खराब डिफेन्सबीच अर्जेन्टिनाले खायो गोल, स्वीट्जरल्याण्डका एमबोलोलाई रातो कार्ड
हाम्रा कुरा
प्रकाशित २०८३ असार २८ आइतबार
492
Shares
काठमाडौँ । विश्वकप फुटबलको अन्तिम क्वार्टरफाइनल खेलमा अहिले अर्जेन्टिना र स्वीट्जरल्याण्ड भिडिरहेका छन् । अमेरिकाको एरोहेड स्टेडियममा भइरहेको खेलको मध्यान्तरसम्म १-० ले अग्रता लिएको अर्जेन्टिनाले मध्यान्तरपछि गोल खाएको छ ।
खराब डिफेन्सका कारण अर्जेन्टिनाले गोल खाएको हो । खेलको ६७ औँ मिनेटमा डान एनडोयेले रिकार्डो रोड्रिग्वेजको पासमा सुन्दर गोल गरेका हुन् ।
योसँगै अहिलेसम्म १-१ को बराबरी भएको छ । तुलनात्मक रूपमा अर्जेन्टिनाले सुस्त खेल खेलिरहेको छ ।
यसअघि खेलको १० मिनेटमै गोल गर्दै अर्जेन्टिनाले प्रारम्भिक अग्रता लिएको थियो । लियोनल मेस्सीको कर्नर पासमा एलेक्सिस म्याक एलिस्टरले हेड गोल गरेका हुन् । उनको यो विश्वकपमा पहिलो गोल हो ।
साविक विजेता अर्जेन्टिना लगातार दोस्रो उपाधि जितेर कीर्तिमान राख्न चाहन्छ । लियोनल मेस्सीको नेतृत्वमा रहेको अर्जेन्टिनाले शानदार प्रदर्शन गर्दै आइरहेको छ । मेस्सीले यो विश्वकपमा ८ गोल गरिसकेका छन् । फ्रान्सका केलियन एम्बाप्पेको पनि ८ गोल छ ।
अर्जेन्टिना चौथो पटक विश्वकप जित्ने अभियानमा रहेको छ भने स्वीट्जरल्याण्ड चौथो पटक क्वार्टरफाइनल खेलिरहेको छ ।
विजेताले सेमिफाइनलमा इङ्गल्याण्डसँग खेल्नेछ । बिहान भएको क्वार्टरफाइनलमा इङ्गल्याण्डले नर्वेलाई २-१ ले हराएको थियो ।