arrow

आठ मिसाइल खसालेको जोर्डनको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३२ बिहिबार
missile-attack-iran-getty-images.jpg

काठमाडौँ । जोर्डनको सशस्त्र बलले आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका आठ वटा इरानी मिसाइलहरूलाई सफलतापूर्वक खसालेको दाबी गरेको छ। जोर्डनलाई नै लक्षित गरी प्रहार गरिएका ती मिसाइलहरूलाई बिहीबार सेनाको हवाई रक्षा प्रणालीले बीचबाटोमै ध्वस्त पारेको हो।

जोर्डनियन सशस्त्र बलको जनरल कमान्डको एक सैन्य स्रोतले स्थापित रक्षात्मक र परिचालन प्रक्रिया अनुरूप ती मिसाइलहरू खसालिएको पुष्टि गरेको छ। सेनाले समयमै चालेको यस कदमका कारण कुनै पनि मानवीय चोटपटक वा भौतिक क्षति हुन नपाएको स्रोतले जनाएको छ।

मिसाइल खसालिएपछि धेरै स्थानहरूमा भग्नावशेषहरू खसेका थिए। रोयल इन्जिनियरिङ कप्र्सका टोलीहरूले तत्कालै ती क्षेत्रहरूमा पुगेर भग्नावशेषको व्यवस्थापन गर्नुका साथै प्राविधिक तथा सुरक्षा प्रक्रिया अनुसार तिनीहरूलाई सुरक्षित राख्ने काम गरेका छन्।

मध्यपूर्वी क्षेत्रमा तनाव उत्कर्षमा पुगेका बेला जोर्डनको सशस्त्र बलले आफ्नो हवाई क्षेत्रको निगरानीलाई उच्च स्तरको तयारीका साथ निरन्तरता दिइरहेको कुरामा जोड दिएको छ। साथै, स्थापित राष्ट्रिय सुरक्षाका नियमहरू अनुसार मुलुकको सार्वभौमसत्तामाथि आउने कुनै पनि खतराको सामना गर्न सेना पूर्ण रूपमा तयार रहेको समेत स्पष्ट पारेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ