सक्छ। स्वास्थ्यतर्फ समग्र अवस्था राम्रो रहनेछ। तर अत्यधिक परिश्रम, मानसिक तनाव र अनियमित जीवनशैलीका कारण थकान, निद्राको समस्या वा सानातिना स्वास्थ्य समस्या देखिन सक्छन्। नियमित आराम र सन्तुलित आहारमा ध्यान दिनु लाभदायक हुनेछ।

आर्थिक अवस्था निकै सकारात्मक रहनेछ। आम्दानीका नयाँ स्रोत खुल्ने, लगानीबाट लाभ प्राप्त हुने तथा आकस्मिक धनलाभको सम्भावना पनि बलियो देखिन्छ। तर अनावश्यक खर्च नियन्त्रण गर्नु बुद्धिमानी हुनेछ। प्रेम तथा दाम्पत्य जीवनमा सामान्य उतारचढाव देखिए पनि आपसी विश्वास र समझदारी कायम राख्न सक्नुभयो भने सम्बन्ध अझ मजबुत बन्नेछ। अविवाहित व्यक्तिका लागि नयाँ सम्बन्ध सुरु हुने सम्भावना पनि देखिन्छ।

शुभ पक्ष

-व्यवसाय, जागिर र पेशागत क्षेत्रमा उल्लेखनीय प्रगति।
-नयाँ अवसर तथा आकस्मिक धनलाभको सम्भावना।
-अध्ययन, प्रतिस्पर्धा तथा वैदेशिक कार्यमा सफलता।
-सम्पत्ति, सवारी साधन तथा घरायसी सुख–सुविधामा वृद्धि।
-प्रतिष्ठा, मान–सम्मान र सामाजिक प्रभाव बढ्ने।

सावधानी अपनाउनुपर्ने पक्ष

-अत्यधिक परिश्रमका कारण स्वास्थ्यमा असर पर्न नदिनुहोस्।
-खर्च र जोखिमपूर्ण लगानीमा नियन्त्रण गर्नुहोस्।
-साथीभाइ तथा नजिकका व्यक्तिसँग अनावश्यक विवाद नगर्नुहोस्।
-महत्वाकांक्षा र भ्रममा परेर गलत निर्णय नलिनुहोस्।
-बोल्दा संयमता अपनाउनुहोस् र गोपनीय विषय सुरक्षित राख्नुहोस्।

शुभ अंकः २ र ७
शुभ रङ्गः सेतो

उपायः कुनै शुभ कार्य वा यात्रामा निस्कनुअघि भगवान् महादेवको आराधना गर्नु शुभ हुनेछ। शनिग्रहको बीजमन्त्रको नियमित जाप गर्नु लाभदायक रहनेछ। आफ्नो जन्मकुण्डलीअनुसार नीलम, नीली वा जामुनिया रत्न धारण गर्न सकिन्छ।
अशुभ चन्द्रमा रहने मितिः साउन ८, ९, १०, १७, १८, १९, २६, २७ र २८ गते विशेष सावधानी अपनाउनुहोस्।

समग्र मूल्याङ्कनः साउन महिना वृष राशिका लागि अवसर, उन्नति र उपलब्धिको महिना रहनेछ। मेहनत, धैर्य र विवेकका साथ अघि बढ्न सक्नुभयो भने आर्थिक, सामाजिक तथा पेशागत क्षेत्रमा उल्लेखनीय सफलता प्राप्त हुनेछ। समग्रमा यो महिना करिब ७० प्रतिशत शुभफलदायी रहने देखिन्छ।

मिथुन: मिथुन राशिका जातकका लागि २०८३ सालको साउन महिना मिश्रित तर उपलब्धिमूलक रहने देखिन्छ। यस महिनाभर सूर्य दोस्रो भावमा रहने भएकाले आर्थिक योजना, पारिवारिक सम्बन्ध, बोलीको प्रभाव र पेशागत जिम्मेवारीमा विशेष प्रभाव पर्नेछ। कार्यस्थलमा ऊर्जा, उत्साह र नेतृत्व क्षमता बढ्नेछ। पदोन्नति, तलब वृद्धि वा नयाँ जिम्मेवारी प्राप्त गर्ने सम्भावना बलियो देखिन्छ। आफ्नो अनुभव र ज्ञानलाई व्यवहारमा उतार्न सक्नुभयो भने उल्लेखनीय सफलता प्राप्त गर्न सक्नुहुनेछ। यस महिना दीर्घकालीन लक्ष्यका लागि बचत र लगानी गर्ने सोच बलियो बन्नेछ। भौतिक सुख–सुविधामा वृद्धि हुनेछ भने मेहनतअनुसार उपलब्धि पनि प्राप्त हुनेछ। विद्यार्थीले अध्ययनमा राम्रो नतिजा हासिल गर्नेछन्। परीक्षाको परिणाम पर्खिरहेका विद्यार्थीले आफ्नो मेहनतअनुसार सकारात्मक समाचार प्राप्त गर्न सक्नेछन्। प्रेम र मित्रताको सम्बन्ध अझ सुदृढ बन्ने संकेत पनि देखिन्छ।

नोकरी तथा पेशागत क्षेत्रमा समग्र परिणाम सन्तोषजनक रहनेछ। व्यापारीको आम्दानी स्थिर रहनेछ, यद्यपि बजारमा सामान्य मन्दीको प्रभाव महसुस हुन सक्छ। गृहिणीले दैनिक जिम्मेवारीलाई व्यवस्थित रूपमा पूरा गर्दै पारिवारिक वातावरण सन्तुलित राख्न सफल हुनेछन्। कला, साहित्य, गायन तथा वक्तृत्वसँग सम्बन्धित व्यक्तिहरूको प्रभाव र लोकप्रियता पनि बढ्ने सम्भावना छ।

यद्यपि आर्थिक पक्षमा सावधानी आवश्यक देखिन्छ। धन सञ्चय गर्ने इच्छा बलियो भए पनि अपेक्षाअनुसार लाभ नहुन सक्छ। अत्यधिक महत्वाकांक्षा राख्दा निराशा हात लाग्न सक्छ। घरपरिवारमा सामान्य विवाद, असमझदारी वा भावनात्मक तनाव बढ्न सक्ने भएकाले धैर्य र समझदारीका साथ अघि बढ्नु उचित हुनेछ। प्रेम तथा दाम्पत्य जीवनमा पनि सानो विषयलाई ठूलो विवाद बन्न नदिन संवादमा विशेष ध्यान दिनु आवश्यक छ।

स्वास्थ्यतर्फ आँखा, मुख तथा घाँटीसम्बन्धी समस्या देखिन सक्ने सम्भावना छ। बोलीमा संयम अपनाउनु अत्यन्त आवश्यक हुनेछ, किनकि हतारमा बोलेका शब्दले सम्बन्ध बिगार्न सक्छन्। मनले सोचेको उपलब्धि प्राप्त गर्न सामान्यभन्दा बढी मेहनत गर्नुपर्ने अवस्था देखिन्छ। यो समयमा पेशा वा व्यवसाय परिवर्तन गर्ने निर्णय हतारमा नगर्नु नै राम्रो हुनेछ। घरजग्गा खरिद–बिक्री वा दीर्घकालीन सम्पत्ति सम्बन्धी निर्णय केही समयका लागि स्थगित गर्नु लाभदायक देखिन्छ।

कर्मचारी, सामाजिक अभियन्ता, राजनीतिज्ञ तथा सार्वजनिक क्षेत्रमा कार्यरत व्यक्तिहरूले विशेष सावधानी अपनाउनुपर्ने समय छ। राशिस्वामी बुध बक्र अवस्थामा रहेकाले सानो लापरबाहीले पनि ठूलो समस्या निम्त्याउन सक्छ। कुनै पनि निर्णय भावनामा बहिएर होइन, गहिरो सोचविचार गरेर लिनु बुद्धिमानी हुनेछ। झूटा प्रतिष्ठा, अहंकार वा हठी स्वभावले आफैंलाई अप्ठ्यारोमा पार्न सक्छ। पूर्वजको सम्पत्ति वा पारिवारिक सम्पत्तिका विषयमा विवाद उत्पन्न हुन सक्ने सम्भावना पनि देखिन्छ। व्यवसायमा ठूलो लाभ नभए पनि नियमित आम्दानी कायम रहनेछ। साझेदारीमा काम गर्दा पारदर्शिता अपनाउनु आवश्यक हुनेछ। सम्बन्धलाई दीर्घकालीन बनाउन जीवनसाथी वा प्रेमी–प्रेमिकाको भावनालाई सम्मान गर्नु नै सफलता प्राप्त गर्ने मुख्य आधार बन्नेछ। स्वास्थ्यतर्फ आँखा, मुख, घाँटी तथा मानसिक तनावप्रति विशेष ध्यान दिनुहोस्। नियमित आराम, सन्तुलित आहार र सकारात्मक सोचले स्वास्थ्यलाई सन्तुलित राख्न मद्दत गर्नेछ।

आर्थिक अवस्था सामान्य रहनेछ। बचत गर्ने अवसर भए पनि ठूलो आर्थिक लाभको अपेक्षा नगर्नु राम्रो हुनेछ। दीर्घकालीन लगानी सोचविचार गरेर मात्र गर्नुहोस्। प्रेम तथा दाम्पत्य जीवनमा समझदारी, सम्मान र धैर्यको आवश्यकता रहनेछ। सानो विवादलाई समयमै समाधान गर्न सक्नुभयो भने सम्बन्ध अझ मजबुत बन्नेछ।

शुभ पक्ष

-पदोन्नति वा तलब वृद्धि हुने सम्भावना।
-अध्ययन, परीक्षा तथा बौद्धिक क्षेत्रमा सफलता।
-नेतृत्व क्षमता र कार्यकुशलतामा वृद्धि।
-प्रेम र मित्रताको सम्बन्ध सुदृढ बन्ने।
-कला, साहित्य तथा बोलीको प्रभाव बढ्ने।

सावधानी अपनाउनुपर्ने पक्ष

-बोलीमा संयमता अपनाउनुहोस्।
-पारिवारिक विवादलाई बढ्न नदिनुहोस्।
-पेशा, व्यवसाय वा सम्पत्ति सम्बन्धी ठूलो निर्णय हतारमा नगर्नुहोस्।
-अत्यधिक महत्वाकांक्षा र झूटा प्रतिष्ठाबाट टाढा रहनुहोस्।
-आँखा, मुख तथा स्वास्थ्यप्रति विशेष ध्यान दिनुहोस्।

शुभ अंकः ३ र ८
शुभ रङ्गः हरियो र सेतो

उपायः कुनै शुभ कार्य वा यात्रामा निस्कनुअघि विघ्नहर्ता भगवान् गणेशको पूजा–आराधना गर्नु शुभ हुनेछ। दुर्गा सप्तशती (चण्डी पाठ) श्रवण वा पाठ गर्नु तथा कुनै कन्यालाई रातो वस्त्र दान गर्नु लाभदायक मानिन्छ। यस महिनामा आचरणको शुद्धता, सत्यवादिता र विनम्रतालाई विशेष महत्व दिनुहोस्। अशुभ चन्द्रमा रहने मितिः साउन १, २, ३, ११, १२, १९, २०, २१, २८, २९ र ३० गते विशेष सावधानी अपनाउनुहोस्।

समग्र मूल्याङ्कनः साउन महिना मिथुन राशिका लागि मेहनत, संयम र विवेकको परीक्षा लिने समय हुनेछ। धैर्यपूर्वक अघि बढ्न सक्नुभयो भने करियर, शिक्षा, सम्बन्ध र आर्थिक क्षेत्रमा सन्तोषजनक उपलब्धि हासिल गर्न सक्नुहुनेछ। समग्रमा यो महिना करिब ६५ प्रतिशत शुभफलदायी रहने देखिन्छ।

कर्कट: कर्कट राशिका जातकका लागि २०८३ सालको साउन महिना अवसर, उपलब्धि र आत्मविश्वास वृद्धि गर्ने समय रहने देखिन्छ। यस महिनामा सूर्य आफ्नै राशिमा रहने भएकाले नेतृत्व क्षमता, व्यक्तित्व, आत्मबल र निर्णय गर्ने क्षमता उल्लेखनीय रूपमा बढ्नेछ। तपाईंको दृढ इच्छाशक्ति र मेहनतले पेशागत जीवनमा सफलता दिलाउनेछ। न्यायप्रिय स्वभाव र सकारात्मक सोचका कारण समाज तथा कार्यक्षेत्रमा सम्मान र प्रतिष्ठा बढ्ने संकेत छ।

विद्यार्थीका लागि यो महिना निकै उत्साहजनक रहनेछ। अध्ययनमा एकाग्रता बढ्नेछ र सही लक्ष्य निर्धारण गर्न सजिलो हुनेछ। प्रतिस्पर्धात्मक परीक्षा, उच्च शिक्षा वा नयाँ शैक्षिक अवसरका लागि प्रयास गर्नेहरूले राम्रो परिणाम प्राप्त गर्न सक्नेछन्। प्रेम सम्बन्ध सुरु गर्न चाहनेहरूका लागि पनि समय अनुकूल देखिन्छ। राजनीतिमा सक्रिय व्यक्तिहरूले पद, प्रतिष्ठा वा प्रभाव विस्तार गर्ने अवसर पाउन सक्छन्।

धन सञ्चय, दीर्घकालीन लगानी तथा आर्थिक योजना बनाउन यो महिना राम्रो रहनेछ। वैदेशिक कार्य, व्यापार वा विदेशसँग सम्बन्धित योजनामा अरूको सहयोग प्राप्त हुनेछ। मेहनतअनुसार राम्रो आम्दानी हुने सम्भावना छ। अधुरा काम पूरा हुने, नयाँ काम सुरु हुने तथा व्यापार विस्तार गर्ने अवसर पनि प्राप्त हुनेछ। धार्मिक यात्रा, सामाजिक भेटघाट तथा प्रतिष्ठित व्यक्तिसँग सम्बन्ध विस्तार गर्ने योग बनेको छ।

व्यापारीले कारोबार विस्तार गर्न सफल हुनेछन् भने कर्मचारीले आफ्नो दक्षता प्रदर्शन गर्दै प्रशंसा, जिम्मेवारी वृद्धि वा बढुवाको अवसर प्राप्त गर्न सक्छन्। जीवनसाथीको कार्यक्षेत्रमा सम्मान र प्रगति हुने संकेत छ। पुराना आर्थिक लेनदेन मिल्ने, चलअचल सम्पत्ति जोड्ने तथा परिवारको आर्थिक अवस्था मजबुत बनाउने समय पनि यही हो। सन्तानले पनि शिक्षा वा पेशागत क्षेत्रमा राम्रो उपलब्धि हासिल गर्न सक्नेछन्।

यद्यपि महिनाभर सबै कुरा सहज मात्र रहने छैन। परिवारमा अहंकार, जिद्दीपन वा बोलीको असावधानीका कारण अनावश्यक विवाद उत्पन्न हुन सक्छ। त्यसैले कुनै पनि विषयमा प्रतिक्रिया दिनुअघि राम्रोसँग सोच्नु बुद्धिमानी हुनेछ। जटिल वा जोखिमपूर्ण काममा हतार नगर्नुहोस्। महिनाको उत्तरार्धमा पहिले छुटेका अवसर पुनः प्राप्त हुने सम्भावना रहे पनि धैर्य आवश्यक हुनेछ। बलभन्दा बुद्धि, संयम र रणनीतिक सोचले सफलता दिलाउनेछ।

बृहस्पति र शनि ग्रहको प्रतिकूल प्रभावका कारण आफन्तबाट अपेक्षित सहयोग नपाउँदा मन खिन्न हुन सक्छ। निर्णय लिन अन्योल उत्पन्न हुने भएकाले अनुभवी व्यक्तिको सल्लाह लिएर मात्र महत्वपूर्ण निर्णय गर्नु उचित हुनेछ। जागिर वा व्यवसायमा सामान्य उतारचढाव आए पनि धैर्यका साथ अघि बढ्न सक्नुभयो भने परिस्थितिमा सुधार आउनेछ। तपाईंका केही निर्णय परिवारका सदस्य वा कुटुम्बलाई मन नपर्न सक्छन्, त्यसैले पारिवारिक समन्वयमा विशेष ध्यान दिनुहोस्।

महिनाभर जीवनसाथीको स्वास्थ्यप्रति सचेत रहनु आवश्यक छ। धनमाल हराउने, चोरी हुने वा बहुमूल्य वस्तु गुम्ने सम्भावना देखिएकाले आर्थिक तथा व्यक्तिगत सुरक्षामा लापरबाही नगर्नुहोस्।

स्वास्थ्यतर्फ समग्र अवस्था सामान्य रहनेछ। तर मानसिक तनाव, निर्णयको दबाब तथा जीवनसाथीको स्वास्थ्यले चिन्ता बढाउन सक्छ। नियमित आराम र सकारात्मक सोचले लाभ पु¥याउनेछ।

आर्थिक अवस्था राम्रो रहनेछ। धन सञ्चय, लगानी तथा पुराना आर्थिक विषय समाधान हुने सम्भावना छ। तर बहुमूल्य वस्तु र नगदको सुरक्षामा विशेष ध्यान दिनुहोस्।

प्रेम तथा दाम्पत्य जीवनमा सम्बन्ध सुदृढ बन्ने अवसर भए पनि अहंकार र असमझदारीले विवाद निम्त्याउन सक्छ। आपसी सम्मान र संवादलाई प्राथमिकता दिनु आवश्यक हुनेछ।

शुभ पक्ष

-नेतृत्व क्षमता र व्यक्तित्वमा वृद्धि।
-व्यापार, जागिर तथा राजनीतिमा सफलता।
-धन सञ्चय, दीर्घकालीन लगानी र सम्पत्ति प्राप्तिको योग।
-वैदेशिक कार्य तथा धार्मिक यात्रामा लाभ।
-जीवनसाथी र सन्तानको प्रगति तथा परिवारमा शुभ समाचार।

सावधानी अपनाउनुपर्ने पक्ष

-बोल्दा संयम अपनाउनुहोस्।
-परिवारमा अहंकार वा जिद्दीपनबाट टाढा रहनुहोस्।
-महत्वपूर्ण निर्णय हतारमा नगर्नुहोस्।
-जीवनसाथीको स्वास्थ्यप्रति ध्यान दिनुहोस्।
-धनमाल, कागजात तथा बहुमूल्य वस्तुको सुरक्षा गर्नुहोस्।

शुभ अंकः ५ र ९
शुभ रङ्गः सेतो र रातो

उपायः कुनै शुभ कार्य वा यात्रामा निस्कनुअघि सूर्यदेवको आराधना गर्नु लाभदायक हुनेछ। प्रत्येक बिहीबार गाईलाई पाकेको फल खुवाउनु शुभ मानिन्छ। नित्य पूजा पश्चात् पहेँलो, केशरी वा अष्टगन्धको टीका लगाउनु तथा इष्टदेवताको नियमित आराधना गर्नु शुभफलदायी रहनेछ। अशुभ चन्द्रमा रहने मितिः साउन ३, ४, ५, १३, १४, १५, २१, २२, २३ र ३१ गते विशेष सावधानी अपनाउनुहोस्।

समग्र मूल्याङ्कनः साउन महिना कर्कट राशिका लागि प्रगति, सम्मान र अवसरको महिना भए पनि धैर्य, संयम र विवेकको परीक्षा पनि हुनेछ। सही निर्णय, सकारात्मक सोच र निरन्तर मेहनतका साथ अघि बढ्न सक्नुभयो भने अधिकांश लक्ष्य हासिल गर्न सफल हुनुहुनेछ। समग्रमा यो महिना करिब ६० प्रतिशत शुभफलदायी रहने देखिन्छ।

सिंह: सिंह राशिका जातकका लागि २०८३ सालको साउन महिना मिश्रित फलदायी रहने देखिन्छ। यस महिनामा सूर्य द्वादश भावमा रहने भएकाले सफलता प्राप्त गर्न सामान्यभन्दा बढी मेहनत गर्नुपर्ने अवस्था रहनेछ। यद्यपि विदेश, बहुराष्ट्रिय कम्पनी, निर्यात-आयात तथा अन्तर्राष्ट्रिय कारोबारसँग सम्बन्धित व्यक्तिहरूका लागि यो गोचर विशेष लाभदायक रहनेछ। लामो दूरीको पेशागत यात्रा हुने सम्भावना छ, जसले भविष्यमा करियर र व्यवसाय विस्तारका नयाँ अवसर प्रदान गर्न सक्छ।

कडा परिश्रम र लगनशीलताका कारण व्यापार तथा पेशागत क्षेत्रमा उल्लेखनीय प्रगति हुनेछ। लगानीबाट राम्रो प्रतिफल प्राप्त हुने सम्भावना छ। नयाँ योजना, नयाँ काम तथा रचनात्मक प्रयासमा सफलता मिल्ने संकेत देखिन्छ। अध्ययन, अनुसन्धान तथा बौद्धिक क्षेत्रमा संलग्न विद्यार्थीले राम्रो उपलब्धि हासिल गर्न सक्नेछन्। मेहनतअनुसार सम्मान, प्रतिष्ठा तथा आर्थिक लाभ प्राप्त हुने समय रहेको छ।

नोकरी, प्रशासन, राजनीति तथा नेतृत्वदायी भूमिकामा रहेका व्यक्तिहरूका लागि पनि अवसरको महिना रहनेछ। आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ। आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ। धार्मिक तथा सामाजिक कार्यमा सहभागी हुँदा मानसिक शान्ति र सकारात्मक ऊर्जा प्राप्त हुनेछ। दाजुभाइ तथा दिदीबहिनीको प्रगतिको समाचारले पनि मन प्रसन्न रहनेछ। महिनाको उत्तरार्धमा प्रेम सम्बन्धमा सुधार आउने तथा अविवाहित व्यक्तिका लागि नयाँ सम्बन्धको सम्भावना देखिन्छ। परिवार र कुटुम्बबाट आवश्यक सहयोग पनि प्राप्त हुनेछ।

यद्यपि यस महिनामा खर्च नियन्त्रण गर्नु अत्यन्त आवश्यक देखिन्छ। अनावश्यक खर्चले आर्थिक दबाब सिर्जना गर्न सक्छ। प्रेम सम्बन्ध बलियो रहने संकेत भए पनि विवाहित जीवनमा सानो विषयले विवाद निम्त्याउन सक्छ। कानुनी विषय, सरकारी प्रक्रिया वा नियमविपरीत कार्यबाट टाढा रहनु बुद्धिमानी हुनेछ। कुनै पनि विवादास्पद वा जोखिमपूर्ण काममा संलग्न नहुनु राम्रो हुनेछ।

सूर्य द्वादश भावमा रहेकाले महिनाभर मानसिक तनाव, अनावश्यक दौडधुप तथा केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ने हुन सक्छ। सहयोग गर्ने नाममा तपाईंका कमजोरीको फाइदा उठाउने व्यक्तिहरू पनि सक्रिय हुन सक्छन्। त्यसैले आफ्नो योजना र व्यक्तिगत विषय गोप्य राख्नु उपयुक्त हुनेछ। आवेग, क्रोध र हतारमा गरिएको निर्णयले पछुतो निम्त्याउन सक्छ। धैर्य र विवेकका साथ अघि बढ्नु नै सफलता प्राप्त गर्ने मुख्य उपाय हुनेछ।

स्वास्थ्यतर्फ विशेष सावधानी आवश्यक छ। अत्यधिक कामको चाप, मानसिक तनाव वा अनियमित जीवनशैलीका कारण स्वास्थ्यमा समस्या देखिन सक्छ। पानीजन्य जोखिम, यात्रा तथा प्राकृतिक विपत्तिसम्बन्धी विषयमा पनि सजग रहनु उचित हुनेछ। कर्मचारी वर्गले स्वास्थ्यका कारण केही महत्वपूर्ण अवसर गुमाउन सक्ने भएकाले नियमित स्वास्थ्य परीक्षण र आराममा ध्यान दिनु लाभदायक हुनेछ।

यस महिनामा तपाईंले अरूका लागि धेरै काम गर्नुपर्ने अवस्था आउन सक्छ, तर त्यसको उचित सम्मान वा श्रेय नपाउने सम्भावना पनि देखिन्छ। विश्वास गरेका व्यक्तिबाट धोका, झूटा आरोप वा गोपनीय विषय सार्वजनिक हुने जोखिम भएकाले व्यक्तिगत तथा आर्थिक विषयमा विशेष सावधानी अपनाउनु आवश्यक हुनेछ।

स्वास्थ्यतर्फ मानसिक तनाव, थकान तथा रक्तचाप, टाउको वा आँखासम्बन्धी समस्या देखिन सक्ने सम्भावना छ। नियमित व्यायाम, पर्याप्त आराम र सकारात्मक सोचले लाभ पु¥याउनेछ।

आर्थिक अवस्था मेहनतअनुसार आम्दानी हुने भए पनि खर्चको मात्रा पनि बढ्न सक्छ। अनावश्यक खर्च नियन्त्रण गर्नु र दीर्घकालीन योजना बनाएर लगानी गर्नु उचित हुनेछ।

प्रेम तथा दाम्पत्य जीवनमा अविवाहित व्यक्तिका लागि नयाँ सम्बन्धको सम्भावना छ। विवाहित जीवनमा भने संवाद र आपसी समझदारी कायम राख्न सके सम्बन्ध सुदृढ रहनेछ।

शुभ पक्ष

-विदेश, बहुराष्ट्रिय कम्पनी तथा निर्यात–आयात क्षेत्रमा सफलता।
-व्यापार, लगानी र करियरमा प्रगति।
-अध्ययन तथा बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि।
-सम्मान, प्रतिष्ठा तथा नयाँ अवसर प्राप्त हुने।
-आध्यात्मिक तथा धार्मिक गतिविधिबाट मानसिक शान्ति।

सावधानी अपनाउनुपर्ने पक्ष

-अनावश्यक खर्च नियन्त्रण गर्नुहोस्।
-कानूनी विवाद तथा जोखिमपूर्ण कामबाट टाढा रहनुहोस्।
-आवेग, क्रोध र अहंकारलाई नियन्त्रण गर्नुहोस्।
-स्वास्थ्य र यात्रामा विशेष सावधानी अपनाउनुहोस्।
-गोपनीय विषय सुरक्षित राख्नुहोस् र विश्वास गर्दा विवेक अपनाउनुहोस्।

शुभ अंकः १ र ५
शुभ रङ्गः सेतो र रातो

उपायः कुनै शुभ कार्य वा यात्रामा निस्कनुअघि भगवान् हनुमानको आराधना गर्नु अत्यन्त शुभ हुनेछ। दैनिक सूर्यनारायणलाई अर्घ्य अर्पण गर्नु तथा विद्यालयमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री दान गर्नु विशेष फलदायी मानिन्छ। यसले सूर्य र मङ्गल ग्रहको शुभ प्रभाव बढाउन सहयोग गर्नेछ। अशुभ चन्द्रमा रहने मितिः साउन ६, ७, ८, १५, १६, १७, २४ र २५ गते विशेष सावधानी अपनाउनुहोस्।

समग्र मूल्याङ्कनः साउन महिना सिंह राशिका लागि मेहनत, धैर्य र विवेकको परीक्षा लिने समय हुनेछ। खर्च, स्वास्थ्य र सम्बन्धमा सावधानी अपनाउँदै निरन्तर प्रयास गर्न सक्नुभयो भने करियर, व्यापार र सम्मानका क्षेत्रमा राम्रो उपलब्धि हासिल गर्न सक्नुहुनेछ। समग्रमा यो महिना करिब ५० प्रतिशत शुभफलदायी रहने देखिन्छ।

कन्या: कन्या राशिका जातकका लागि २०८३ सालको साउन महिना वर्षकै उत्कृष्ट महिनामध्ये एक रहने देखिन्छ। यस अवधिमा सूर्य लाभ भाव अर्थात् एघारौं स्थानमा रहने भएकाले आय, प्रतिष्ठा, सामाजिक सम्बन्ध तथा मनोकामना पूरा हुने बलियो सम्भावना छ। लामो समयदेखि देखेका सपना साकार हुने, नयाँ अवसर प्राप्त हुने तथा आर्थिक उन्नति हुने संकेत ग्रहयोगले देखाएको छ।

यस महिना पदोन्नति, सम्मान तथा नयाँ जिम्मेवारी प्राप्त गर्ने सम्भावना बलियो रहेको छ। नोकरी, व्यवसाय, राजनीति तथा सामाजिक क्षेत्रमा तपाईंको प्रभाव बढ्नेछ। मेहनत र लगनशीलताले सफलता दिलाउनेछ भने प्रतिष्ठित व्यक्तिहरूसँग सम्बन्ध विस्तार भएर भविष्यका लागि नयाँ ढोका खुल्नेछन्। एकभन्दा बढी काम वा परियोजनामा संलग्न हुने अवसर प्राप्त हुनेछ।

आर्थिक दृष्टिले पनि साउन निकै लाभदायक रहनेछ। आम्दानीका नयाँ स्रोत खुल्नेछन्। दीर्घकालीन लगानीका लागि समय अनुकूल छ। शेयर बजार वा अन्य जोखिमयुक्त लगानीबाट पनि उचित प्रतिफल प्राप्त हुने सम्भावना देखिन्छ, तर निर्णय भने विवेकका साथ लिनु आवश्यक हुनेछ। आफन्त वा परिवारबाट आर्थिक सहयोग तथा लाभ प्राप्त हुन सक्छ। घर, जग्गा, सवारी साधन वा अन्य भौतिक सम्पत्ति जोड्ने अवसर पनि मिल्नेछ।

विद्यार्थीका लागि यो महिना विशेष उत्साहजनक रहनेछ। बृहस्पतिको शुभ प्रभावले अपेक्षाभन्दा राम्रो नतिजा प्राप्त हुने सम्भावना छ। छात्रवृत्ति, पुरस्कार, अनुसन्धान, प्रतिस्पर्धात्मक परीक्षा वा उच्च शिक्षासम्बन्धी प्रयास सफल हुन सक्छन्। बौद्धिक क्षमता, बोलीको प्रभाव तथा सिर्जनात्मक सोच बढ्ने भएकाले अध्ययन र अनुसन्धानमा उल्लेखनीय उपलब्धि हासिल गर्न सकिनेछ।

व्यापारीले कारोबार विस्तार गर्न सफल हुनेछन् भने कर्मचारीले पदोन्नति, प्रशंसा वा नयाँ जिम्मेवारी प्राप्त गर्न सक्नेछन्। समाजसेवा, परोपकार तथा सेवामूलक कार्यमा सहभागी हुँदा प्रतिष्ठा र लोकप्रियता बढ्नेछ। यात्राको अवसर मिल्नेछ र त्यसबाट पनि लाभ प्राप्त हुने सम्भावना देखिन्छ। साउन महिना तपाईंका इच्छा, आकांक्षा र दीर्घकालीन योजनालाई मूर्त रूप दिने समय बन्न सक्छ।

यद्यपि ग्रहयोग पूर्ण रूपमा चुनौतीरहित भने छैन। शनिको प्रभावका कारण खर्च बढ्न सक्छ। अनावश्यक विवाद, प्रतिस्पर्धा वा शत्रुपक्षको सक्रियताले मानसिक तनाव बढाउन सक्छ। त्यसैले आफ्नो योजना, आर्थिक निर्णय तथा व्यक्तिगत विषय गोप्य राख्नु बुद्धिमानी हुनेछ। सानो सफलतामा अत्यधिक गर्व गर्नु वा हतारमा ठूलो निर्णय लिनु उचित हुनेछैन।

प्रेम तथा दाम्पत्य जीवनमा अहंकारले सम्बन्धमा दूरी ल्याउन सक्छ। जीवनसाथी वा प्रेमी–प्रेमिकाको भावना बुझ्ने प्रयास गर्नुभयो भने सम्बन्ध सुदृढ बन्नेछ। घरपरिवारमा सामान्य असमझदारी आउन सक्ने भए पनि धैर्य र संवादले समस्या समाधान गर्न सकिनेछ।

कार्यक्षेत्रमा जिम्मेवारी बढ्नेछ। कामको चापका कारण परिवारलाई पर्याप्त समय दिन नसक्दा मानसिक तनाव बढ्न सक्छ। व्यापार विस्तार, ठूलो लगानी वा दीर्घकालीन सम्झौता गर्नुअघि अनुभवी व्यक्तिको सल्लाह लिनु उपयुक्त हुनेछ। पेशा परिवर्तन वा कार्यस्थल परिवर्तनको सम्भावना पनि देखिएकाले कुनै पनि निर्णय सोचविचार गरेर लिनु आवश्यक छ।

स्वास्थ्यतर्फ सामान्यतया अवस्था राम्रो रहनेछ। तर अत्यधिक कामको चाप, मानसिक तनाव तथा अनियमित जीवनशैलीका कारण थकान वा सामान्य स्वास्थ्य समस्या देखिन सक्छ। नियमित आराम, सन्तुलित आहार र योग-ध्यान लाभदायक हुनेछ।

आर्थिक अवस्था निकै बलियो रहनेछ। आम्दानी वृद्धि, लगानीबाट लाभ तथा सम्पत्ति विस्तारको योग रहेको छ। तर अनियन्त्रित खर्च र जोखिमपूर्ण निर्णयबाट बच्नु आवश्यक हुनेछ।

प्रेम तथा दाम्पत्य जीवनमा सम्बन्धलाई अहंकारभन्दा विश्वास र सम्मानले अघि बढाउनुहोस्। संवाद र धैर्य कायम राख्नुभयो भने सम्बन्ध अझ सुदृढ बन्नेछ।

शुभ पक्ष

-पदोन्नति, सम्मान र सामाजिक प्रतिष्ठामा वृद्धि।
-आम्दानी तथा आर्थिक लाभका नयाँ अवसर।
-लगानी, शेयर बजार तथा सम्पत्ति विस्तारमा सफलता।
-विद्यार्थीका लागि उत्कृष्ट उपलब्धि र छात्रवृत्तिको सम्भावना।
-व्यापार, राजनीति तथा सेवामूलक क्षेत्रमा उल्लेखनीय प्रगति।

सावधानी अपनाउनुपर्ने पक्ष

-अनावश्यक घमण्ड र अहंकारबाट टाढा रहनुहोस्।
-खर्च नियन्त्रण गर्नुहोस् र गोपनीयता कायम राख्नुहोस्।
-प्रेम सम्बन्धमा आपसी सम्मान कायम राख्नुहोस्।
-ठूलो लगानी वा व्यवसाय विस्तारअघि विज्ञको सल्लाह लिनुहोस्।
-अत्यधिक कामका कारण स्वास्थ्य र परिवारलाई बेवास्ता नगर्नुहोस्।

शुभ अंकः २ र ८
शुभ रङ्गः खरानी र सेतो

उपायः कुनै शुभ कार्य वा यात्रामा निस्कनुअघि भगवान् शिवको ध्यान गर्नु शुभ हुनेछ। कुलदेवता तथा पितृको आशीर्वाद ग्रहण गर्नु लाभदायक रहनेछ। प्रत्येक बुधबार वा अष्टमी तिथिमा माता दुर्गाको उपासना गर्नाले बुध ग्रहको शुभ प्रभाव बढ्ने विश्वास गरिएको छ। अशुभ चन्द्रमा रहने मितिः साउन ८, ९, १०, १७, १८, १९, २६, २७ र २८ गते विशेष सावधानी अपनाउनुहोस्।

समग्र मूल्याङ्कनः साउन महिना कन्या राशिका लागि उपलब्धि, आर्थिक उन्नति र प्रतिष्ठा बढाउने अत्यन्त महत्वपूर्ण समय रहनेछ। संयम, विनम्रता र विवेकका साथ निर्णय लिन सक्नुभयो भने करियर, व्यापार, शिक्षा र आर्थिक क्षेत्रमा उल्लेखनीय सफलता प्राप्त गर्नुहुनेछ। समग्रमा यो महिना करिब ७५ प्रतिशत शुभफलदायी रहने देखिन्छ।

तुला: तुला राशिका जातकका लागि २०८३ सालको साउन महिना कर्म, प्रतिष्ठा र उपलब्धिको महिना रहने देखिन्छ। यस महिनामा सूर्य दशम भावमा रहने भएकाले करियर, व्यवसाय, सामाजिक प्रतिष्ठा तथा नेतृत्व क्षमतामा उल्लेखनीय वृद्धि हुनेछ। लामो समयदेखि गरेको मेहनतको प्रतिफल प्राप्त हुने समय आएको छ। नयाँ जिम्मेवारी, पदोन्नति वा प्रभावशाली अवसर प्राप्त हुने सम्भावना बलियो रहेको छ।

सरकारी सेवा, प्रशासन, राजनीति तथा सार्वजनिक क्षेत्रमा कार्यरत व्यक्तिका लागि यो महिना विशेष फलदायी रहनेछ। सरकारी काम, ठेक्का वा नयाँ परियोजनामा सफलता मिल्न सक्छ। तपाईंको इमान्दारी, लगनशीलता र कार्यक्षमताले वरिष्ठ अधिकारी तथा प्रभावशाली व्यक्तिहरूको विश्वास जित्न सफल हुनुहुनेछ। समाजमा मान–सम्मान र प्रतिष्ठा बढ्नेछ।

व्यापार तथा व्यवसायमा विस्तारको अवसर प्राप्त हुनेछ। नयाँ योजना, नयाँ साझेदारी वा नयाँ व्यवसाय सुरु गर्न समय अनुकूल देखिन्छ। आर्थिक रूपमा पनि राम्रो सुधार आउनेछ। मेहनतअनुसार आम्दानी बढ्नेछ र अधुरा कामहरू पूरा हुँदै जानेछन्। बोलीको प्रभाव बढ्ने भएकाले वार्ता, सम्झौता तथा व्यवसायिक सम्बन्धमा लाभ मिल्नेछ। यात्राबाट पनि सकारात्मक परिणाम प्राप्त हुने सम्भावना छ।

विद्यार्थीका लागि साउन महिना निकै उत्साहजनक रहनेछ। अध्ययनमा रुचि बढ्नेछ। प्रतिस्पर्धात्मक परीक्षा, छात्रवृत्ति तथा वैदेशिक शिक्षाको प्रयास सफल हुन सक्छ। विदेशमा अध्ययन वा अनुसन्धान गर्न चाहने विद्यार्थीले शुभ समाचार प्राप्त गर्न सक्नेछन्। कर्मचारीहरूले बढुवा, प्रशंसा तथा आर्थिक लाभ पाउने सम्भावना छ। नयाँ रोजगारी खोज्नेहरूका लागि पनि समय अनुकूल रहनेछ।

मंगल ग्रहको प्रभावले सन्तान पक्षबाट खुसीको समाचार प्राप्त हुन सक्छ। नवविवाहित दम्पतीका लागि सन्तान सम्बन्धी योजना बनाउन पनि समय शुभ देखिन्छ। धार्मिक तथा आध्यात्मिक गतिविधिमा रुचि बढ्नेछ। विदेशबाट शुभ समाचार आउने वा अन्तर्राष्ट्रिय सभा-सम्मेलनमा सहभागी हुने अवसर पनि प्राप्त हुन सक्छ। प्रेम सम्बन्ध र दाम्पत्य जीवनमा पनि सकारात्मक ऊर्जा रहनेछ। आपसी विश्वास र समझदारीले सम्बन्ध अझ सुदृढ बन्नेछ।

यद्यपि केही पक्षमा विशेष सावधानी आवश्यक छ। बुध ग्रहको प्रभावका कारण सरकारी काम, कानुनी प्रक्रिया वा कागजी काममा ढिलाइ तथा झन्झट आउन सक्छ। कुनै पनि महत्वपूर्ण निर्णय जानकार व्यक्तिको सल्लाह लिएर मात्र गर्नु उचित हुनेछ। हतारमा गरिएको निर्णयले प्रतिष्ठा र पदमा असर पर्न सक्छ।

पिता वा परिवारका ज्येष्ठ सदस्यको स्वास्थ्यप्रति विशेष ध्यान दिनु आवश्यक छ। राहुको प्रभावका कारण खर्च बढ्न सक्छ वा आर्थिक व्यवस्थापनमा असन्तुलन आउन सक्छ। गृहिणी तथा साना व्यवसाय सञ्चालन गर्ने व्यक्तिले काममा केही अवरोध, ढिलाइ वा विवादको सामना गर्नुपर्ने अवस्था आउन सक्छ। आफ्नै लापरबाहीका कारण सरकारी जरिवाना वा कानुनी समस्या निम्तिन सक्ने भएकाले नियम–कानुनको पूर्ण पालना गर्नु बुद्धिमानी हुनेछ।

बृहस्पतिको प्रभावले सानो विषय पनि विवादमा बदलिन सक्ने भएकाले बोल्दा संयम अपनाउनु आवश्यक छ। परिवारका सदस्य, विशेषगरी पितासँग वैचारिक मतभेद हुन सक्ने सम्भावना देखिन्छ। त्यसैले धैर्य, सम्मान र संवादलाई प्राथमिकता दिनुहोस्। स्वास्थ्य सामान्य रहनेछ, तर अत्यधिक आत्मविश्वास वा हतारका कारण चोटपटक लाग्ने सम्भावना भएकाले यात्रा तथा सवारी चलाउँदा विशेष सावधानी अपनाउनुहोस्।

स्वास्थ्यतर्फ समग्र अवस्था सामान्य रहनेछ। तर हतार, थकान वा असावधानीका कारण चोटपटक लाग्न सक्ने भएकाले सतर्क रहनु आवश्यक छ। नियमित व्यायाम र पर्याप्त विश्रामले स्वास्थ्यलाई सन्तुलित राख्नेछ। आर्थिक अवस्था राम्रो रहनेछ। आम्दानीका स्रोत बढ्नेछन् र करियरबाट आर्थिक लाभ प्राप्त हुनेछ। तर खर्च तथा कानुनी विषयमा विशेष सावधानी अपनाउनु आवश्यक हुनेछ। प्रेम तथा दाम्पत्य जीवनमा सम्बन्ध सुदृढ बन्ने समय रहेको छ। प्रेम प्रस्ताव, विवाह वा नयाँ सम्बन्धका लागि पनि ग्रहयोग सकारात्मक देखिन्छ। आपसी सम्मान र विश्वास कायम राख्नुभयो भने सम्बन्ध अझ मधुर बन्नेछ।

शुभ पक्ष

-पदोन्नति, सम्मान तथा सामाजिक प्रतिष्ठामा वृद्धि।
-सरकारी, प्रशासनिक तथा राजनीतिक क्षेत्रमा सफलता।
-व्यापार विस्तार, नयाँ रोजगारी तथा आर्थिक लाभ।
-अध्ययन, वैदेशिक शिक्षा र प्रतिस्पर्धामा उत्कृष्ट उपलब्धि।
-प्रेम, दाम्पत्य जीवन तथा सन्तान पक्षबाट शुभ समाचार।

सावधानी अपनाउनुपर्ने पक्ष

-सरकारी काम तथा कानुनी विषयमा लापरबाही नगर्नुहोस्।
-खर्च नियन्त्रण गर्नुहोस्।
-पिता वा ज्येष्ठ सदस्यको स्वास्थ्यप्रति ध्यान दिनुहोस्।
-विवादास्पद विषयमा बोल्दा संयम अपनाउनुहोस्।
-हतार र अत्यधिक आत्मविश्वासका कारण दुर्घटनाबाट सावधान रहनुहोस्।

शुभ अंकः १ र ४
शुभ रङ्गः सेतो र निलो

उपायः कुनै शुभ कार्य वा यात्रामा निस्कनुअघि शिवालयमा दर्शन गरी भगवान् शिवको आराधना गर्नु अत्यन्त शुभ हुनेछ। बृद्धाश्रम वा अनाथालयमा गई मिठो भोजन दान गर्नु, कुलदेवता तथा पितृको स्मरण गर्नु र नियमित शिव उपासना गर्नाले ग्रहदोष कम भई शुभफलमा वृद्धि हुने विश्वास गरिएको छ। अशुभ चन्द्रमा रहने मितिः साउन १, २, ३, ११, १२, १९, २०, २१, २८, २९ र ३० गते विशेष सावधानी अपनाउनुहोस्।

समग्र मूल्याङ्कनः साउन महिना तुला राशिका लागि करियर, प्रतिष्ठा, आर्थिक उन्नति र सामाजिक सफलताको महिना रहनेछ। धैर्य, अनुशासन र विवेकका साथ अघि बढ्न सक्नुभयो भने यस महिनाले जीवनमा नयाँ उपलब्धि र दीर्घकालीन सफलता दिलाउनेछ। समग्रमा यो महिना करिब ६५ प्रतिशत शुभफलदायी रहने देखिन्छ।

वृश्चिक: वृश्चिक राशिका जातकका लागि २०८३ सालको साउन महिना समग्रमा शुभ, प्रगतिशील र अवसरले भरिएको रहने देखिन्छ। यस महिनामा सूर्य नवौं भावमा रहने भएकाले भाग्य, धर्म, उच्च शिक्षा, वैदेशिक अवसर तथा सामाजिक प्रतिष्ठामा सकारात्मक प्रभाव पर्नेछ। लामो समयदेखि रोकिएका योजना अघि बढ्नेछन् भने नयाँ अवसरले भविष्यलाई अझ उज्यालो बनाउने संकेत देखिन्छ।

धार्मिक तथा आध्यात्मिक गतिविधिमा रुचि बढ्नेछ। तीर्थयात्रा, धार्मिक भ्रमण वा समाजसेवामा सहभागी हुने अवसर प्राप्त हुन सक्छ। यस्ता कार्यले मानसिक शान्ति, आत्मविश्वास र सकारात्मक ऊर्जा प्रदान गर्नेछन्। परिवारको साथ र सहयोग प्राप्त हुने भएकाले कठिन कामहरू पनि सहज रूपमा सम्पन्न गर्न सकिनेछ।

कार्यक्षेत्रमा तपाईंको ज्ञान, अनुभव र निर्णय क्षमताले सबैको ध्यान आकर्षित गर्नेछ। वरिष्ठ अधिकारी तथा सहकर्मीबाट सम्मान र विश्वास प्राप्त हुनेछ। नोकरी, प्रशासन, राजनीति तथा सार्वजनिक क्षेत्रमा सक्रिय व्यक्तिहरूले उल्लेखनीय सफलता हासिल गर्न सक्नेछन्। नयाँ जिम्मेवारी, नयाँ काम वा पदोन्नतिको अवसर पनि प्राप्त हुन सक्छ।

आर्थिक रूपमा यो महिना उत्साहजनक रहनेछ। आम्दानीका नयाँ स्रोत खुल्नेछन्। व्यापार तथा व्यवसायमा विस्तारको अवसर मिल्नेछ। घर, जग्गा वा अन्य अचल सम्पत्ति जोड्ने योजना सफल हुन सक्छ। वैदेशिक रोजगारी, व्यापार वा अध्ययनसँग सम्बन्धित कार्यमा पनि सकारात्मक परिणाम प्राप्त हुने सम्भावना छ। परिवार तथा वंशको प्रतिष्ठा बढ्ने शुभ योग रहेको छ।

विद्यार्थीका लागि उच्च शिक्षा, अनुसन्धान तथा प्रतिस्पर्धात्मक परीक्षामा प्रगति गर्ने समय हो। अध्ययनमा निरन्तरता र अनुशासन कायम राख्न सक्नुभयो भने अपेक्षाभन्दा राम्रो उपलब्धि हासिल गर्न सक्नुहुनेछ। प्रेम सम्बन्धमा पनि आपसी विश्वास र समझदारी बढ्नेछ। अविवाहित व्यक्तिका लागि नयाँ सम्बन्ध सुरु हुने सम्भावना पनि देखिन्छ।

यद्यपि ग्रहयोगले केही चुनौती पनि देखाएको छ। मानसिक तनावलाई नियन्त्रण गर्न विशेष ध्यान दिनुपर्नेछ। अपेक्षाअनुसार अरूको सहयोग नपाउँदा निराशा हुन सक्छ। शनि र बृहस्पतिको प्रतिकूल प्रभावका कारण स्वास्थ्य, व्यापार तथा निर्णय प्रक्रियामा केही अवरोध आउन सक्छ। त्यसैले हरेक काम धैर्य र विवेकका साथ गर्नु आवश्यक हुनेछ।

छिटो धन कमाउने लोभमा जोखिमपूर्ण निर्णय नगर्नुहोस्। व्यापार तथा लगानीमा सोचविचार गरेर मात्र अघि बढ्नु उचित हुनेछ। विश्वास गरेका व्यक्ति वा कर्मचारीबाट धोका पाउने सम्भावना भएकाले आर्थिक तथा व्यावसायिक विषयमा विशेष सतर्कता अपनाउनुहोस्। आवेग र हतारमा गरिएको निर्णयले पछि पछुतो निम्त्याउन सक्छ।

स्वास्थ्यतर्फ विशेषगरी पेट, पाचन प्रणाली तथा मानसिक तनावसम्बन्धी समस्या देखिन सक्ने सम्भावना छ। परिवारका कुनै सदस्य, विशेषगरी पिता वा घरका ज्येष्ठ पुरुषको स्वास्थ्यले पनि चिन्ता बढाउन सक्छ। गृहिणीका लागि जीवनसाथीसँग सामान्य विवाद वा मतभेद देखिन सक्छ, त्यसैले संवाद र धैर्यलाई प्राथमिकता दिनु बुद्धिमानी हुनेछ।

विद्यार्थीले अपेक्षाभन्दा बढी मेहनत गर्नुपर्ने समय रहेको छ। लापरबाही, आलस्य वा हतारका कारण हातमा आएको अवसर गुम्न सक्ने भएकाले अनुशासनमा विशेष ध्यान दिनु आवश्यक छ। यात्रा गर्दा पनि सावधानी अपनाउनुहोस्, विशेषगरी लामो दूरीको यात्रा गर्दा सुरक्षा नियमको पालना गर्नु अत्यन्त आवश्यक हुनेछ।

स्वास्थ्यतर्फ पेट, पाचन प्रणाली, मानसिक तनाव तथा थकानप्रति विशेष ध्यान दिनुहोस्। नियमित व्यायाम, सन्तुलित भोजन र पर्याप्त आरामले स्वास्थ्य राम्रो राख्न मद्दत गर्नेछ।

आर्थिक अवस्था राम्रो रहनेछ। नयाँ आम्दानीका स्रोत खुल्नेछन्, सम्पत्ति जोड्ने अवसर पनि प्राप्त हुनेछ। तर जोखिमपूर्ण लगानी र हतारमा गरिने आर्थिक निर्णयबाट बच्नु उचित हुनेछ। प्रेम तथा दाम्पत्य जीवनमा सम्बन्ध सामान्यतया सकारात्मक रहनेछ। आपसी सम्मान र विश्वास कायम राख्नुभयो भने सम्बन्ध अझ सुदृढ बन्नेछ। जीवनसाथीको स्वास्थ्यप्रति भने विशेष ध्यान दिनु आवश्यक हुनेछ।

शुभ पक्ष

-भाग्यको साथ र धार्मिक कार्यमा सफलता।
-नोकरी, राजनीति तथा सामाजिक क्षेत्रमा सम्मान र प्रतिष्ठा।
-आम्दानीका नयाँ स्रोत तथा सम्पत्ति जोड्ने अवसर।
-वैदेशिक कार्य, उच्च शिक्षा र अनुसन्धानमा सफलता।
-प्रेम सम्बन्ध र पारिवारिक सहयोगमा सकारात्मकता।

सावधानी अपनाउनुपर्ने पक्ष

-मानसिक तनावलाई नियन्त्रण गर्नुहोस्।
-छिटो धन कमाउने लोभमा निर्णय नगर्नुहोस्।
-व्यापार तथा साझेदारीमा विश्वास गर्दा विवेक अपनाउनुहोस्।
-पेट तथा पाचन प्रणालीको स्वास्थ्यमा ध्यान दिनुहोस्।
-यात्रा र आवेगपूर्ण निर्णयमा विशेष सावधानी अपनाउनुहोस्।

शुभ अंकः ३ र ९
शुभ रङ्गः गुलाबी

उपायः कुनै शुभ कार्य वा यात्रामा निस्कनुअघि भगवान् महामृत्युञ्जयको ध्यान गरी कार्य प्रारम्भ गर्नु शुभ हुनेछ। दैनिक सूर्यदेवको उपासना गर्नु तथा कुलदेवता र पितृको सम्मानमा सेवा वा दान गर्नु ग्रहदोष कम गर्न लाभदायक मानिन्छ। अशुभ चन्द्रमा रहने मितिः साउन ३, ४, ५, १३, १४, १५, २१, २२, २३ र ३१ गते विशेष सावधानी अपनाउनुहोस्।

समग्र मूल्याङ्कनः साउन महिना वृश्चिक राशिका लागि भाग्य, प्रतिष्ठा, शिक्षा र आर्थिक उन्नतिको अवसर बोकेर आउनेछ। धैर्य, संयम र विवेकका साथ अघि बढ्न सक्नुभयो भने चुनौतीलाई सहजै पार गर्दै उल्लेखनीय सफलता प्राप्त गर्न सक्नुहुनेछ। समग्रमा यो महिना करिब ७० प्रतिशत शुभफलदायी रहने देखिन्छ।

धनु: धनु राशिका जातकका लागि २०८३ सालको साउन महिना चुनौती र अवसर दुवै लिएर आउने देखिन्छ। यस महिनामा सूर्य अष्टम भावमा रहने भएकाले स्वास्थ्य, आर्थिक व्यवस्थापन, गोपनीयता र निर्णय प्रक्रियामा विशेष सावधानी अपनाउनुपर्ने समय रहेको छ। हतार, लापरबाही वा आवेगमा गरिएका निर्णयले समस्या निम्त्याउन सक्छन्। त्यसैले धैर्य, संयम र विवेकका साथ अघि बढ्नु नै सफलताको मुख्य आधार हुनेछ। महिनाभर अनावश्यक खर्च नियन्त्रण गर्नु अत्यन्त आवश्यक छ। आर्थिक योजना बनाएर अघि बढ्नुभयो भने भविष्यका लागि राम्रो आधार तयार गर्न सक्नुहुनेछ। कुनै पनि महत्वपूर्ण कागजातमा हस्ताक्षर गर्नु अघि राम्रोसँग अध्ययन गर्नुहोस्। शंकास्पद कारोबार, जोखिमपूर्ण लगानी वा कानुनी जटिलता निम्त्याउने गतिविधिबाट टाढा रहनु बुद्धिमानी हुनेछ। नयाँ योजना सुरु गर्नुभन्दा पुराना कामलाई व्यवस्थित रूपमा पूरा गर्नु लाभदायक रहनेछ।

स्वास्थ्यतर्फ विशेष सावधानी आवश्यक देखिन्छ। पेट, पाचन प्रणाली तथा खानपानसँग सम्बन्धित समस्या देखिन सक्ने सम्भावना छ। दुर्घटना, चोटपटक वा सवारी सम्बन्धी जोखिम पनि रहेकाले यात्रा गर्दा तथा सवारी चलाउँदा विशेष सतर्क रहनुहोस्। सूर्य, राहु, बुध, मङ्गल र केतुको प्रभावका कारण रिस, तनाव तथा असावधानी बढ्न सक्ने भएकाले खानपान, दिनचर्या र व्यवहारमा संयम अपनाउनु अत्यन्त आवश्यक हुनेछ।

परिवारमा सामान्य असमझदारी वा विवाद उत्पन्न हुन सक्छ। विशेषगरी अहंकार, हतार वा कठोर बोलीका कारण सम्बन्धमा दूरी आउन सक्छ। प्रेम तथा दाम्पत्य जीवनमा पनि धैर्य, विश्वास र संवादको आवश्यकता रहनेछ। विद्यार्थीहरूका लागि अध्ययनमा एकाग्रता कायम राख्न केही कठिन हुन सक्छ। विशेषगरी युवावस्थाका विद्यार्थीहरू प्रेम सम्बन्ध वा भावनात्मक विषयका कारण पढाइबाट विचलित हुन सक्ने भएकाले लक्ष्यप्रति स्पष्ट रहनु आवश्यक छ।

कर्मचारी वर्गका लागि यो महिना चुनौतीपूर्ण देखिन्छ। कार्यस्थलमा जिम्मेवारी बढ्ने, दबाब आउने वा सानो गल्तीले ठूलो असर पार्न सक्ने भएकाले हरेक काम सावधानीपूर्वक गर्नु उचित हुनेछ। व्यापार तथा लगानीमा पनि जोखिमभन्दा सुरक्षा र स्थायित्वलाई प्राथमिकता दिनु लाभदायक हुनेछ।

यद्यपि महिनाभर सबै कुरा प्रतिकूल मात्र रहने छैन। केही ग्रहहरूको शुभ प्रभावले आफन्त तथा शुभचिन्तकको सहयोग प्राप्त हुनेछ। तपाईंको प्रभावशाली बोली र व्यवहारका कारण व्यापार, व्यवसाय तथा सामाजिक सम्बन्धमा लाभ मिल्नेछ। नयाँ भेटघाट र सम्पर्कले भविष्यका अवसर खोल्नेछन्। मेहनतअनुसार आम्दानी बढ्ने सम्भावना छ भने यात्राबाट पनि लाभ प्राप्त हुन सक्छ।

भाग्यको साथ प्राप्त हुने भएकाले नोकरी, राजनीति तथा सामाजिक क्षेत्रमा सम्मान र प्रतिष्ठा बढ्न सक्छ। राज्य वा सरकारी निकायबाट पनि सकारात्मक सहयोग प्राप्त हुने संकेत देखिन्छ। धर्म, आध्यात्मिकता तथा सामाजिक सेवाप्रति रुचि बढ्नेछ। गृहिणीका लागि यो महिना शुभ रहनेछ। वैवाहिक सम्बन्धमा प्रेम र समझदारी कायम रहनेछ। विदेशमा रहेका जीवनसाथी वा परिवारका सदस्यबाट सुखद समाचार वा आर्थिक लाभ प्राप्त हुन सक्छ। व्यापारीहरूले व्यवसाय विस्तारका लागि देश–विदेशको भ्रमण गर्ने अवसर पाउन सक्छन् र नयाँ लगानीका सम्भावना पनि देखिन्छन्।

स्वास्थ्यतर्फ पेट, पाचन प्रणाली, रक्तचाप, चोटपटक तथा दुर्घटनाको सम्भावनाप्रति विशेष ध्यान दिनुहोस्। नियमित स्वास्थ्य परीक्षण, सन्तुलित भोजन र पर्याप्त आराम लाभदायक हुनेछ। आर्थिक अवस्था आम्दानी हुने सम्भावना रहे पनि खर्च र जोखिम बढ्न सक्छ। सोचविचार गरेर मात्र लगानी गर्नुहोस् र आर्थिक अनुशासन कायम राख्नुहोस्। प्रेम तथा दाम्पत्य जीवनमा धैर्य र समझदारी आवश्यक रहनेछ। आपसी सम्मान र खुला संवादले सम्बन्धलाई मजबुत बनाउनेछ।

शुभ पक्ष

-आफन्त तथा शुभचिन्तकबाट सहयोग प्राप्त हुने।
-व्यापार तथा बोलीको प्रभावबाट आर्थिक लाभ।
-नोकरी, राजनीति तथा सामाजिक क्षेत्रमा सम्मान।
-धर्म, आध्यात्मिकता तथा यात्रामा सकारात्मक परिणाम।
-वैवाहिक जीवन र गृहस्थीमा शुभ समाचार।

सावधानी अपनाउनुपर्ने पक्ष

-अनावश्यक खर्च र जोखिमपूर्ण लगानीबाट बच्नुहोस्।
-पेट तथा पाचन प्रणालीको स्वास्थ्यमा विशेष ध्यान दिनुहोस्।
-सवारी चलाउँदा र यात्रा गर्दा अत्यन्त सावधानी अपनाउनुहोस्।
-महत्वपूर्ण कागजात राम्रोसँग पढेर मात्र हस्ताक्षर गर्नुहोस्।
-रिस, अहंकार र आवेगलाई नियन्त्रण गर्नुहोस्।

शुभ अंकः ३ र ९
शुभ रङ्गः पहेँलो र हरियो

उपायः कुनै शुभ कार्य सुरु गर्नुअघि माता बगलामुखीको ध्यान गरी कार्य प्रारम्भ गर्नु अत्यन्त शुभ हुनेछ। प्रत्येक बिहीबार गाईलाई हरियो घाँस खुवाउनु लाभदायक मानिन्छ। यस महिनामा विशेषगरी सवारी चलाउँदा, बाटो काट्दा तथा धारिलो औजार वा हातहतियार प्रयोग गर्दा अतिरिक्त सावधानी अपनाउनु आवश्यक हुनेछ। अशुभ चन्द्रमा रहने मितिः साउन ६, ७, ८, १५, १६, १७, २४ र २५ गते विशेष सावधानी अपनाउनुहोस्।

समग्र मूल्याङ्कनः साउन महिना धनु राशिका लागि चुनौती र अवसर दुवैको मिश्रण रहनेछ। स्वास्थ्य, खर्च र निर्णयमा संयम अपनाउँदै धैर्यका साथ अघि बढ्न सक्नुभयो भने करियर, व्यापार, सामाजिक प्रतिष्ठा तथा पारिवारिक जीवनमा सकारात्मक उपलब्धि हासिल गर्न सक्नुहुनेछ। समग्रमा यो महिना करिब ५० प्रतिशत शुभफलदायी रहने देखिन्छ।

मकर: मकर राशिका जातकका लागि २०८३ सालको साउन महिना साझेदारी, व्यवसायिक प्रगति र सम्बन्ध सुदृढ हुने समयका रूपमा देखिएको छ। यस महिनामा सूर्य सप्तम भावमा रहने भएकाले व्यापार, वैवाहिक जीवन, साझेदारी तथा सार्वजनिक सम्बन्धमा सकारात्मक परिवर्तन आउने सम्भावना बलियो छ। नयाँ अवसरको खोजीमा रहेका व्यक्तिले उल्लेखनीय सफलता प्राप्त गर्न सक्नेछन्। व्यापार तथा व्यवसाय विस्तारका लागि समय निकै अनुकूल रहनेछ। नयाँ साझेदारी, ठूला सम्झौता वा दीर्घकालीन व्यावसायिक योजना सफल हुने संकेत देखिन्छ। विदेशसँग सम्बन्धित व्यापार, रोजगारी वा व्यवसायमा पनि सकारात्मक उपलब्धि प्राप्त हुन सक्छ। कामको सिलसिलामा विदेश यात्रा गर्ने अवसर समेत मिल्न सक्छ।

नोकरी गर्ने व्यक्तिका लागि पनि यो महिना उत्साहजनक रहनेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी, तालिम, सेमिनार वा व्यक्तित्व विकासका अवसर प्राप्त हुनेछन्। वरिष्ठ अधिकारी तथा प्रभावशाली व्यक्तिबाट प्रशंसा र सहयोग मिल्ने सम्भावना छ। रोकिएका काम पुनः अघि बढ्नेछन् भने नयाँ योजना कार्यान्वयन गर्ने वातावरण पनि बन्नेछ।

विद्यार्थीहरूका लागि साउन महिना विशेष फलदायी रहनेछ। आधुनिक प्रविधि, सीप तथा अध्ययनमा गरेको मेहनतले राम्रो परिणाम दिनेछ। उच्च शिक्षा, छात्रवृत्ति वा वैदेशिक अध्ययनका लागि प्रयासरत विद्यार्थीले शुभ समाचार प्राप्त गर्न सक्नेछन्। प्रतिस्पर्धात्मक परीक्षामा पनि सफलता प्राप्त हुने सम्भावना बलियो रहेको छ।

प्रेम तथा वैवाहिक जीवनमा मधुरता रहनेछ। जीवनसाथीले आफ्नो पेशा वा व्यवसायमा उल्लेखनीय प्रगति गर्ने सम्भावना छ। परिवारको उन्नतिका लागि महत्वपूर्ण निर्णय लिन सकिनेछ। घरमा शुभकार्यको चर्चा चल्ने, नयाँ योजना बन्ने तथा पारिवारिक वातावरणमा सकारात्मक परिवर्तन आउने संकेत देखिन्छ।

बुध ग्रहको प्रभावले खर्च व्यवस्थापन गर्न सजिलो हुनेछ। विशेषगरी महिनाको उत्तरार्धमा व्यवसाय, करियर तथा आर्थिक अवस्थामा उल्लेखनीय सुधार आउनेछ। आत्मविश्वास बढ्नेछ र कठिन परिस्थितिको सामना गर्ने क्षमता पनि विकास हुनेछ। नयाँ उद्योग, सिर्जनात्मक कार्य वा व्यक्तिगत परियोजनाको सुरुवात गर्न समय अनुकूल देखिन्छ।

व्यापारी तथा उद्यमीहरूले राम्रो परिणाम प्राप्त गर्नेछन्। विशेषगरी खाद्यान्न, फलफूल, दुग्धजन्य पदार्थ, पेयपदार्थ तथा दैनिक उपभोग्य सामग्रीसँग सम्बन्धित व्यवसायमा राम्रो आम्दानी हुने सम्भावना छ। कलाकार, गायक, वक्ता तथा सिर्जनात्मक क्षेत्रमा आबद्ध व्यक्तिको लोकप्रियता र प्रभाव पनि बढ्नेछ।

यद्यपि केही चुनौतीहरू पनि देखिएका छन्। आम्दानीका अवसर बढे पनि खर्चको गति तीव्र रहन सक्छ। आर्थिक लाभ हात लाग्न ढिलाइ हुन सक्छ। आफन्त वा नजिकका व्यक्तिबाट अपेक्षित सहयोग नपाउँदा मनमा चिन्ता बढ्न सक्छ। अरूको भरोसामा ठूलो निर्णय गर्नु उचित हुनेछैन। आफ्नै मेहनत, विवेक र निर्णयमा विश्वास गर्नु नै सफलताको आधार बन्नेछ।

लेनदेन तथा आर्थिक कारोबारमा विशेष सावधानी अपनाउनु आवश्यक छ। कुरा काट्ने वा अनावश्यक आलोचना गर्ने व्यक्तिहरू सक्रिय हुन सक्छन्। प्रभावशाली व्यक्तिसँग सामान्य विषयमा पनि मतभेद हुन सक्ने भएकाले बोली र व्यवहारमा संयम अपनाउनुहोस्। गृहस्थ जीवनमा सामान्य तनाव बढ्न सक्ने भएकाले परिवारका सदस्यसँग धैर्यपूर्वक व्यवहार गर्नु राम्रो हुनेछ।

मङ्गल ग्रहको प्रभावका कारण आवेग, रिस वा अहंकार प्रदर्शन गर्दा सम्बन्ध बिग्रन सक्छ। त्यसैले विनम्रता अपनाउनु नै हितकर हुनेछ। महिनाको अन्तिम सातातिर राजनीतिक तथा सामाजिक क्षेत्रमा केही अवरोध आउन सक्छ। स्वास्थ्य तथा सौन्दर्यसम्बन्धी खर्च पनि बढ्न सक्ने सम्भावना देखिन्छ। स्वास्थ्यतर्फ सामान्य अवस्था राम्रो रहनेछ। तर मानसिक तनाव, थकान तथा छाला वा सौन्दर्यसम्बन्धी सामान्य समस्या देखिन सक्ने भएकाले नियमित आराम र सन्तुलित जीवनशैली अपनाउनु उचित हुनेछ। आर्थिक अवस्था राम्रो रहने सम्भावना भए पनि खर्च नियन्त्रण गर्नु आवश्यक छ। लगानी गर्दा दीर्घकालीन सोच अपनाउनु लाभदायक हुनेछ। प्रेम तथा दाम्पत्य जीवनमा सम्बन्धमा विश्वास, सम्मान र समझदारी कायम रहनेछ। जीवनसाथीको प्रगति र सफलताले पनि परिवारमा खुसीको वातावरण सिर्जना हुनेछ।

शुभ पक्ष

-व्यापार विस्तार तथा नयाँ साझेदारीमा सफलता।
-नोकरी, व्यवसाय र करियरमा उल्लेखनीय प्रगति।
-उच्च शिक्षा, छात्रवृत्ति तथा वैदेशिक अवसर।
-रोकिएका काम पुनः सुरु हुने।
-जीवनसाथीको उन्नति तथा पारिवारिक सुखमा वृद्धि।

सावधानी अपनाउनुपर्ने पक्ष

-अनावश्यक खर्च नियन्त्रण गर्नुहोस्।
-लेनदेन र आर्थिक कारोबारमा सतर्क रहनुहोस्।
-अरूको भरमा निर्णय नगर्नुहोस्।
-रिस, अहंकार र हठ त्याग्नुहोस्।
-महिनाको अन्तिम सातातिर राजनीतिक तथा सामाजिक गतिविधिमा संयम अपनाउनुहोस्।

शुभ अंकः ६ र ८
शुभ रङ्गः लिलो र पहेँलो

उपायः कुनै शुभ कार्य वा यात्रामा निस्कनुअघि विघ्नहर्ता श्रीगणेशको पूजा–आराधना गर्नु अत्यन्त शुभ हुनेछ। साथै हनुमानजी, कालभैरव वा माता दुर्गाको नियमित उपासना गर्नाले ग्रहजन्य बाधा कम भई आत्मबल र सफलता दुवैमा वृद्धि हुने विश्वास गरिएको छ। अशुभ चन्द्रमा रहने मितिः साउन ८, ९, १०, १७, १८, १९, २६, २७ र २८ गते विशेष सावधानी अपनाउनुहोस्।

समग्र मूल्याङ्कनः साउन महिना मकर राशिका लागि साझेदारी, करियर, शिक्षा र व्यवसायमा उल्लेखनीय प्रगति दिलाउने समय रहनेछ। खर्च नियन्त्रण गर्दै धैर्य, विनम्रता र आत्मविश्वासका साथ अघि बढ्न सक्नुभयो भने यस महिनाले दीर्घकालीन सफलता र प्रतिष्ठा दुवै प्रदान गर्नेछ। समग्रमा यो महिना करिब ६५ प्रतिशत शुभफलदायी रहने देखिन्छ।

कुम्भ: कुम्भ राशिका जातकका लागि २०८३ सालको साउन महिना चुनौती र उपलब्धिको मिश्रित समय रहने देखिन्छ। यस महिनामा सूर्य छैटौं भावमा रहने भएकाले प्रतिस्पर्धा, कार्यभार, स्वास्थ्य तथा दैनिक जिम्मेवारीमा विशेष ध्यान दिनुपर्ने अवस्था रहनेछ। प्रारम्भमा केही दबाब र अवरोध देखिए पनि धैर्य, परिश्रम र सही निर्णयका माध्यमबाट उल्लेखनीय सफलता हासिल गर्न सकिनेछ। कार्यक्षेत्रमा जिम्मेवारी बढ्नेछ। प्रतिस्पर्धा तीव्र रहने भएकाले आफ्नो क्षमता प्रमाणित गर्न थप मेहनत गर्नुपर्नेछ। कर्मचारीले अपेक्षाभन्दा बढी कामको बोझ वहन गर्नुपर्ने अवस्था आउन सक्छ। मेहनतअनुसार तत्काल प्रतिफल नपाउँदा केही निराशा भए पनि निरन्तर प्रयासले पछि राम्रो उपलब्धि दिलाउनेछ। राजनीति, प्रशासन तथा नेतृत्वसँग सम्बन्धित क्षेत्रमा कार्यरत व्यक्तिहरूले आफ्नो प्रभाव विस्तार गर्ने अवसर पाउनेछन्। विदेशसँग सम्बन्धित सभा, सम्मेलन वा प्रतिनिधित्व गर्ने अवसर पनि प्राप्त हुन सक्छ।

व्यापारी तथा उद्यमीका लागि यो महिना दीर्घकालीन लगानी गर्ने उपयुक्त समय देखिन्छ। नयाँ योजना, व्यवसाय विस्तार तथा आर्थिक व्यवस्थापनमा सुधार आउनेछ। लामो समयदेखि रोकिएका काम पुनः अघि बढ्नेछन्। आफ्नै अनुभव, सीप र निर्णय क्षमताले जटिल समस्या समाधान गर्न सकिनेछ। व्यापारमा अपेक्षाभन्दा राम्रो लाभ प्राप्त हुने सम्भावना रहेको छ। विशिष्ट व्यक्तिसँगको भेटघाटले भविष्यका नयाँ अवसर खोल्नेछ।

आर्थिक पक्षमा प्रारम्भिक दबाब रहे पनि विस्तारै सुधार आउनेछ। धन आर्जनका अवसर बढ्नेछन्। लेखन, सञ्चार, सिर्जनात्मक तथा बौद्धिक क्षेत्रमा संलग्न व्यक्तिहरूले विशेष सफलता प्राप्त गर्न सक्नेछन्। यात्राबाट पनि लाभ मिल्ने सम्भावना देखिन्छ। साथीभाइ तथा शुभचिन्तकसँगको भेटघाटले नयाँ योजना र प्रेरणा प्रदान गर्नेछ।

प्रेम सम्बन्धमा सकारात्मक ऊर्जा रहनेछ। मित्रता अझ बलियो बन्नेछ र अविवाहित व्यक्तिका लागि नयाँ सम्बन्ध सुरु हुने सम्भावना छ। वैवाहिक जीवनमा प्रेम र आत्मीयता बढ्ने संकेत देखिए पनि कहिलेकाहीँ साना असमझदारी वा मतभेदले तनाव सिर्जना गर्न सक्छ। त्यसैले जीवनसाथीसँग खुला संवाद र धैर्य कायम राख्नु आवश्यक हुनेछ।

यद्यपि ग्रहहरूको प्रतिकूल प्रभावका कारण मानसिक तनाव, पारिवारिक झमेलाहरू तथा अनावश्यक चिन्ता बढ्न सक्छ। शुक्र र मङ्गलको प्रभावले भावनात्मक निर्णय, रिस तथा गलत सोच हाबी हुन सक्छ। त्यसैले कुनै पनि निर्णय भावनामा बगेर होइन, विवेकका साथ गर्नु आवश्यक हुनेछ।

लेनदेन, ऋण वा उधारोसँग सम्बन्धित विषयमा विशेष सावधानी अपनाउनुहोस्। आर्थिक कारोबारका कारण कानुनी झन्झट वा विवाद निम्तिन सक्ने सम्भावना छ। साझेदार, सहयोगी वा जीवनसाथीसँग मतभेद हुन सक्ने भएकाले धैर्य र पारदर्शिता कायम राख्नु बुद्धिमानी हुनेछ। अनावश्यक यात्रा वा समयको दुरुपयोगबाट बच्नु राम्रो हुनेछ।

शनिको बक्री प्रभावका कारण आकस्मिक खर्च बढ्न सक्छ। परिवारका सदस्य, विशेषगरी जीवनसाथी वा आत्मीय मित्रको स्वास्थ्यले चिन्ता बढाउन सक्छ। विद्यार्थीहरूका लागि पढाइभन्दा अन्य गतिविधिमा बढी ध्यान जाने सम्भावना भएकाले अध्ययनमा नियमितता कायम राख्नु आवश्यक हुनेछ। अतिरिक्त क्रियाकलाप उपयोगी भए पनि मुख्य लक्ष्यबाट विचलित नहुनुहोस्।

गृहिणीहरूले अहंकार वा हठभन्दा धैर्य र सहकार्यलाई प्राथमिकता दिनु उपयुक्त हुनेछ। कर्मचारीहरूले निरन्तर परिश्रम गर्नुपर्ने अवस्था रहनेछ। सुरुमा अपेक्षित पारिश्रमिक वा प्रशंसा नपाए पनि भविष्यमा त्यसको सकारात्मक परिणाम प्राप्त हुने संकेत देखिन्छ। स्वास्थ्यतर्फ मानसिक तनाव, थकान, पाचन प्रणाली तथा जीवनशैलीसँग सम्बन्धित सामान्य समस्याप्रति ध्यान दिनुहोस्। नियमित व्यायाम, पर्याप्त आराम र सन्तुलित भोजनले स्वास्थ्य राम्रो राख्न मद्दत गर्नेछ।

आर्थिक अवस्था दीर्घकालीन रूपमा सकारात्मक रहनेछ। नयाँ आम्दानीका स्रोत खुल्नेछन्, तर आकस्मिक खर्च तथा लेनदेनमा विशेष सावधानी अपनाउनु आवश्यक हुनेछ। प्रेम तथा दाम्पत्य जीवनमा सम्बन्ध सामान्यतया सकारात्मक रहनेछ। विश्वास, धैर्य र संवाद कायम राख्नुभयो भने साना मतभेद सहजै समाधान हुनेछन्।

शुभ पक्ष

-व्यापार तथा दीर्घकालीन लगानीमा सफलता।
-रोकिएका काम पुनः सुरु हुने।
-करियर, राजनीति तथा नेतृत्व क्षेत्रमा प्रगति।
-लेखन, सञ्चार तथा सिर्जनात्मक क्षेत्रमा उपलब्धि।
-मित्रता, प्रेम सम्बन्ध तथा सामाजिक प्रतिष्ठामा वृद्धि।

सावधानी अपनाउनुपर्ने पक्ष

-स्वास्थ्य, विशेषगरी मानसिक तनावप्रति ध्यान दिनुहोस्।
-उधारो, लेनदेन तथा कानूनी विषयमा सतर्क रहनुहोस्।
-अहंकार र आवेगपूर्ण निर्णयबाट बच्नुहोस्।
-वैवाहिक सम्बन्धमा संवाद र धैर्य कायम राख्नुहोस्।
-विद्यार्थीले पढाइमा नियमितता कायम राख्नु आवश्यक छ।

शुभ अंकः ४ र ५
शुभ रङ्गः कालो

उपायः कुनै शुभ कार्य वा यात्रामा निस्कनुअघि भगवान् विष्णुको दर्शन वा स्मरण गरी कार्य प्रारम्भ गर्नु शुभ हुनेछ। अस्पतालमा रहेका बिरामीको सेवा गर्नु, शनिदेवको उपासना गर्नु तथा आफ्नो ज्योतिषीय अनुकूलताअनुसार मुगा रत्न धारण गर्नु लाभदायक मानिन्छ। अशुभ चन्द्रमा रहने मितिः साउन १, २, ३, ११, १२, १९, २०, २१, २८, २९ र ३० गते विशेष सावधानी अपनाउनुहोस्।

समग्र मूल्याङ्कनः साउन महिना कुम्भ राशिका लागि प्रारम्भिक चुनौतीसँगै उल्लेखनीय उपलब्धिको सम्भावना बोकेको समय रहनेछ। परिश्रम, संयम र विवेकका साथ अघि बढ्न सक्नुभयो भने करियर, व्यापार, सामाजिक प्रतिष्ठा तथा आर्थिक क्षेत्रमा सकारात्मक सफलता प्राप्त गर्न सक्नुहुनेछ। समग्रमा यो महिना करिब ५० प्रतिशत शुभफलदायी रहने देखिन्छ।

मीन: मीन राशिका जातकका लागि २०८३ सालको साउन महिना समग्रमा उत्साह, सिर्जनशीलता र उपलब्धिको महिना रहने देखिन्छ। यस महिनामा सूर्य पञ्चम भावमा रहने भएकाले शिक्षा, सन्तान, प्रेम, सिर्जनात्मक क्षमता तथा बुद्धिको क्षेत्रमा सकारात्मक प्रभाव पर्नेछ। नयाँ अवसरहरू प्राप्त हुनेछन् र तपाईंको प्रतिभा तथा क्षमताले सबैलाई प्रभावित गर्नेछ। विद्यार्थीहरूका लागि यो महिना विशेष फलदायी रहनेछ। उच्च शिक्षा, प्रतिस्पर्धात्मक परीक्षा, अनुसन्धान तथा अध्ययनसँग सम्बन्धित क्षेत्रमा राम्रो सफलता प्राप्त हुने सम्भावना छ। नयाँ ज्ञान सिक्ने, सीप विकास गर्ने तथा बौद्धिक क्षमताको उत्कृष्ट प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ। कर्मचारी, शिक्षक, सञ्चारकर्मी तथा बौद्धिक क्षेत्रमा कार्यरत व्यक्तिहरूले प्रशंसा र सम्मान प्राप्त गर्नेछन्।

प्रेम सम्बन्धमा मधुरता आउनेछ। अविवाहित व्यक्तिका लागि नयाँ सम्बन्ध सुरु हुने अनुकूल समय रहेको छ भने वैवाहिक जीवनमा पनि आपसी विश्वास र समझदारी बढ्नेछ। सन्तान पक्षबाट शुभ समाचार प्राप्त हुन सक्छ। सन्तानको शिक्षा, उपलब्धि वा शुभकार्यले परिवारमा खुसीको वातावरण सिर्जना हुनेछ। मातापितासँगको सम्बन्ध अझ सुदृढ बन्नेछ र परिवारमा कुनै शुभ संस्कार वा मंगलकार्य सम्पन्न हुने सम्भावना पनि देखिन्छ।

व्यापार तथा व्यवसायमा विस्तारको अवसर प्राप्त हुनेछ। नयाँ साझेदारी, सम्झौता वा व्यावसायिक योजना सफल हुन सक्छन्। व्यापारका सिलसिलामा गरिने यात्रा फलदायी रहनेछ। आम्दानीका नयाँ स्रोत खुल्नेछन् र आर्थिक अवस्था क्रमशः सुदृढ बन्दै जानेछ। रोकिएका काम पुनः अघि बढ्नेछन् र नयाँ अवसरहरूले आत्मविश्वास बढाउनेछन्।

नोकरी तथा राजनीतिमा सक्रिय व्यक्तिले पनि उल्लेखनीय सफलता प्राप्त गर्न सक्नेछन्। तपाईंको प्रभावशाली बोली, व्यवहार र निर्णय क्षमताले अरूको विश्वास जित्न मद्दत गर्नेछ। सञ्चारमाध्यम वा सामाजिक सञ्जालमार्फत शुभ समाचार प्राप्त हुने सम्भावना छ। लगनशीलता र निरन्तर प्रयासका कारण एकपछि अर्को उपलब्धि हात पर्दै जानेछ।

यद्यपि ग्रहहरूको प्रतिकूल प्रभावका कारण केही विषयमा सावधानी आवश्यक देखिन्छ। बृहस्पतिको प्रतिकूल अवस्थाले स्वास्थ्य, खर्च, मानसिक तनाव तथा विवाद बढाउन सक्छ। कुनै पनि निर्णय गर्दा हतार नगर्नुहोस्। महत्त्वपूर्ण योजना गोप्य राख्दै संयमपूर्वक अघि बढ्नु नै उचित हुनेछ। अनावश्यक शंका, चिन्ता वा नकारात्मक सोचले अवसर गुम्न सक्छ।

बालबालिकाको स्वास्थ्य तथा खानपानप्रति विशेष ध्यान दिनु आवश्यक हुनेछ। प्रेम सम्बन्धमा कहिलेकाहीँ सामान्य उतारचढाव आउन सक्छ। त्यसैले भावनाभन्दा विश्वास र स्पष्ट संवादलाई प्राथमिकता दिनुहोस्। अरूलाई झुक्याउने, फकाउने वा अनावश्यक आश्वासन दिने व्यवहारबाट टाढा रहनु राम्रो हुनेछ।

विलासिताका सामग्री तथा अनावश्यक सुविधामा खर्च बढ्न सक्छ। व्यापार तथा दीर्घकालीन लगानीका विषयमा केही समय प्रतीक्षा गरेर निर्णय गर्नु लाभदायक हुनेछ। उद्यमी, व्यापारी तथा गृहिणीहरूले जिम्मेवारीको बोझ बढी महसुस गर्न सक्नेछन्। व्यापारमा सामान्य मन्दी देखिए पनि धैर्यका साथ अघि बढ्नुभयो भने दीर्घकालीन लाभ प्राप्त हुनेछ।

घरका ज्येष्ठ सदस्य वा वृद्धवृद्धाको स्वास्थ्यप्रति विशेष ध्यान दिनुपर्ने समय रहेको छ। नियमित स्वास्थ्य परीक्षण तथा आवश्यक हेरचाहमा लापरबाही नगर्नुहोस्। अत्यधिक चिन्तन वा अनावश्यक कल्पनामा समय बिताउनुको सट्टा व्यावहारिक योजनामा केन्द्रित हुनु बुद्धिमानी हुनेछ।

स्वास्थ्यतर्फ सामान्यतया अवस्था ठीक रहनेछ। तर मानसिक तनाव, पाचन समस्या तथा अनियमित खानपानबाट सावधान रहनुहोस्। पर्याप्त आराम, नियमित व्यायाम र सन्तुलित आहारले स्वास्थ्य राम्रो राख्न मद्दत गर्नेछ। आर्थिक अवस्था आम्दानीमा वृद्धि हुने सम्भावना भए पनि खर्च नियन्त्रण गर्नुपर्नेछ। दीर्घकालीन लगानीमा हतार नगरी सही समयको प्रतीक्षा गर्नु लाभदायक हुनेछ। प्रेम तथा दाम्पत्य जीवनमा सम्बन्ध सामान्यतया सुखद रहनेछ। विश्वास, सम्मान र खुला संवाद कायम राख्नुभयो भने सम्बन्ध अझ बलियो बन्नेछ।

शुभ पक्ष

-शिक्षा, प्रतिस्पर्धा तथा उच्च अध्ययनमा सफलता।
-व्यापार विस्तार तथा नयाँ साझेदारीको अवसर।
-प्रेम, दाम्पत्य र सन्तान पक्षबाट शुभ समाचार।
-आम्दानी वृद्धि, नयाँ अवसर तथा सामाजिक सम्मान।
-रोकिएका काम सम्पन्न हुने र आत्मविश्वास बढ्ने।

सावधानी अपनाउनुपर्ने पक्ष

-बोल्दा संयम अपनाउनुहोस्।
-खर्च तथा विलासितामा नियन्त्रण गर्नुहोस्।
-स्वास्थ्य, विशेषगरी बालबालिका र घरका ज्येष्ठ सदस्यको स्वास्थ्यमा ध्यान दिनुहोस्।
-दीर्घकालीन लगानीमा हतार नगर्नुहोस्।
-महत्त्वपूर्ण योजना गोप्य राखेर अघि बढ्नुहोस्।

शुभ अंकः ३ र ७
शुभ रङ्गः रातो र पहेँलो

उपायः कुनै शुभ कार्य वा यात्रामा निस्कनुअघि महालक्ष्मी माताको आराधना गर्नु अत्यन्त शुभ हुनेछ। राशिस्वामी बृहस्पति बक्री रहेकाले मन्त्रसिद्ध पुष्पराज रत्न धारण गर्न सकिने भए लाभदायक मानिन्छ। साथै कुलदेवता तथा पितृको नियमित पूजा-आराधनाले ग्रहजन्य अशुभ प्रभाव कम भई शुभफलमा वृद्धि हुने विश्वास गरिएको छ। अशुभ चन्द्रमा रहने मितिः साउन ३, ४, ५, १३, १४, १५, २१, २२, २३ र ३१ गते विशेष सावधानी अपनाउनुहोस्।

समग्र मूल्याङ्कनः साउन महिना मीन राशिका लागि शिक्षा, प्रेम, सन्तान, सिर्जनशीलता र करियरमा सकारात्मक उपलब्धि दिलाउने समय रहनेछ। खर्च नियन्त्रण, धैर्य र विवेकका साथ अघि बढ्न सक्नुभयो भने यस महिनाले जीवनका धेरै क्षेत्रमा सुखद परिवर्तन र सफलता प्रदान गर्नेछ। समग्रमा यो महिना करिब ६५ प्रतिशत शुभफलदायी रहने देखिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ